काठमाडौं– मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन भएको छ। उनको उपचारका क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको हो।
६९ वर्षीय साह करिब १ सातादेखि नयाँ दिल्लीमा उपचाररत थिए। साहको बिहीबार बिहान निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ। उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिए।
काठमाडौंमा उपचार सम्भव नभएपछि उनलाई भारतको नयाँ दिल्ली लगिएको थियो। उनी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ समेत हुन्। साहलाई मधेस प्रदेशले २०७७ माघ १८ गते प्रतिष्ठानको उपकुलपति नियुक्त गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।