• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नक्कली भुटानी शरणार्थी प्रकरण:

अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले थाल्यो अनुसन्धान, प्रमुख राईमाथि के गर्ला? 

64x64
नेपाल लाइभ बुधबार, असार ६, २०८०  २१:१९
1140x725

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेका छन्। दुवै निकायले जिल्ला अदालत काठमाडौंमा ठगी, संगठित अपराधसहित पाँच अभियोगमा मुद्दा दायर गरेपछि अनुसन्धान सुरु गरेका हुन्। 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अभियोगपत्रसँगै दुवै निकायलाई अनुसन्धानका लागि पत्र पनि पठाएको थियो। उक्त पत्रपछि विभाग र आयोगले अनुसन्धान अधिकृत तोकेर अनुसन्धान सुरु गरेका हुन्।

विभागले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अभियोगमा लिइएको रकम गैरकानुनी र स्रोत नखुलेको तथा उक्त रकम कसरी प्रयोग भइरहेको छ भनि पनि अनुसन्धान गरिरहेको छ। यो प्रकरणमा धेरै उच्च तहका व्यक्तिहरुको नाम पनि जोडिएकाले उनीहरुको विषयमा पनि अनुसन्धान हुने विभागले जनाएको छ।

अख्तियारले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरुलाई दुई कोणबाट अनुसन्धान गरिरहेको छ। अख्तियारले नक्कली भुटानी शरणार्थी बनाउने भनि घुस लिएको र उनीहरुले हालसम्म सार्वजनिक सेवामा रहेर आर्जन गरेको अकुत सम्पत्तिका विषयमा अनुसन्धान गरिरहेको छ।

यो पनि पढ्नुहोस

नक्कली भुटानी शरणार्थी प्रकरणः अख्तियारका प्रमुख आयुक्त राई पनि तानिएलान्?

अख्तियारका प्रवक्ता भोला दाहालले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्री, बहालवाला सचिवदेखि अन्य धेरै उच्च पदमा रहेका व्यक्तिहरुको संलग्नता रहेको आरोप लागेकाले फराकिलो क्षेत्राधिकारमा आयोगले अनुसन्धान गरिरहेको दाबी गरे। 

‘हामीले अनुसन्धान सुरु गरेका छौं। जिल्ला सरकारी वकिलको पत्र पनि प्राप्त भएको छ,’ उनले भने, ‘यो प्रकरणमा संलग्न भएको भनि आरोप लागेका सबैमाथि अनुसन्धान हुन्छ।’ अख्तियारले अख्तियारमै रहेको उजुरीलाई पनि अध्ययन गरिने, काठमाडौं जिल्ला अदालतमा दर्ता भएको मुद्दा र उनीहरुले दिएको बयानका आधारमा प्रारम्भिक अनुसन्धान सुरु गरेको एक आयुक्तले बताए। 

‘अख्तियारमा रहेको उजुरी र जिल्ला अदालतमा दर्ता भएको अभियोगपत्र मूल अनुसन्धानको आधार हो,’ ती आयुक्तले भने, ‘जिल्ला अदालतमा मुद्दा दायर भएका व्यक्तिहरुमा मात्र सीमित नभई आयोगले थप अध्ययन पनि गर्ने कार्यक्षेत्र अनुसन्धान अधिकारीलाई दिएको छ।’ अख्तियारले यो प्रकरणमा नाम आएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने प्रवक्ता दाहालको दाबो छ।

‘यसमा भर्खर अनुसन्धान सुरु भएको छ। त्यसैले धेरै टिप्पणी गर्न मिल्दैन,’ उनले भने, ‘अनुसन्धानपछि आयोगले दोषी देखिएकाहरुमाथि विशेष अदालतमा मुद्दा दायर गर्छ।’ अहिले आयोगले सम्बन्धित विषयमा प्रमाणहरु संकलन गरिरहेको र त्यसपछि बयान गराउने तयारी गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रारम्भिक रुपमा अध्ययन सकिएपछि बयान गर्दै विशेष अदालतमा भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनको मुद्दा दायर हुने छ। अधिकांश प्रतिवादीहरु थुनामै भएकाले बयानका लागि आयोगलाई सहज भएको छ। उनीहरु धरौटीमा रिहा भएको भए पत्र लेखेर खोजी गरी बयान गराउनुपर्नेमा अब सिधै कारागारबाट अख्तियारमा बयानका लागि बोलाउने तयारी आयोगले गरेको छ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन अनुसार कैद र सजाय माग गर्ने छ। अख्तियारले प्रतिवादीहरुको संलग्नता र उनीहरुले जिम्मेवारी लिएको पद अनुसार अभियोग दाबी गर्ने गर्दछ। त्यस्तै सम्पत्ति शुद्धीकरण विभागले पनि यो प्रकरणमा समानान्तर रुपमा अनुसन्धान सुरु गरेको छ।

यो पनि पढ्नुहोस

बादल, अख्तियार प्रमुख राईदेखि ओलीका पीए बज्राचार्यसम्मको नाम लिँदै इजलासमा प्रश्न–उनीहरुलाई किन प्रतिवादी बनाइएन? 

विभागले धरौटीमा रिहा गर्न आदेश भएका दुई प्रतिवादीहरु टंक गुरुङ र लक्ष्मी महर्जनलाई थुनामा राखेर बयान गराइरहेको छ। उनीहरुको बयानपछि अन्य प्रतिवादीहरुको पनि बयान लिने विभागको तयारी छ। विभागका सूचना अधिकारी ऋषिराम पोखरेलले अनुसन्धान सुरु भएको बताए। विभागले यो प्रकरणमा  सम्पत्ति शुद्धीकरणका सबै क्षेत्रमा अध्ययन गरेर विशेष अदालतमा अभियोगपत्र पेस गर्ने उनले बताए।

प्रमुख आयुक्तमाथि के गर्ला अख्तियारले? 
नक्कली शरणार्थी प्रकरणमा अख्तियारले आफ्नै प्रमुख आयुक्त प्रेमकुमार राईकाे पनि बयान लिनुपर्ने छ। यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त रहेका  राई पनि संलग्न भएको भनि अभियोगपत्रदेखि अदालतसम्म प्रश्न उठेको छ। अभियोगपत्रमा पनि दुई प्रतिवादीहरुले रकम बुझाएको भनि दाबी गरेका छन् भने अदालतमा बहसका क्रममा पनि कानुन व्यवसायीहरुले राईमाथि किन मुद्दा दायर भएन भनि प्रश्न गरेका थिए।

Xtrem

Xtrem

यसरी एकपछि अर्को निकायबाट प्रश्न उठेका राईकै नेतृत्वमा अख्तियारले यो प्रकरणमा कसरी अनुसन्धान स्वतन्त्र, निष्पक्ष र पक्षपातरहित रुपमा गर्छ भनि आम प्रश्न उठेको छ। उनी गृह मन्त्रालयको सचिव हुँदा भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहसँग मिलेमतोमा काम गरेको आरोप अख्तियारमै दर्ता भएको उजुरीमा उल्लेख छ। 

त्यस्तै राईले नै यसरी दर्ता भएको उजुरीलाई विगतमा तामेलीमा पनि राखेका थिए। आफू संलग्न भएको आरोप लागेको र आफू नियुक्त भएर आएलगत्तै मुद्दा नचलाउने भनि तामेलीमा राखेको कुरा फेरि अनुसन्धानका लागि अनुसन्धान अधिकृत तोकिएकाले राईमाथि नैतिक प्रश्न उठेको छ।

यो पनि पढ्नुहोस

अख्तियार प्रमुख प्रेम राईमाथि ‘नैतिक प्रश्न’ : नेतृत्वमा बसेर त्यही निकायबाट कसरी हुन्छ अनुुसन्धान?

तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पक्राउ परेर पुर्पक्षका लागि थुनामा गएका र राई गृहसचिव भएर उक्त प्रकरणमा संलग्न भएको आरोप लागेकाले उनीमाथि पनि अख्तियारले बयान लिनुपर्ने देखिन्छ। तर, उनी आफैंले उक्त संस्थाको नेतृत्व गरिरहँदा स्वतन्त्र अनुसन्धान हुन नसक्ने कानुनविद्हरुको टिप्पणी छ।

राई आफैंले पनि आफूविरुद्ध अख्तियारमा उजुरी रहेको स्वीकार गरेका छन्। उनले आफूमाथि छानबिन माग गरेर अख्तियारमा उजुरी दर्ता भएको सार्वजनिक रुपमा स्वीकार गरेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल पुसमा उनलाई प्रमुख आयुक्त बनाएका थिए।

उनी त्यसअघि गृह मन्त्रालयमा कार्यरत रहेका थिए। अन्य शक्तिशाली व्यक्तिहरु पक्राउ पर्ने र पक्राउ पुर्जी जारी भइरहँदा उनको हकमा के होला भन्ने अनुसन्धानकै क्रममा रहेको छ। प्रहरीले यो प्रकरणमा अनुसन्धान गरिरहेकाले अहिले नै केही भन्न नसकिने जनाएको छ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  २१:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते, खुलामञ्चमा उद्घाटन
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
अध्यादेशले निष्क्रिय पारेका ८५ ऐनका व्यवस्था जगाउने विधेयकको सरकारले दियो यस्तो जवाफ
सम्बन्धित सामग्री
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते, खुलामञ्चमा उद्घाटन पार्टी केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार काठमाडौंको खुलामञ्चमा दिउँसो २ बजे उद्घाटन समारोह आयोजना हुनेछ। मंगलबार, असोज १३, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने गरी बैठक आह्वान भएको छ । मंगलबार, असोज १३, २०८३
अध्यादेशले निष्क्रिय पारेका ८५ ऐनका व्यवस्था जगाउने विधेयकको सरकारले दियो यस्तो जवाफ प्रतिनिधिसभामा विधेयकमाथि भएको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले केही समयअघि अध्यादेशमार्फत प्रचलित कानुनका व्यवस्था परिवर्तन गरि... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते, खुलामञ्चमा उद्घाटन मंगलबार, असोज १३, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक मंगलबार, असोज १३, २०८३
अध्यादेशले निष्क्रिय पारेका ८५ ऐनका व्यवस्था जगाउने विधेयकको सरकारले दियो यस्तो जवाफ मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
परराष्ट्रमन्त्री खनाल न्युयोर्कबाट काठमाडौं प्रस्थान मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्