काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडी राष्ट्रहरूको प्रयास (बिम्स्टेक) को १९ औँ शिखर सम्मेलन तयारी लगायतका विषयमा संसद्लाई जानकारी गराउने भएका छन्।
मंगलबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले यसबीचमा संसद्मा उठेका समसामयिक विषयको पनि जवाफ दिनेछन्। आउँदो बिहीबार र शुक्रबार काठमाडौँमा बिम्स्टेकको १९औँ शिखर सम्मेलन हुँदैछ।
देशभर भइरहेका बलात्कार र अन्य विषयमा उठेका प्रश्नहरुमाथि पनि प्रधानमन्त्रीले जवाफ दिनेछन्। संसदको नियमावलीमा प्रधानमन्त्री र मन्त्रीहरुसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने उल्लेख भए पनि उक्त कुरा हालसम्म पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।