बाजुरा- राष्ट्रिय प्रजातन्त्र पार्टी बाजुराले हिन्दु राष्ट्र कायम गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ।
प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीमार्फत प्रधानमन्त्रीलाई पत्र बुझाइको जिल्ला कार्यसमिति संयोजक उमेशजंग शाहीले जानकारी दिए। देशव्यापी रुपमा हिन्दु राष्ट्र कायम गर्न माग भए पनि सरकारले कुनै चासो नदेखाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
सडकदेखि सदनसम्म हिन्दु राष्ट्रका पक्षमा वकालत गर्दै आएको राप्रपाको मागमा सरकारले चासो नदेखाएको शाहीले बताए।
ज्ञापनपत्रमा धर्मनिरपेक्षताको आडमा हाल पनि योजनाबद्ध र संगठित रुपले लोभलालच, त्रास र भ्रम सिर्जना गरेर लाखौँ नेपालीको धर्म परिवर्तन गराउने कार्य जारी रहेको उल्लेख गरिएको छ।
आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्ष अभिमत लिई राष्ट्रिय जनमत संग्रह गर्न पनि ज्ञापनपत्रमा माग गरिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।