• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

विमलको पीपला: ‘पहिलो जीवन’मा बिजारोपण, दोस्रोमा जन्म

64x64
समर्पण श्री सोमबार, असार ४, २०८०  ०७:१२
1140x725

‘पीपला’ सार्वजनिक भएको भोलिपल्ट अनौपचारिक भेटमा लेखक विमल नेपालले ठट्यौली शैलीमा भने, ‘मेरो दोस्रो जीवनको पहिलो उपन्यास।’

ठट्टामा ठट्टा मिसाउँदै मैले सोधें, ‘अनि पहिलो जीवनको पहिलो उपन्यासचाहिँ...?’

‘त्यो त पूरा हुनै बाँकी छ...,’ उनले हाँस्दै भने,  ‘तर आउन चाहिँ आउँछ।’

हुन त विमल ‘पीपला’ लेख्न बसेको क्षणलाई नयाँ जीवनको सुरुवात मान्छन्। अघिल्लो वर्ष उनी अचानक हृदयघातले थलिएका थिए। समयमै पाएको उपचारका कारण उनी मृत्यु शय्याबाट फर्किए। ‘साथीहरूले त मृत्युको मुख हैन घाँटीमै पुगेर फर्किएको भन्छन्,’ उनी पुन: ठटयौली सुनिन्छन्।

अफिसबाट घर फर्केर विमल आराम गरिरहेका थिए। अचानक छाती चसक्क दुख्यो। उनले लामो श्वास ताने। एक घुड्को पानी पिए। कम भएन। दुखाइ बढ्दै गयो, सहन मुस्किल पर्‍यो। त्यहीबेला उनलाई अनुभूत भयो, ‘मलाई हृदयघात भयो।’

केहीबेरमा साथी शान्ति नेपाल र केशव तिमल्सिनासँग भेट्ने योजना थियो। असह्य पीडामा पनि बल गरेर कोठाबाट निस्कँदै साथीहरूलाई कल गरे, ‘ मलाई हार्टअट्याक भएजस्तो छ।’

साथी शान्ति र केशवले हतार हतार ट्याक्सी बोलाए। विमललाई सिभिल हस्पिटल लगे। ‘मलाई हस्पिटल लगेको थाहा छ। डाक्टरले हार्टअट्याक भयो भनेको थाहा छ। त्यसपछि केही थाहा भएन,’ विमल सुनाउँछन्। 

होस आउँदा उनी सामान्य अवस्थामा फर्किसकेका थिए।  

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि उनले ३ महिना आराम गरे। अब घरदेखि अफिस र अफिसदेखि घरसम्मको सेडियुल बदलिसकेको थियो। किनकि सहजै काममा फर्कनसक्ने अवस्था पनि थिएन। केही महिना आराम गरेपछि उनले आफ्नो ल्यापटपमा भएको उपन्यासको ड्राफ्ट पल्टाए।

३५ हजार शब्द लेखिसकिएको उपन्यासमा थुप्रै काम गर्न बाँकी थियो।

‘त्यसको विषयवस्तु गम्भीर थियो। त्यो पूरा गर्न धेरै नै सिरियस हुनुपर्थ्यो। धेरै नै खोज गर्नुपर्थ्यो। त्यसको लागि स्वास्थ्यले पनि साथ दिन्न थियो,’ विमल सुनाउँछन्, ‘त्यसपछि अर्को कथा छनोट गरेँ। जुन विषय निकै वर्षदेखि मनमा गढिरहेको थियो।’

Xtrem

Xtrem

०००

‘पीपला’ युद्धपछिको स्थितिको सन्दर्भ हो। सिन्धुपाल्चोकमा जन्मिएका विमलले जनयुद्धलाई नजिकका मान्छेहरूको भोगाइबाट नियाँलेका छन्। उनी हुर्कँदाको त्यो त्रासदीपूर्ण समय महसुस गरेका छन्।

न्युज२४ टेलिभिजनमा काम गर्दा उनले ३/४ वटा रिपोर्टिङ ‘अयोग्य लडाकु’को बारेमा गरेका थिए। ‘५/७ जनाले आत्महत्या नै गर्नुपरेको दर्दनाक कथा मैले पाएको थिएँ। कतिपय यौन व्यवसायमा संलग्न पनि भेटें। सबै कुराले मलाई छोइरहेको थियो,’ विमल भन्छन्, ‘माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको औचित्य पुष्टि हुन सकेन भन्ने लाग्यो। फुर्सदमा यही कथामाथि उपन्यास लेख्ने निर्णय गरेँ।’

द्वन्द्वमा सहभागी पात्रहरू, जो शान्ति सम्झौतापछि ‘अयोग्य’ ठहरिए। समाजमा पुनर्स्थापित हुन सकेनन्। ती पात्रबारे उनले विभिन्न समयमा लेखिरहेका थिए। ती हरेक पात्रहरूलाई उनले ‘पीपला’मा जोडे। ‘यो उपन्यास केन्द्रीय पात्र पीपलामार्फत् उन्दै उन्दै बुनेको माला हो,’ उनले भने।

उपन्यास पीपला र समीरको प्रेमकथा पनि हो। उनीहरू सँगै स्कुल जान्थे। उनीहरूबीचको आत्मीयता सुन्दर थियो। एकदिन पीपलालाई स्कुलबाट माओवादीहरूले लिएर जान्छन्। त्यही दिन स्कुल नगएका कारण समीर जोगिन्छ।

त्यो दिन त जोगियो तर पटक पटक जोगिन मुस्किल थियो। त्यही कारण ऊ सहर पस्छ। सहरमा पत्रकार र लेखक बन्ने सपना बुनिरहेको समीरले भोग्ने अभाव र बेरोजगारीपनाको कथा उपन्यासमा छ। 

द्वन्द्वपछि समीर र पीपलाको भेट होला त? त्यसका लागि उपन्यास पढ्नुपर्छ।

०००

उपन्यास आइसकेपछि विमललाई निकै हलम भएको छ। यसअर्थमा कि लेख्दैन भनेर आशा मार्नेहरू पुन: खुसी भए। ‘उपन्यास यो जुनीमा कहिले आउँछ?’ भनेर व्यंग्यसहित सोध्ने साथीहरूलाई दिने जवाफ मिल्यो।  

४ वर्षअघि एउटा मूलधारको मिडियामा राजीनामा दिएको बेला विमल फुर्सदिलो भए। फुर्सदको बेला उनलाई कवि साथी निर्भीकजङ्ग रायमाझीले सुझाए, ‘अब दायाँ बायाँ नलागी उपन्यास लेख्नु दाइ। तपाईंसँग कन्टेन्ट पनि छ। सामर्थ्य पनि।’

निर्भीकले पटक–पटक सुझाएपछि उनैले विमलको भेट इन्डिगो इन्कका प्रकाशक विष्णु कुमार पौडलसँग गराइदिए। विष्णुकुमारले अग्रिम ५० हजार पैसा विमलको हातमा थमाइदिए। ‘पैसा आउने बाटो बन्द भएको थियो। उपन्यासचाहिँ लेख्दै गरौँला। खर्च चाहिँ टार्दै जानुपर्छ भन्ने लाग्यो,’ विमल हाँस्दै सुनाउँछन्। 

केही समय निरन्तर उपन्यासमा लागिरहे विमल। तर फेरि अर्को मिडियामा जागिर सुरु गरेपछि लेखिरहेको उपन्यास थन्कियो।यसपालिचाहिँ हलचल नभई उनी लागिपरे।

गत शनिबारबाट चाहिँ उनको ‘पीपला’ अब हर पाठकको भयो। 

उपन्यास लेखिरहँदा ‘जनयुद्ध’को नेतृत्व गरिरहेका प्रचण्डसँग उनलाई खुब रिस उठ्यो।

विमलले यसबीचमा पनि थुप्रै पात्रहरू भेटेका थिए,  सशस्त्र जनयुद्धको विश्रामपछि जसको जीवनमा झन् भयानक युद्ध चलिरह्यो। जुन अहिलेसम्म पनि कायम छ। 

उपन्यास सार्वजनिक गर्ने बेलामा पनि उनले प्रत्यक्ष भेटेका क्रान्तिकारी पात्रहरू सम्झे। ती वास्तविक योद्धा कतै छुटिसकेका छन्। ‘गेरुवस्त्र लगाएर पूजा गर्ने अवस्थामा पुगेका प्रचण्डभन्दा उनीहरू निकै गुणा क्रान्तिकारी थिए। तर उनीहरूको जीवन कहाँ छ, प्रचण्डको कहाँ,’ विमल चिन्तित मुद्रामा भन्छन्।

उनको ‘पीपला’ तिनै पात्रहरूको दु:खको दस्ताबेज हो। जसले बाटो बिराउने नेतृत्वलाई बन्दुकको नाललेझैं झोसिरहने छ। 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  ०७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
शाखा अधिकृत सरुवामा नयाँ अभ्यास, दुई जनालाई फेरि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सोमबार, असोज १२, २०८३
पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र सोमबार, असोज १२, २०८३
हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्