महासमुण्ड- लागुऔषध तस्करी विरुद्धको ठूलो पछिल्लो कारबाहीमा प्रहरीले भारतको छत्तीसगढको महासमुन्ड जिल्लामा गाँजा ओसारपसारमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। उनीहरूबाट करिब १.२५ करोड रुपैयाँ बराबरको गाजा बरामद भएको छ।
गाँजा ओसारपसार गरेकोबारे विशेष सूचना पाएपछि प्रहरी टोलीले ट्रकलाई रोकेर खानतलासी गर्दा लागुऔषध बरामद गरेको महासमुण्डका प्रहरी उपरीक्षक (एसपी) धर्मेन्द्र सिंहले बताएका छन्।
खोजीका क्रममा प्रहरीले ५०० केजी गाँजा बरामद गरेको बताउँदै बरामद गाजाको मूल्य करिब १ करोड २५ लाख बराबर रहेको बताएका छन्।
- एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।