• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आफ्नै निर्वाचन क्षेत्रमा प्रादेशिक अस्पताल बनाउने तयारीमा मुख्यमन्त्री तथा मन्त्री

64x64
शेरबहादुर ऐर शुक्रबार, असार १, २०८०  १०:०४
1140x725

धनगढी– ‘बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, डडेल्धुराको जोगबुढा र कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिनेछ।’ सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमको एउटा बुँदा हो यो।

प्रदेश सरकारले उल्लेख गरेको लम्कीचुहा अस्पताल प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको निर्वाचन क्षेत्र हो भने बाजुरा आर्थिक मामिला मन्त्री नरेश शाहीको निर्वाचन क्षेत्र हो।

भौतिक संरचना, जनशक्ति, उपकरण व्यवस्थापन लगायतलाई ध्यान नदिई वर्तमान सरकारले आफ्नो निर्वाचन क्षेत्रलाई केन्द्रमा राखेर ल्याएको यो कार्यक्रम नौलो भने होइन। मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वमा रहेको विगतको सरकारले पनि प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकी स्तरोन्नति गर्ने भन्दै भवन निर्माण गर्दा पहुँचकै आधारमा बजेट विनियोजन गरेको थियो।

मुख्यमन्त्री र मन्त्रीले नै आफ्नो निर्वाचन क्षेत्रलाई केन्द्रमा राखेर प्रादेशिक अस्पताल बनाउने नीति लिएपछि विभिन्न अस्पतालहरुले असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन्। ‘जिल्ला अस्पतालकै रुपमा विशेषज्ञ सहितका विभिन्न सेवा प्रदान गर्दै आएका अस्पताललाई प्राथमिकतामा राख्नुभन्दा प्रदेश सरकारले आफ्नो निर्वाचन क्षेत्रलाई महत्व दिँदा कार्यक्रम पनि कागजमै सीमित हुने सम्भावना बढी रहन्छ,’ टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपडबहादुर सोडारी भन्छन्।

‘जुन अस्पतालमा जनशक्ति, उपकरण, भौतिक संरचना छ र त्यहाँ आउने बिरामीको चाप, उसले प्रदान गरिरहेको सेवाका आधारमा प्रदेश सरकारले अस्पताल स्तरोन्नतिको नीति लिनुपर्ने थियो,’ सोडारीले भने, ‘तर हचुवाको भरमा ल्याइएका कार्यक्रम कार्यान्वयन नभएपछि सरकारले आक्षेप खेप्नुपर्ने अवस्था आउँछ। त्यसैले प्रादेशिक अस्पताल बनाउने नीतिमा सरकार गम्भीर हुनुपर्छ।’

सरकारले विगतमा घोषणा गरेका प्रादेशिक अस्पताल पनि अहिले विभिन्न समस्या झेल्दै आएका छन्। उनले भने, ‘अहिले पनि सेतीमा विभिन्न विशेषज्ञ सहितका विभिन्न सेवाहरु प्रदान भइरहेको छ। दुई सय शय्या घोषणा त भयो तर, भवन र जनशक्ति व्यवस्थापन छैन। जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको छ। त्यसतर्फ सरकारले ध्यान दिन जरुरी छ।’

कस्तो छ लम्कीचुहा अस्पताल?
सुदूरपश्चिम प्रदेश सरकारले भर्खरै नीति तथा कार्यक्रममा प्रादेशिक अस्पताल बनाउने भनेको लम्कीचुहा अस्पतालको प्रमुख समस्या जनशक्ति र भवन अभाव हो। अस्पतालका इन्चार्ज गंगाराम अधिकारीले भने, ‘प्रादेशिक अस्पताल बनाउने प्रस्तावना त हो। यसको लागि नयाँ भवन बनिरहेको छ। डीपीआर तयार भइरहेको छ। तर भवन र जनशक्ति अभावले समस्या रहेको छ।’

प्रदेश सरकारले बलिया स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै १५ शय्याको लम्कीचुहा अस्पतालमा परिणत गरेको थियो। अस्पतालले अहिले ओपीडी, एक्सरे, भिडियो एक्सरे, इसिजी, प्रयोगशाला, इन्डोस्कोपी, प्रसूति, फार्मेसी लगायतका सेवा प्रदान गरिरहेको छ।

Ncell 2
Ncell 2

अस्पतालमा तीन जना चिकित्सकसहित एक जना गाइनो (प्रसूति) चिकित्सक र एमडी रहेका छन्। अस्पतालमा दैनिकजसो साढे दुई सय बढी बिरामी सेवा लिन आउने गरेको उनी बताउँछन्। उनले भने, ‘बिरामीको चाप छ। तर जनशक्ति व्यवस्थापन छैन।’

दुई चिकित्सकले सेवा दिइरहेको कोल्टी
सुदूरपश्चिम प्रदेशकै दुर्गम जिल्लाका रुपमा रहेको बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश सरकारले प्रादेशिक अस्पताल बनाउने नीति लिएको छ। ११ शय्या रहेको सो अस्पतालमा एक जना एमडीजीपी र एक मेडिकल असिसटेण्टसहित अनमी, नर्सहरु कार्यरत छन्।

ओपीडी, एक्सरे, भिडियो एक्सरे, इसिजी, प्रयोगशाला, इन्डोस्कोपी, प्रसूति सेवा, फार्मेसी लगायतको सेवा प्रदान गरिरहेको प्राथमिक स्वास्थ्य केन्द्रको भवन जीर्ण अवस्थामा रहेको छ। ‘अहिले प्रदेश सरकारले २५ शय्याको अस्पताल बनाउने भन्ने सुनेका छौं। बुढीनन्दा नगरपालिकाले कार्यविधि नै बनाएर १५ शय्याको अस्पताल बनाउने तयारी गरेको छ,’ बुढीनन्दा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ओमजंग शाहीले भने, ‘प्रदेशले २५ शय्याको अस्पताल बनाए नगरपालिकाले केही गर्नुपर्दैन। तर प्रमुख कुरा भनेको अस्पतालका लागि भवन र जनशक्ति हो। त्यसमा ध्यान दिनुपर्छ।’

टीकापुरलाई प्रादेशिक अस्पताल बनाउनुपर्ने माग
कैलालीस्थित टीकापुर अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा नामकरण गर्नुपर्ने सो क्षेत्रका स्थानीयहरुको माग रहेको छ। ‘प्रदेश सरकारले चार वटा स्वास्थ्य संस्थालाई प्रादेशिक अस्पताल बनाउने नीति तथा कार्यक्रममा भनेको छ। तर त्यसमा टीकापुर अस्पताल छुटेको छ। म सरकारलाई यो ध्यानाकर्षण गराउन चाहन्छु,’ प्रदेश सभा सदस्य गीतादेवी मालले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सुझाव दिएकी थिइन्। 

टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोडारीले अस्पताललाई प्रादेशिक नाम नदिइँदा राज्यबाट प्रदान हुने सेवा सुविधाबाट वञ्चित हुनुपरेको बताए। उनले भने, ‘दैनिक सात सय बढी बिरामीलाई अस्पतालले सेवा प्रदान गर्दै आएको छ। विभिन्न विशेषज्ञसहितका सेवाहरु पनि उपलब्ध छन्। यहाँ नेपालगञ्जबाट पनि सेवा लिन आउँछन्। तर प्रादेशिक नामकरण नगर्दा सरकारले अनुदान घटाउँदै लगको छ।’

उनले टीकापुर क्षेत्रका लागि एउटा प्रादेशिक अस्पतालको आवश्यकता रहेको बताउँदै भने, ‘टीकापुर अस्पताललाई जिल्लाबाट प्रादेशिक बनाइनुपर्छ।’

टीकापुर अस्पतालमा भजनी नगरपालिका, जोशिपुर गाउँपालिका, मोहन्याल गाउँपालिका, लम्की चुहा नगरपालिकाका साथै छिमेकी जिल्ला डोटी, सुर्खेत, बर्दिया, नेपालगञ्जबाट बिरामीहरू आउने गरेको उनले बताए।

उनले आपतकालीन समयमा उपचार गर्नका लागि पनि थोरै बेडहरू रहेकाले उपचार गर्न पनि असहज हुने गरेको बताए। उनले अस्पतालसँग १२ बिघाभन्दा धेरै जग्गा भए तापनि उचित प्रयोग हुन नसकेको बताए।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १०:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्ष आक्रोशित, सबै प्रकारका लडाइँमा उत्रिने खड्काको चेतावनी आयोगको निर्णय लगत्तै निर्वाचन आयोग परिसरमा देउवा पक्षले नाराबाजी गरिरहेका छन् । आयोगको निर्णय षड्यन्त्रपूर्ण रहेको प्रतिक्रिया देउवा... शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार आयोगको निर्णयप्रति प्रतिक्रिया दिँदै उनले भने, ’निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो । अब हामी कसरी अगाडि बढ्ने भ... शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो । शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्ष आक्रोशित, सबै प्रकारका लडाइँमा उत्रिने खड्काको चेतावनी शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
पूर्वन्यायाधीश शर्माको संयोजकत्वमा सहकारी बेथिति छानबिन आयोग गठन शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्