काठमाडौं– सुनकोशी नदीमा गाडी खस्दा बेपत्ता भएका सीटीईभीटीका २ निर्देशकसहित ३ जनालाई खोज्न सशस्त्रको टोली पनि परिचालन गरिएको छ।
आश्रित गुल्म सिन्धुलीबाट डिजास्टर म्यानेजमेन्ट (डीएम) सहितको टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहयाक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
घुर्मी–खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनबाट गाडी सुनकोशी नदीमा खस्दा सीटीइभीटीका २ निर्देशक र अधिकृतस्तरका १ कर्मचारी कर्मचारी वेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले जानकारी दिए।
नदीमा खसेको स्कर्पियो गाडीका चालक भने पौडिएर बाहिर निस्केका छन्। बाँकी ३ जना भने अहिलेसम्म वेपत्ता छन्।
बेपत्ता भएकाहरु २ जना सहसचिवस्तरका र १ जना अधिकृतस्तरका कर्मचारी रहेको सीटीईभीटीका प्रवक्ता एकराज अधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।