प्रतिकात्मक तस्बिर
जनकपुरधाम– धनुषाको मिथिला विहारी नगरपालिकास्थित एक कपडा पसलमा आगलागी हुँदा करोडौँको क्षति भएको छ। मिथिला विहारी नगरपालिका–७ स्थित तारापट्टी चोकमा मिथिला विहारी नगरपालिका–६ का अकबर नदाफले सञ्चालन गरेको न्यू आरजु बस्त्रालयमा आगलागी भएको हो।
तारापट्टी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रामनाथ यादवका अनुसार विद्युत् सर्ट भइ आगलागी भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। स्थानीय रामबाबु साहको घरमा सञ्चालन गरिएको उक्त कपडा पसलमा बिहीबार बिहान आगलागी हुँदा १ करोड बढीको क्षति भएको यादवले जानकारी दिए।
प्रहरीलाई बिहान ३:३० बजे आगलागीबारे स्थानीयले जानकारी दिएपछि धनुषाधाम नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाबाट बारुणयन्त्र मगाइ आगो नियन्त्रणमा लिइएको प्रमुख यादवले बताए। समयमै जानकारी भएकाले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको यादवको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।