• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आफ्नै निर्वाचन क्षेत्रमा प्रादेशिक अस्पताल बनाउने तयारीमा मुख्यमन्त्री तथा मन्त्री

64x64
शेरबहादुर ऐर शुक्रबार, असार १, २०८०  १०:०४
1140x725

धनगढी– ‘बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, डडेल्धुराको जोगबुढा र कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिनेछ।’ सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमको एउटा बुँदा हो यो।

प्रदेश सरकारले उल्लेख गरेको लम्कीचुहा अस्पताल प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको निर्वाचन क्षेत्र हो भने बाजुरा आर्थिक मामिला मन्त्री नरेश शाहीको निर्वाचन क्षेत्र हो।

भौतिक संरचना, जनशक्ति, उपकरण व्यवस्थापन लगायतलाई ध्यान नदिई वर्तमान सरकारले आफ्नो निर्वाचन क्षेत्रलाई केन्द्रमा राखेर ल्याएको यो कार्यक्रम नौलो भने होइन। मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वमा रहेको विगतको सरकारले पनि प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकी स्तरोन्नति गर्ने भन्दै भवन निर्माण गर्दा पहुँचकै आधारमा बजेट विनियोजन गरेको थियो।

मुख्यमन्त्री र मन्त्रीले नै आफ्नो निर्वाचन क्षेत्रलाई केन्द्रमा राखेर प्रादेशिक अस्पताल बनाउने नीति लिएपछि विभिन्न अस्पतालहरुले असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन्। ‘जिल्ला अस्पतालकै रुपमा विशेषज्ञ सहितका विभिन्न सेवा प्रदान गर्दै आएका अस्पताललाई प्राथमिकतामा राख्नुभन्दा प्रदेश सरकारले आफ्नो निर्वाचन क्षेत्रलाई महत्व दिँदा कार्यक्रम पनि कागजमै सीमित हुने सम्भावना बढी रहन्छ,’ टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपडबहादुर सोडारी भन्छन्।

‘जुन अस्पतालमा जनशक्ति, उपकरण, भौतिक संरचना छ र त्यहाँ आउने बिरामीको चाप, उसले प्रदान गरिरहेको सेवाका आधारमा प्रदेश सरकारले अस्पताल स्तरोन्नतिको नीति लिनुपर्ने थियो,’ सोडारीले भने, ‘तर हचुवाको भरमा ल्याइएका कार्यक्रम कार्यान्वयन नभएपछि सरकारले आक्षेप खेप्नुपर्ने अवस्था आउँछ। त्यसैले प्रादेशिक अस्पताल बनाउने नीतिमा सरकार गम्भीर हुनुपर्छ।’

सरकारले विगतमा घोषणा गरेका प्रादेशिक अस्पताल पनि अहिले विभिन्न समस्या झेल्दै आएका छन्। उनले भने, ‘अहिले पनि सेतीमा विभिन्न विशेषज्ञ सहितका विभिन्न सेवाहरु प्रदान भइरहेको छ। दुई सय शय्या घोषणा त भयो तर, भवन र जनशक्ति व्यवस्थापन छैन। जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको छ। त्यसतर्फ सरकारले ध्यान दिन जरुरी छ।’

कस्तो छ लम्कीचुहा अस्पताल?
सुदूरपश्चिम प्रदेश सरकारले भर्खरै नीति तथा कार्यक्रममा प्रादेशिक अस्पताल बनाउने भनेको लम्कीचुहा अस्पतालको प्रमुख समस्या जनशक्ति र भवन अभाव हो। अस्पतालका इन्चार्ज गंगाराम अधिकारीले भने, ‘प्रादेशिक अस्पताल बनाउने प्रस्तावना त हो। यसको लागि नयाँ भवन बनिरहेको छ। डीपीआर तयार भइरहेको छ। तर भवन र जनशक्ति अभावले समस्या रहेको छ।’

प्रदेश सरकारले बलिया स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै १५ शय्याको लम्कीचुहा अस्पतालमा परिणत गरेको थियो। अस्पतालले अहिले ओपीडी, एक्सरे, भिडियो एक्सरे, इसिजी, प्रयोगशाला, इन्डोस्कोपी, प्रसूति, फार्मेसी लगायतका सेवा प्रदान गरिरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

अस्पतालमा तीन जना चिकित्सकसहित एक जना गाइनो (प्रसूति) चिकित्सक र एमडी रहेका छन्। अस्पतालमा दैनिकजसो साढे दुई सय बढी बिरामी सेवा लिन आउने गरेको उनी बताउँछन्। उनले भने, ‘बिरामीको चाप छ। तर जनशक्ति व्यवस्थापन छैन।’

दुई चिकित्सकले सेवा दिइरहेको कोल्टी
सुदूरपश्चिम प्रदेशकै दुर्गम जिल्लाका रुपमा रहेको बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश सरकारले प्रादेशिक अस्पताल बनाउने नीति लिएको छ। ११ शय्या रहेको सो अस्पतालमा एक जना एमडीजीपी र एक मेडिकल असिसटेण्टसहित अनमी, नर्सहरु कार्यरत छन्।

ओपीडी, एक्सरे, भिडियो एक्सरे, इसिजी, प्रयोगशाला, इन्डोस्कोपी, प्रसूति सेवा, फार्मेसी लगायतको सेवा प्रदान गरिरहेको प्राथमिक स्वास्थ्य केन्द्रको भवन जीर्ण अवस्थामा रहेको छ। ‘अहिले प्रदेश सरकारले २५ शय्याको अस्पताल बनाउने भन्ने सुनेका छौं। बुढीनन्दा नगरपालिकाले कार्यविधि नै बनाएर १५ शय्याको अस्पताल बनाउने तयारी गरेको छ,’ बुढीनन्दा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ओमजंग शाहीले भने, ‘प्रदेशले २५ शय्याको अस्पताल बनाए नगरपालिकाले केही गर्नुपर्दैन। तर प्रमुख कुरा भनेको अस्पतालका लागि भवन र जनशक्ति हो। त्यसमा ध्यान दिनुपर्छ।’

टीकापुरलाई प्रादेशिक अस्पताल बनाउनुपर्ने माग
कैलालीस्थित टीकापुर अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा नामकरण गर्नुपर्ने सो क्षेत्रका स्थानीयहरुको माग रहेको छ। ‘प्रदेश सरकारले चार वटा स्वास्थ्य संस्थालाई प्रादेशिक अस्पताल बनाउने नीति तथा कार्यक्रममा भनेको छ। तर त्यसमा टीकापुर अस्पताल छुटेको छ। म सरकारलाई यो ध्यानाकर्षण गराउन चाहन्छु,’ प्रदेश सभा सदस्य गीतादेवी मालले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सुझाव दिएकी थिइन्। 

Xtrem

Xtrem

टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोडारीले अस्पताललाई प्रादेशिक नाम नदिइँदा राज्यबाट प्रदान हुने सेवा सुविधाबाट वञ्चित हुनुपरेको बताए। उनले भने, ‘दैनिक सात सय बढी बिरामीलाई अस्पतालले सेवा प्रदान गर्दै आएको छ। विभिन्न विशेषज्ञसहितका सेवाहरु पनि उपलब्ध छन्। यहाँ नेपालगञ्जबाट पनि सेवा लिन आउँछन्। तर प्रादेशिक नामकरण नगर्दा सरकारले अनुदान घटाउँदै लगको छ।’

उनले टीकापुर क्षेत्रका लागि एउटा प्रादेशिक अस्पतालको आवश्यकता रहेको बताउँदै भने, ‘टीकापुर अस्पताललाई जिल्लाबाट प्रादेशिक बनाइनुपर्छ।’

टीकापुर अस्पतालमा भजनी नगरपालिका, जोशिपुर गाउँपालिका, मोहन्याल गाउँपालिका, लम्की चुहा नगरपालिकाका साथै छिमेकी जिल्ला डोटी, सुर्खेत, बर्दिया, नेपालगञ्जबाट बिरामीहरू आउने गरेको उनले बताए।

उनले आपतकालीन समयमा उपचार गर्नका लागि पनि थोरै बेडहरू रहेकाले उपचार गर्न पनि असहज हुने गरेको बताए। उनले अस्पतालसँग १२ बिघाभन्दा धेरै जग्गा भए तापनि उचित प्रयोग हुन नसकेको बताए।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १०:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति दुः... सोमबार, असोज १२, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। बिहान ११:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्य... सोमबार, असोज १२, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर जबराले आफूलाई मध्यरातमा किन नियन्त्रणमा लिन खोजियो र पक्राउ पुर्जी मागे। प्रहरीसँग पक्राउ पुर्जी थिएन। अनि उनीहरूले ‘तपाईंमाथि सुरक्... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह सोमबार, असोज १२, २०८३
लगातार वर्षापछि नारायणगढ–मुग्लिनसहित देशभरका दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित सोमबार, असोज १२, २०८३
म्याग्दीमा पहिरोका कारण ६ जनाको मृत्यु, ३ जना बेपत्ता सोमबार, असोज १२, २०८३
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना सोमबार, असोज १२, २०८३
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्