काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारका कर्मचारीको अनुगमन सुरु गरेको छ।
कर्मचारीले कार्यालय समयमा हाजिर गरेर निस्किने क्रम बढेको भन्दै सतर्कता केन्द्रले बिहीवार सिंहदरबारको दक्षिणी गेटमा बसेर अनुगमन गरेको हो।
सिंहदरबार भित्र कार्यालय समयमा कर्मचारी नभेटिने क्रम बढेपछि सतर्कता केन्द्रले कार्यालय समयमा बाहिर जाने कर्मचारीहरूको नाम र आईडी कार्डको विवरण राख्न थालेको हो। छड्के अनुगमन दिनभर नै हुनसक्ने राष्ट्रिय सतर्कता केन्द्रका प्रहरी नायव उपरीक्षक कृष्ण अधिकारीले बताए।
‘कार्यालय समय १० बजे अफिस आउने त्यसपछि हाजिर गरेर निस्किने कर्मचारीको लागि अनुगमन गरिएको हो। सचिवज्युले आदेश दिनुभएको हो। १० बजेदेखि १२ बजेसम्म अनुगमन गरेका छौँ,’ अधिकारीले भने।
सिंहदरबार भित्र कार्यालय समयमा कर्मचारी नभेटिने क्रम बढेको गुनासो आएको र बाहिर निस्किने कर्मचारीहरुले कुनै न कुनै बहना बनाउने गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।