काठमाडौं- नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ का इञ्चार्ज गोपाल किरातीले आफू पार्टीभित्रै संघर्षमा रहने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको सचिवालयको अनौपचारिक बैठकमा इञ्चार्ज किरातीले आफूले उठाउँदै आएको पहिचान र समावेशिताको विषयमा पार्टी प्रतिबद्ध रहेको र त्यसबाट तलमाथि नहुने दाबी गरे। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसमा प्रतिबद्धता जनाइसकेको उनको भनाइ थियो।
नेकपा (एमाले), माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच वामपन्थी मोर्चा निर्माणको निर्णय भएपछि पहिचान र समावेशिता तथा समानुपातिकता विषय पार्टीले छाडेको भन्दै किराती असन्तुष्ट बन्दै आएका छन्। उनले माओवाद र पहिचानका विषयमा पार्टी प्रतिबद्ध रहेकाले पार्टी छाड्ने भन्ने कुरा नै नभएको जिकिर गरे।
सचिवालयको बैठकमा निर्वाचन क्षेत्र बाँडफाँटलगायत विषयमा समेत छलफल भएको र कार्यदलले तयार पारेको प्रतिवेदनलाियई एकसरो अध्ययन गरेर अन्तिम रुप दिइने निर्णय भएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।