काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुर्रा जातको राँगा ल्याउने सम्झौता ७ वर्षअघि नै भएको बताएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले ७ वर्षअघि सम्झौता भएको कुरालाई अहिले आफू भारत भ्रमणमा गएको बेलामा कुरा निस्किएपछि आफूलाई भैंसीमाथि चढाएर ट्रोल बनाएको बताए।
‘यो राँगाको कुरा अहिले भनेको कुरा होइन। मुर्रा जातको राँगा ल्याउने सहमति सात वर्षअघि भएको रहेछ। मान्छेले मलाई भैंसी चढाएर हिँडाएका छन्। जे भए पनि यो पटकको भारत भ्रमण विगतभन्दा उपलब्धिमुलक भएको छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।