काठमाडौं– काठमाडौं महानगरपालिकाले आफ्ना भवनको नक्सा पास गर्न राष्ट्र बैंक, नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकलाई पत्र पठाएको छ।
महानगरको शहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले छुट्टा–छुट्टै पत्र पठाउँदै राष्ट्र बैंक, टेलिकम र वाणिज्य बैंकलाई भवन प्रचलित नियम, कानुन बमोजिम बनेकोबारे प्रमाण पेस गर्न समेत भनेका छन्।
राष्ट्र बैंक, वाणिज्य बैंक र टेलिकमको नाममा दर्ता कायम रहेको जग्गामा नयाँ भवन निर्माण भएको देखिएको भन्दै उक्त भवन प्रचलित कानुन, नियम बमोजिम बनेको छ, छैन भनेर पत्रमा सोधिएको छ। प्रचलित नियम तथा कानुन बमोजिम बनेको भए सोको प्रमाण पेस गर्न भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।