काठमाडौं– नेपालमा पहिलोपटक आयुर्वेद सेवाको न्यूनतम सेवा मापदण्डको मूल्याङ्कन (एमएसएस) सुरु भएको छ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरबाट आयुर्वेद सेवाको एमएसएस सुरु भएको हो। उक्त मापदनमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले ५१.८७ प्रतिशत अंक ल्यायो।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरकी प्रमुख डा ललिता पाण्डेले एमएसएस मूल्याङ्कनबाट सिङ्गो टिमको पहिलोपटक सही मूल्याङ्कन भएको बताइन्। अहिलेको मूल्याङ्कनबाट प्राप्त भएका सुझावहरुलाई परिस्कृत गर्दै जाने र आगामी ६ महिनापछिको मूल्याङ्कनमा अझ उत्कृष्ट अंक ल्याउन प्रयत्न रहेने पाण्डेले उल्लेख गरिन्।
सरकारले स्वास्थ्य संस्थाहरुको गुणस्तरमा सुधार ल्याउनका लागि न्यूनतम सेवा मापदण्ड निर्धारण गरी त्यसको मूल्याङ्कन सुरु गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।