Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सर्वोच्चको नयाँ व्याख्या: ‘उपचारको लापरबाही’ मा हदम्याद मान्न सकिँदैन 

64x64
दुर्गा दुलाल मंगलबार, जेठ १६, २०८०  १५:०७
1140x725

काठमाडौं– सर्वोच्च अदालतले उपचारका क्रममा हुने अस्पतालको लापरबाहीलाई गम्भीर रुपमा लिदै न्यायीक प्रक्रियामा लैजानुपर्ने व्याख्या गरेको छ। काठमाडौंको वयोधा अस्पतालले एक व्यक्तिको उपचारमा लापरबाही गरेको भन्दै दायर भएको रिटमा सर्वोच्चले हदम्यादको नयाँ व्याख्या गरेको हो। 

काठमाडौ चन्द्रगिरि नगरपालिकाकी पल्लवी श्रेष्ठले दायर गरेको रिटमा पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले यस्तो व्याख्या गरेको हो। न्यायाधीशद्धय सपनाप्रधान मल्ल र नहकुल सुवेदीको इजलासले हालैमात्र मेडिकल नेक्लिजेन्सी (उपचारको लापरबाही) सम्बन्धी पूर्णपाठ सार्वजनिक गरेको हो। 

कलंकीमा भएको एक दुर्घटनामा घाइते भएपछि वयोधा अस्पतालमा उपचारका लागि पुगेकी श्रेष्ठले अस्पतालले लापरबाही गरेको भन्दै जिल्ला, उच्च हुदै सर्वोच्चसम्म न्यायीक लडाई लडेकी थिइन्। अन्तत सर्वोच्चले उनको पक्षमा फैसला सुनाउँदै जिल्ला अदालत काठमाडौंलाई क्षतिपूर्ति मुद्दा अघि बढाउन आदेश गरेको छ। 

सर्वोच्चले हदम्याद देखाएर उपचारको क्रममा लापरबाही गर्ने अनि उन्मुक्ती पाउन नसकिने दाबी गरेको  छ। श्रेष्ठले आफ्नो उपचारमा लापरबाही भएको थाहा पाएपछि वयोधा अस्पताल,उक्त अस्पतालका सञ्चालक रविकुमार गुप्ता,अस्पतालमा कार्यरत चिकित्सकहरु डा शशिकुमार झा र डा अभय यादवविरुद्ध जिल्ला अदालतमा क्षतिपूर्तिको मुद्दा दायर गरेकी थिइन्। उक्त विवाद उच्च हुदै सर्वोच्चसम्म पुगेको थियो। वयोधाले उच्च अदालत पाटनको आदेशविरुद्ध  सर्वोच्चमा रिट दायर गरेको थियो। उक्त रिट खारेज हुने फैसला सुनाउदै सर्वोच्चले २०७९ पुस ७ गते हदम्यादको व्याख्या गरेको थियो। उक्त फैसलाको पूर्णपाठमा  न्यायमा पहुँचको संरक्षणको उद्देश्यले हदम्यादलाई विचार गर्नुपर्ने देखिएको भनेको छ। 

‘हदम्यादको उद्देश्य भनेको अविश्वसनीय दाबी तथा उजुरीहरूको दायरामा रोक लगाउनु, प्रमाणलोप हुन नदिनु, कानूनी विवादहरूको समयमै समाधान सुनिश्चित गर्नु तथा कानूनी निश्चिततालाई प्रवर्द्धन गर्नु हो’ पूर्णपाठमा भनिएको छ, ‘तर हदम्यादको उद्देश्य र न्यायमा पहुँचको सिद्धान्तको बीचमा सन्तुलन कायम गर्नु पनि उत्तिकै महत्वपूर्ण छ। हदम्यादसम्बन्धी कानूनको व्याख्या गर्दा एकातर्फ कानूनी विवादहरु समयमै समाधान हुने सुनिश्चितता हुनुपर्छ भने अर्कातर्फ कानूनले स्पष्ट रुपमा निषेध गरेको अवस्थामा बाहेक हदम्यादको प्रयोगले कानूनी उपचार खोज्ने व्यक्तिको अधिकारमा अनावश्यक रूपमा वाधा अवरोध सृजना नहोस् भन्ने तर्फपनि सावधानीपूर्वक विचार गरिनुपर्छ। ’ 

सर्वोच्चले मेडिकल नेक्लिजेन्सी जस्तो विषयमा पीडितले आफूमाथि हानी नोक्सानी भएको एकिन जानकारी प्राप्त गरेपछि कानूनी उपचारको बाटो लिएको अवस्था कायम गर्नुपर्ने भनेको छ। 

‘पीडितको सेवा वा वस्तुको उपभोगबाट हुने हानी नोक्सानीबाट बच्न र बचाई राख्न पाउने मौलिक अधिकार, पीडित उपभोक्ताको सार्वभौमसत्ता तथा पीडित उपभोक्ताको न्यायमा पहुँचको संरक्षणको उद्देश्यले हदम्यादलाई विचार गर्नु पर्ने देखिन्छ ’ फैसलाको पूर्णपाठमा भनिएको छ। 

पीडितले २०७८ मंसिर २० मा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ५० बमोजिम सो जानकारी पाएको  र २०७८ पुस ७ मा काठमाडौं जिल्ला अदालतमा क्षतिपूर्तिको लागि उजुरी दर्ता गरेको देखिएको फैसलामा उल्लेख छ। ६ महिनाभित्र राखिएको हकदाबीभित्र उजुरी दर्ता भएको तर मेडिकल नेक्लिजेन्सीमा यस्तो हदम्याद नेपाल मेडिकल काउन्सिलले लापरबाही ठहर गरेको जानकारी पीडितले पाएको मितिदेखि हुने निश्चित गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

के थियो घटना?
काठमाडौं कलंकी चोकमा गुडिरहेको ट्याक्सीको टायरमा अल्झिएको चङ्गाको धागोमा अल्झी दाहिने खुट्टाको गोलीगाँठो मुनीको भागमा घाउ भएपछि श्रेष्ठ उपचारका लागि वयोधा अस्पतालमा  भर्ना भएकी थिइन्। श्रेष्ठको उपचारपछि झन घाउ बल्झेको थियो। उक्त अस्पतालमा गरेको उपचारले झन घाउ बढेपछि श्रेष्ठ ग्रान्डी अस्पताल, बी एण्ड बी अस्पताल हुँदै सन् २०२० जनवरी १० (वि.सं.२०७७ मंसिर ५) मा भारतको लखनऊस्थित अहुजा अस्पतालमा उपचार गराएकी थिइन्।

नेपाल फर्किएपछि वयोधा अस्पतालले उपचारमा लापरबाही गरे/नगरेको विषयमा एकिनका लागि मिति २०७८ वैशाख १० गते पल्लवी श्रेष्ठले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएकी थिइन्। नेपाल मेडिकल काउन्सिलले २०७८ मंसिर २० गते  वयोधा अस्पतालले उपचारमा लापरबाही गरेको भनी श्रेष्ठलाई जानकारी दिएको थियो। उक्त जानकारी पाएपछि उनी क्षतिपूर्ति माग गर्दै जिल्ला अदालत काठमाडौ पुगेकी थिइन्। उनले क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेपछि हदम्याद नभएको  अस्पतालले दाबी गरेपछि श्रेष्ठ उच्च अदालत पाटन पुगिन्।

उच्चले हदम्याद भन्दै मेडिकल नेक्लिजेन्सीमा न्यायीक निरुपण रोक्न नमिल्ने भन्दै मुद्दा अघि बढाउन आदेश जारी गर्‍यो। उक्तको आदेशपछि वयोधा सर्वोच्च पुगेको थियो। वयोधाको रिटमा फैसला सुनाउदै सर्वोच्चले मेडिकल नेक्लिजेन्सीमा हदम्याद भनेर न्याय निरुपण राेक्न नमल्निे भन्दै तत्काल उक्त मुद्दा अघि बढाउन भनेको छ। 

सर्वोच्चले निययमित सुनुवाईमा राखि अन्तिम किनारा गर्न पनि भनेको छ। पीडित श्रेष्ठले वयोधाको गलत उपचारका कारण आफूले आर्थिक,मानसिक र शारीरिक नोक्सानी व्यहोर्न परेको भन्दै क्षतिपूर्तिको मुद्दा दायर गरेकी थिइन्। उनले उपचारमा लागेको खर्चसहित अन्य रकम आफूलाई क्षतिपूर्तिको रुपमा भराउनुपर्ने माग गरेकी छन्। हदम्यादको विषय सर्वोच्चबाट समाधान भएकाले अब जिल्लाले श्रेष्ठको उपचारमा लापरबाही भएको विषयमा र क्षतिपूर्तिको विषयमा विषय प्रवेश गरेर फैसला सुनाउने छ।

Xtrem

Xtrem

यस्तो छ फैसलाको पूर्णपाठ: 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १५:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईसहित चार जनाविरूद्ध मुद्दा चलाउनुपर्ने प्रहरी निष्कर्ष अनुसन्धानबाट रु ६६ लाख ५३ हजार बराबरको अनियमितता भएको निष्कर्षसहित सिआइबीले बुधबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो । बिहीबार, असोज २२, २०८३
त्रिविको बजेट ३० अर्ब ८७ करोड ११ लाख बिहीबार बसेको बजेट सभाले रजिस्ट्रार रवीन्द्र शिवाकोटीले प्रस्तुत गरेको बजेट स्वीकृत गरेको हो । बिहीबार, असोज २२, २०८३
विश्वविद्यालयका परीक्षा र नतिजा एक महिनाभित्र टुंग्याउन शिक्षामन्त्रीको निर्देशन त्रिविको ६७औं वार्षिक दिवसको बैठकमा सहकुलपति समेत रहेका मन्त्री पोखरेलले मन्त्रालयमा परीक्षा र नतिजा समयमा नभएको गुनासो आउने गरेको ब... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
स्ववियुमा अवसर गुमाएका अनोज कांग्रेसको केन्द्रीय सदस्य बन्ने दौडमा बिहीबार, असोज २२, २०८३
विद्या भण्डारीले लिइन् एमाले वरिष्ठ उपाध्यक्ष पदको शपथ बिहीबार, असोज २२, २०८३
आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल बिहीबार, असोज २२, २०८३
च्यासलमा एमालेको स्थायी कमिटी बैठक सुरु बिहीबार, असोज २२, २०८३
काँग्रेस महाधिवेशनमा मतदानको समय पुनः परिवर्तन, दिउँसो २ बजेबाट सुरु गर्ने तयारी बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्