• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

निर्मलाकी आमाको बिलौना– समाज राम्रै थियो, कताबाट लाग्यो दुस्मन?

64x64
नेपाल लाइभ सोमबार, भदौ ११, २०७५  ०२:१२
1140x725

महेन्द्रनगर (कञ्चनपुर)- ‘एक महिना भयो, आँखामा निद छैन। आँतमा आगो मात्र बलेको छ। खाना खान पनि मन लाग्दैन,’ बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्तकी आमा दुर्गा पन्तले कलेटी परेका ओठ चलाइन्, ‘मलाई अरु केही चाहिएको छैन, छोरीको हत्यारा जेल गएको देख्नुछ। न्याय चाहिएको छ।’

आमा दुर्गा जीवनको यस्तो मोडमा छिन्, जहाँ उनका आँखामा एकैपटक छोरीका सम्झना र छोरीकाे हत्यापछि विकसित अवस्थाले जन्माएका प्रश्नको आगो उनिएको छ। भनिन्, ‘ऊ त गई, उसलाई न्याय मिलोस्। मैले दुःखले हुर्काएकी छोरी हो, उसका कुरा सम्झिरहेकी छु।’ 

निर्मलाको सपना थियो शिक्षक बन्ने। आर्थिक अवस्थामा कमजोर निर्मला अध्ययनमा भने अब्बल थिइन्। स्कुलमा हुने अतिरिक्त क्रियाकलापमा पनि उनी दक्ष थिइन्। आफ्नो पढाइको क्षमता अनुसार उनलाई ‘विज्ञान संकाय’ पढ्ने रहर भए पनि पारिवारिक अवस्थाका कारण शिक्षक बन्ने सोच रहेको आमा दुर्गाले बताइन्।

‘छोरीलाई विज्ञान पढाउन सक्ने आर्थिक अवस्था हाम्रो थिएन। छोरीले त्यही कुरा बुझेकीले शिक्षक बनेर राम्रो कुरा गर्ने बताउँदै आएकी थिइन्,’ उनले भनिन्, ‘तर, छोरीको बलात्कार अनि हत्या भयो। त्यो दिनदेखि घर नै अन्धकार लाग्न थालेको छ।’

छोरी निर्मलाले भनेको कुरा स्मरण गर्दै भनिन्, ‘पैसा नभए पनि राम्रै काम गरेर गुजारा गरुँला आमा चिन्ता किन लिनुहुन्छ भन्थी।’ 

अब्बल निर्मला आमाको सहयोगी
निर्मला विद्यालयमा मात्र होइन, घरको कामकाजमा पनि अब्बल थिइन्। दुर्गाले भनिन्, ‘म घरमा नभएको बेला निर्मलाले नै घरको सबै काम गर्थिन्।’

दुर्गाका तीन वटा छोरी हुन्। निर्मला माइली। जेठी र कान्छीभन्दा निर्मला नै आमाकी सहारा बनेकी थिइन्। उनले सुनाइन्, ‘मैले एकचोटl भनेपछि दोस्रोपटक ती काम सम्झाउनुनै पर्ने थिएन, बुझ्झकी थिई।’ छोरीले घर सरसफाइ राख्नेदेखि भान्साका कामसम्म गर्ने गरेकी थिइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘मेरी त्यस्ती छोरीलाई किन मारियो?’ दुर्गाले प्रश्न गरिन्, ‘समाज राम्रै थियो तर, कताबाट दुस्मन लाग्यो देख्नै नपाएर धेरै चिन्तित भएकी छु। हामीलाई किन लाग्यो दुस्मन?’

उनले छोरीलाई चित्रकला मनपर्ने गरेको बताइन्। निर्मलाले भगवान्, मानिस, जनावर लगायतका चित्र बनाएर राख्ने गरकी थिइन्। निर्मलाले बनाएको भगवान् श्रीकृष्णको फोटो देखाउँदै आमा दुर्गाले सुनाइन्, ‘यस्ता चित्र धेरै बनाएकी छ। कति चित्र विद्यालयमा राखिएको छ भने कतिपय चित्र साथीहरुले लगेका छन्।’ 

निर्मलाका बाबु अर्को बिहे गरेर अर्कै घरमा बस्ने रहेछन्। दुर्गाले घरमै एउटै सानो किराना पसल राखेकी छिन्। पसलमा चटपटे लगायतका सामान बेच्ने गरेकी छिन्। त्यही पलकाे अाम्दानीले घर खर्च धान्न धौधौ हुने भएकाले उनी भारतको बनबासाबाट सामान बोक्ने गर्ने रहिछन्।

बनबासाबाट फर्किएपछिको त्यो खबर...
साउन १० गते निर्मलाकी आमा साथीसँग बनबासामा गएकी थिइन्, सामान लिन।

‘म बिहान खाना पकाएर छोरीलाई पसल हेर्न भनेर बनबासा गएकी थिएँ। छोरीलाई म नआउँदासम्म कतै नजानु भनेकी थिएँ,’ उनले त्यो दिन सम्झिन्, ‘हतार–हतारमा थोरै सामान ल्याई बजारमा पुर्‍याएर एक बजेतिर घर पुगेकी थिएँ तर, पसलमा न त निर्मला थिई, न जेठी छोरी। पसलमा कान्छी छोरी बसेकी देखेर दिदी कहाँ गइन् भनेर साेध्दा रोशनी बमको घर गएको जवाफ दिइन्।’

तीन बज्दा पनि छोरी घर नफर्केपछि दुर्गा खोजीमा निस्किन्। छिमेकी एक जनालाई लिएर उनी रोशनीको घर गइन्।

निर्मलाको घरबाट करिब डेढ किलोमिटर टाढा रहेको रोशनीको घरमा पुगेपछि रोशनीले ‘निर्मला दुई बजे नै यहाँबाट हिँडेकी’ भनिन्। दुर्गाले रोशनीसँग छोरी हराएको बारे कुराकानी गर्दै थिइन्। यत्तिकैमा उनीहरु छेउ रोशनीकी दिदी बबिता आइन्। ‘बबिताले झोक्किएर वचन लगाइन्, बविताको भनाई उद्धृत गर्दै उनले भनिन्, ‘तपाईको छोरी पोइल गएकी होली, हामीलाई थाहा छैन।’

बम परिवारको घरबाट फर्केपछि दुर्गाले 'छोरीको सोधखोज गरिपाऊँ' भन्दै प्रहरी प्रशासनलाई खबर गरिन्। ‘प्रहरीलाई छोरी खोजी दिन आग्रह गरेँ,’ उनले भनिन्, ‘तर, प्रहरीले आज हेरौं नफर्के भोलि खोजौंला भन्ने जवाफ दिए।’ 

नगर प्रमुखले भनेका थिए- सर्पले डसेर मरिन्
साउन ११ गते बिहान स्थानीयले रोशनीको घर र निर्मलाको घरको बीचमा पर्ने सडक छेउको उखुबारीमा शव फेला पारे। घटनास्थल निर्मलाको घरबाट झन्डै एक किलोमिटर दुरीमा छ। घटनास्थल र सडकको बीचमा ठूलो नाली रहेकाले निर्मलाका आफन्तले हत्या अरु ठाउँमा गरिएको र त्यहाँ ल्याएर फालिएको आशंका गरिरहेका छन्। दोस्रो दिन बिहान उनको शवमा हिलो नदेखिनुले निर्मलालाई कोठाभित्रै बलात्कारपछि हत्या गरी योजनाबद्ध ढंगले उखुबारीमा फालेको आशंका गरिएको हो। 

निर्मला मृत अवस्थामा फेला परेपछि भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले ‘सर्पले ढसेर मरेको’ भन्ने प्रतिक्रिया दिएका थिए। नगर प्रमुख विष्टको यस्तो प्रतिक्रियापछि महेन्द्रनगर बजारमा नियमित जस्तो आन्दोलनका कार्यक्रम भइरहेका थिए।

आन्दोलन झन् चर्को बन्दै गएपछि प्रहरीकै केन्द्रीय अनुसन्धान ब्युुरो (सिआइबी) र कञ्चनपुर प्रहरीले मानसिक सन्तुलन गुमाएका अभियुक्त दिलिपसिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेका थिए। आफन्तहरुले रोशनीमाथि छानबिन गर्न माग गर्दै दबाब दिए पनि प्रहरीले भने मानसिक सन्तुलन गुमाएका विष्टलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेपछि आन्दोलन झन् चर्कियो। 

‘कसैले पनि निर्मलाको हत्याको अनुसन्धान राम्ररी भइरहेको भन्नेमा विश्वास गरेनन्, हामीलाई पनि त्यस्तै लागिरह्यो,’ दुर्गाले अर्को प्रश्न उठाइन्, ‘यति धेरै मान्छेले विश्वास नगर्दा पनि प्रहरीले किन चित्तबुझ्दो काम गरेन?’

बालिकाको हत्या भएको झन्डै एक महिना (२६ दिनपछि) विष्टले निर्मलाको हत्या गरेको स्वीकार गरिसकेको दाबी पत्याउन सक्ने आधार प्रस्तुत गर्न नसक्दा समाज र प्रहरीबीचको द्वन्द्व बढ्दै जाँदा एक जनाले ज्यान गुमाउनुपरेको थियो।

अशान्त कञ्चनपुर
गृह मन्त्रालयले बिहीबार विशेष अनुसन्धान टोली पठाउने भनेर पाँच सदस्यीय समिति बनाएको थियो। शुक्रबार टोली कञ्चनपुर पुगे पनि बिहान नेकपाका नेता भीम रावलको अभिव्यक्तिले शान्त माहोल एकाएक ततायो। जसका कारण कञ्चनपुर भीमदत्त नगरपालिका–१८ का सनी खुनाले ज्यान गुमाउनुपरेको थियो।

गृह मन्त्रालयले हरिप्रसाद मैनालीको नेतृत्वमा बनाएकाे पाँच सदस्यीय अनुसन्धान टोली महेन्द्रनगर आइपुगेको छ। आइतबार मात्रै टोलीले निर्मला पन्तका बुबा यज्ञराज, आमा दुर्गा पन्त र छिमेकीसँग घरमै बसेर सोधपुछ गरेको थियो।

‘टोलीले वास्तविक दोषी पत्ता लगाउन सहयोग गरोस्,’ निर्मलाकी आमा दुर्गाले भनिन्, ‘गरिब नै भए पनि हामीलाई केही चाहिएको छैन, न्याय देऊ।’

प्रकाशित मिति: सोमबार, भदौ ११, २०७५  ०२:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्