काठमाडौं– केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले असार १५बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परस्त्री’लाई प्रदर्शन अनुमति दिन अस्वीकार रोकेको छ।
फिल्ममा बोल्ड तथा हिंसात्मक दृश्यहरू भएको भन्दै बोर्डले प्रदर्शन अनुमति नदिएको हो। फिल्मका लेखक दीपेन्द्र के खनालले फिल्मका दृश्यहरूमा बोर्डले आपत्ति जनाउँदै प्रदर्शन अनुमति नदिएको बताए। ‘उनीहरूले भनेको जसरी दृश्यहरू हटाउँदा कथा नै मर्न सक्छ। कथाको आवश्यकताअनुसार नै दृश्यहरू छन्। यसबारे बोर्डसँग छलफल भइरहेको छ,’ खनालले भने।
सुरज पाण्डेको डेव्यु निर्देशन रहेको फिल्ममा शिल्पा मास्के र गौरवको मुदको मुख्य भूमिका छ। कोशिस क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको पनि फिल्ममा महत्वपूर्ण अभिनय छ।
विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको फिल्मको निरज कँडेलले छायांकन गरेका हुन्।
फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।