• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
अपरेशन ‘वान एक्स बेट’:

७४ करोडको अनलाइन जुवा, जेलबाट निस्केपछि एकै व्यक्तिले ६३ खाता खोलेर गरे ६४ करोडको कारोबार

फेरि समातिए ३७ करोडको मुद्दा चलाइएका युवा
64x64
नारायण अधिकारी बुधबार, जेठ ३१, २०८०  १८:१०
1140x725

काठमाडौं– नेपालमा अवैध रहेको ‘वान एक्स बेट’ र क्रिप्टोकरेन्सी कारोबारीको र्‍याकेटलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ। अवैध अनलाइन जुवा र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले पाँच जनालाई पक्राउ गरेको हो।

‘अपरेशन वान एक्स टु सेभ युथ एण्ड सिटिजन–२’ नाम दिएर अपराध अनुसन्धान कार्यालयले गरेको विशेष अपरेशनमा काठमाडौंमा यो धन्दा चलाउने गिरोहका ५ जना सदस्यलाई पक्राउ गरिएको छ। पक्राउ परेका पाँचै जनालाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ।

पक्राउ पर्नेहरुमा कैलालीको लम्कीचुहा नगरपालिका–१० घर भइ काठमाडौं चाबहिल बस्दै आएका २९ वर्षीय दिनेश खड्का, काभ्रेको पाँचखाल नगरपालिका–४ घर भइ चाबहिल नै बस्दै आएकी २८ वर्षीया अनिता धिताल, भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ घर भएका २७ वर्षीय दिपेश श्रेष्ठ, कन्चनपुरको भीमदत्त नगरपालिका–१८ घर भइ काठमाडौं पेप्सीकोला बस्ने २५ वर्षीय दिनेश चन्द र नुवाकोटको ककनी गाउँपालिका–७ घर भइ काठमाडौं नागार्जुन बस्ने २४ वर्षीय आशिष लामिछाने छन्।

यो गिरोहले वान एक्स बेटमार्फत् अनलाइन जुवा (सट्टेबाजी) खेलाउने, रकम संकलन गर्ने र क्रिप्टोकरेन्सीको कारोबार गर्ने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसीले जानकारी दिए। सट्टेबाजी खेलाउने वान एक्स बेटका एजेन्टहरु काठमाडौंमा रहेर धन्दा सञ्चालन गर्ने गरेको भन्ने सूचना आएपछि अपराध अनुसन्धान कार्यालयले विशेष टोली नै बनाएर अनुसन्धान गरेको थियो। सो क्रममा उपत्यकाका विभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरिएको हो।

one x bet (1)1686745311.jpg

मैजुबहाल, मध्यपुर ठिमी, सानो भर्‍याङ, बुद्धनगर लगायतका स्थानहरुबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुविरुद्ध मुलुकी फौजदारी अपराधसहिता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिमको सट्टाबाजी गर्न नहुने कसुरमा कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

उनीहरुविरुद्ध थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं र भक्तपुर पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए।

उनीहरुबाट ४ थान ल्यापटप, ६ थान डायरी, ३४ थान सीमकार्ड, ७ थान मोबाइल, ६ थान नागरिकताको प्रतिलिपि, विभिन्न बैंकका १४ थान चेक बुक, ५ थान एटीएम कार्ड र २ थान राउटर बरामद भएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

एकै व्यक्तिले चलाउँथे ६३ वटा बैंक खाता, ६४ करोडको कारोबार
यो प्रकरणमा पक्राउ परेकामध्ये दिनेश खड्का एक्लैले ६४ करोड रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ। उनले राम विलाश डिथारु, तेजबहादुर ठयात खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरी ६३ वटा खाता खोलेर सञ्चालन गरेको खुलेको छ। 

उक्त खाताहरुमध्ये १२ वटा खातामार्फत् ६३ करोड रुपैयाँको कारोबार देखिएको एसएसपी केसीले बताए। खड्काले जंगल, पुकुन्डोल, पिंकी, पिन्टु, पुन्टी, गुल्लु, चिकुवान, ओनिअनवान नामको कनेक्ट आईपीएस अकाउन्ट खोली कारोबार गर्ने गर्थे। दिनेश यसअघि पनि पक्राउ परेको व्यक्ति भएको खुलेको छ।

उनसहित चार जनालाई राजश्व अनुसन्धान विभागले २०७८ सालमा पक्राउ गरेको थियो। उनको ग्लोबल आईएमई बैंकमा ८ करोड ७९ लाख रुपैयाँको कारोबार देखिएपछि उनी अनुसन्धानको दायरामा तानिएका थिए। त्यतिबेला दिनेशसँगै उनकी दिदी भगवती खड्का, वुवा नरबहादुर खड्का र उनकी केटी साथी अनिता धितालविरुद्ध ३७ लाख ६४ करोडको विगो कायम गर्दै मुद्दा चलाइएको थियो।

one x bet (2)1686745308.jpg

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पछि उनी २५ लाख धरौटीमा रिहा भएका थिए। अहिले फेरि दिनेशले यही धन्दा सुरु गरेको आरोपमा पक्राउ परेका छन्। उनी वानएक्स बेटका नेपालस्थित मुख्य एजेन्ट रहेको प्रहरीले जनाएको छ। 

कसले कति गरे कारोबार?
पक्राउ परेकी अनिता धितालले भने आफ्नो मोबाइलमा बाइनेन्स खाता खोली अमेरिकन डलर किन्ने गरेको देखिएको छ। अर्का प्रतिवादी दिपेश श्रेष्ठले चारवटा मोबाइल नम्बरमार्फत ई–सेवा आईडी खोली सञ्चालनमा ल्याएका थिए। ती आईडीहरुबाट करोडौंको कारोबार गरेको खुलेको छ।

दिपेशले माछापच्छ्रे बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंक, सानिमा बैंकमा गरी ५ करोड ५४ लाख ६६ हजार रुपैयाँको बेटिङ तथा क्रिप्टोको कारोबार गरेको अनुसन्धानबाट खुलेको छ।

श्रेष्ठले आफ्नो मोबाइलमा क्रिप्टो करेन्सीको कारोबार गर्नलाई बिनान्स अकाउन्ट खोली कारोबार गरेकोसमेत देखिएकाले उनी क्रिप्टोमासमेत संलग्न रहेको खुलेको छ।

यस्तै दिनेश चन्दको प्रभु बैंकको खाताबाट पनि ४५ लाखको कारोबार भएको देखिएको छ। आशिष लामिछानेले एनआईसी एसिया बैंक, ग्लोबल आईएमई बैंक, सनराईज बैंक, महालक्ष्मी विकास बैंकमार्फत् २ करोड ९८ लाख ९६ हजारको कारोबार गरेका थिए।

पक्राउ परेका पाँचै जनाको विवरण अनुसार हालसम्म ७४ करोड १३ लाख ५० हजार ७१३ रुपैयाँको कारोबार गरेको देखिएको छ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु डुङ्गा चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा आइतबार, कात्तिक ८, २०८३
एनपीएलको विजेतालाई १ करोड १० लाख, अन्यले कति पाउँछन् ? आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्