• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
अपरेशन ‘वान एक्स बेट’:

७४ करोडको अनलाइन जुवा, जेलबाट निस्केपछि एकै व्यक्तिले ६३ खाता खोलेर गरे ६४ करोडको कारोबार

फेरि समातिए ३७ करोडको मुद्दा चलाइएका युवा
64x64
नारायण अधिकारी बुधबार, जेठ ३१, २०८०  १८:१०
1140x725

काठमाडौं– नेपालमा अवैध रहेको ‘वान एक्स बेट’ र क्रिप्टोकरेन्सी कारोबारीको र्‍याकेटलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ। अवैध अनलाइन जुवा र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले पाँच जनालाई पक्राउ गरेको हो।

‘अपरेशन वान एक्स टु सेभ युथ एण्ड सिटिजन–२’ नाम दिएर अपराध अनुसन्धान कार्यालयले गरेको विशेष अपरेशनमा काठमाडौंमा यो धन्दा चलाउने गिरोहका ५ जना सदस्यलाई पक्राउ गरिएको छ। पक्राउ परेका पाँचै जनालाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ।

पक्राउ पर्नेहरुमा कैलालीको लम्कीचुहा नगरपालिका–१० घर भइ काठमाडौं चाबहिल बस्दै आएका २९ वर्षीय दिनेश खड्का, काभ्रेको पाँचखाल नगरपालिका–४ घर भइ चाबहिल नै बस्दै आएकी २८ वर्षीया अनिता धिताल, भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ घर भएका २७ वर्षीय दिपेश श्रेष्ठ, कन्चनपुरको भीमदत्त नगरपालिका–१८ घर भइ काठमाडौं पेप्सीकोला बस्ने २५ वर्षीय दिनेश चन्द र नुवाकोटको ककनी गाउँपालिका–७ घर भइ काठमाडौं नागार्जुन बस्ने २४ वर्षीय आशिष लामिछाने छन्।

यो गिरोहले वान एक्स बेटमार्फत् अनलाइन जुवा (सट्टेबाजी) खेलाउने, रकम संकलन गर्ने र क्रिप्टोकरेन्सीको कारोबार गर्ने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसीले जानकारी दिए। सट्टेबाजी खेलाउने वान एक्स बेटका एजेन्टहरु काठमाडौंमा रहेर धन्दा सञ्चालन गर्ने गरेको भन्ने सूचना आएपछि अपराध अनुसन्धान कार्यालयले विशेष टोली नै बनाएर अनुसन्धान गरेको थियो। सो क्रममा उपत्यकाका विभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरिएको हो।

one x bet (1)1686745311.jpg

मैजुबहाल, मध्यपुर ठिमी, सानो भर्‍याङ, बुद्धनगर लगायतका स्थानहरुबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुविरुद्ध मुलुकी फौजदारी अपराधसहिता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिमको सट्टाबाजी गर्न नहुने कसुरमा कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

उनीहरुविरुद्ध थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं र भक्तपुर पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए।

उनीहरुबाट ४ थान ल्यापटप, ६ थान डायरी, ३४ थान सीमकार्ड, ७ थान मोबाइल, ६ थान नागरिकताको प्रतिलिपि, विभिन्न बैंकका १४ थान चेक बुक, ५ थान एटीएम कार्ड र २ थान राउटर बरामद भएका छन्।

nimb
nimb

एकै व्यक्तिले चलाउँथे ६३ वटा बैंक खाता, ६४ करोडको कारोबार
यो प्रकरणमा पक्राउ परेकामध्ये दिनेश खड्का एक्लैले ६४ करोड रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ। उनले राम विलाश डिथारु, तेजबहादुर ठयात खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरी ६३ वटा खाता खोलेर सञ्चालन गरेको खुलेको छ। 

उक्त खाताहरुमध्ये १२ वटा खातामार्फत् ६३ करोड रुपैयाँको कारोबार देखिएको एसएसपी केसीले बताए। खड्काले जंगल, पुकुन्डोल, पिंकी, पिन्टु, पुन्टी, गुल्लु, चिकुवान, ओनिअनवान नामको कनेक्ट आईपीएस अकाउन्ट खोली कारोबार गर्ने गर्थे। दिनेश यसअघि पनि पक्राउ परेको व्यक्ति भएको खुलेको छ।

उनसहित चार जनालाई राजश्व अनुसन्धान विभागले २०७८ सालमा पक्राउ गरेको थियो। उनको ग्लोबल आईएमई बैंकमा ८ करोड ७९ लाख रुपैयाँको कारोबार देखिएपछि उनी अनुसन्धानको दायरामा तानिएका थिए। त्यतिबेला दिनेशसँगै उनकी दिदी भगवती खड्का, वुवा नरबहादुर खड्का र उनकी केटी साथी अनिता धितालविरुद्ध ३७ लाख ६४ करोडको विगो कायम गर्दै मुद्दा चलाइएको थियो।

one x bet (2)1686745308.jpg

पछि उनी २५ लाख धरौटीमा रिहा भएका थिए। अहिले फेरि दिनेशले यही धन्दा सुरु गरेको आरोपमा पक्राउ परेका छन्। उनी वानएक्स बेटका नेपालस्थित मुख्य एजेन्ट रहेको प्रहरीले जनाएको छ। 

कसले कति गरे कारोबार?
पक्राउ परेकी अनिता धितालले भने आफ्नो मोबाइलमा बाइनेन्स खाता खोली अमेरिकन डलर किन्ने गरेको देखिएको छ। अर्का प्रतिवादी दिपेश श्रेष्ठले चारवटा मोबाइल नम्बरमार्फत ई–सेवा आईडी खोली सञ्चालनमा ल्याएका थिए। ती आईडीहरुबाट करोडौंको कारोबार गरेको खुलेको छ।

दिपेशले माछापच्छ्रे बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंक, सानिमा बैंकमा गरी ५ करोड ५४ लाख ६६ हजार रुपैयाँको बेटिङ तथा क्रिप्टोको कारोबार गरेको अनुसन्धानबाट खुलेको छ।

श्रेष्ठले आफ्नो मोबाइलमा क्रिप्टो करेन्सीको कारोबार गर्नलाई बिनान्स अकाउन्ट खोली कारोबार गरेकोसमेत देखिएकाले उनी क्रिप्टोमासमेत संलग्न रहेको खुलेको छ।

यस्तै दिनेश चन्दको प्रभु बैंकको खाताबाट पनि ४५ लाखको कारोबार भएको देखिएको छ। आशिष लामिछानेले एनआईसी एसिया बैंक, ग्लोबल आईएमई बैंक, सनराईज बैंक, महालक्ष्मी विकास बैंकमार्फत् २ करोड ९८ लाख ९६ हजारको कारोबार गरेका थिए।

पक्राउ परेका पाँचै जनाको विवरण अनुसार हालसम्म ७४ करोड १३ लाख ५० हजार ७१३ रुपैयाँको कारोबार गरेको देखिएको छ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित त्रिशूली, गजुरी र गल्छीका वल्र्डलिंक ग्राहकलाई राहत, इन्टरनेट नरोकिने बिहीबार, भदौ ११, २०८३
बाढी प्रभावित क्षेत्रको भ्रमणमा के देखे प्रधानमन्त्री बालेनले? बिहीबार, भदौ ११, २०८३
नुवाकोटबाट फर्किएपछि बालेन्द्र शाहले भने– ‘सरकार निरन्तर मैदानमा छ’ बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्री राहत कोषमा धमाधम रकम जुट्दै, ६ घण्टामै २८ करोड बढी उठ्यो बिहीबार, भदौ ११, २०८३
सानिमा बैंकले बाढीपहिरो प्रभावितका लागि २ करोड २५ लाख सहयोग गर्ने बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्