• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

जब अमेरिकाबाट पार्सल गरेर गाँजाको पोको काठमाडौं आइपुग्यो

64x64
नेपाल लाइभ सोमबार, जेठ १५, २०८०  १५:२४
1140x725

काठमाडौं– पठाउनको नाम लेखिएको छ–स्नोभिया अन्सारी। पाउने–लक्ष्मण चौधरी, टेलिफोन नम्बर ९८२८०५१...। ट्रयाकिङ नम्बर– ३९५१८३११०९४०। यो नाम–ठेगानामा फेडेक्स कार्गोमार्फत् अमेरिकाबाट दुबई हुँदै एउटा पार्सल गत फागुन २१ दिउँसो २ बजे काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्छ।

कार्टुनका बक्सभित्र सेता प्लास्टिकले बेरेको अवस्थामा १० वटा पोकाहरु भन्सार कार्यालयको गोदाममा पुग्छन्। संकास्पद ती पोकाहरु पार्सलको नाममा अन्य धन्दा हुनसक्ने भन्दै खोलिन्छन्। १० वटा प्याकेट खोलिएपछि भेटिन्छ–अवैध लागु औषध गाँजा।

अमेरिकीदेखि काठमाडौं आइपुगेको उक्त साढे ४ किलो गाँजा रिसिभ गर्न पुग्छन् पर्साको धोबनी गाउँपालिका–५ का २७ वर्षीय फैज आलम भनिने फैजुलाह शाह र भारतीय नागरिक ३० वर्षीय निमेश अशोकभाइ दयानी।

उनीहरु इभरल्याण्ड काठमाडौं होटलको १०४ नम्बर कोठा बुक गरेर बस्दै आएका थिए। पार्सल आएको सूचना आएपछि रिसिभ गर्न विमानस्थल भन्सार पुग्दा पक्राउ पर्छन्। 
पक्राउ परेका फैज आलम फिलिपिन्स जाने भन्दै २ महिनाअघि काठमाडौं आएर नयाँबसपार्कस्थित होटलमा बस्दै आएका थिए। ‘सोही क्रममा चिनजान भएका निमेशले आफूलाई गाइडको रुपमा सहयोग गरिदिन आग्रह गरे र त्यस बापत केही रकम समेत दिने आश्वास दिए,’ आलमको भनाइ छ।

त्यसपछि आलमले आफ्नो सीमकार्ड समेत निमेशलाई दिए। त्यसबापत २ हजार निमेशले आलमलाई दिए। केही दिनपछि निमेशले अर्को प्रस्ताव सुनाए, अमेरिकाबाट नेपालमा सामान मगाउन लागेको प्राप्त गर्ने व्यक्तिको नाम ठेगाना र परिचय खुल्ने आईडी चाहियो। त्यसवापत १० हजार आलमले पाउने भए।

आलमले विभिन्न व्यक्तिका नाम ठेगाना, लाइसेन्स तथा नागरिकताको फोटो खिचेर ह्वाट्सएपमा हाल्दिए । समान अमेरिकाबाट विमानस्थल आइपुग्यो। उनीहरुले चाहिने आवश्यक कागजात कुरियर अफिसबाट लिएर भन्सार गइ सामान लिए। यो क्रम तीन पटकसम्म चल्यो। 

चौथो पटक फेरि सामान आएको भन्दै भन्सारमा लिन जानुपर्ने निमेशले बताए। चौथो पटक सामान लिन विमानस्थल भन्सार पुगेका बेला भने उनीहरु पक्राउ परे, साढे ४ किलो गाँजासहित।

पक्राउ परेका भारतीय नागरिक निमेश भने अमेरिका, क्यानडा लगायतका देशहरुबाट चक्लेट, क्याण्डी, खेलौना तथा गेमलगायतका सामानहरु खरिद गरी भारतमा बिक्रि गर्ने योजनामा थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

४ महिना अघि मात्र गोटी नाम गरेका व्यक्तिसँग सम्पर्क भएपछि अमेरिकाबाट सामान मगाइदिने कुरा गरेको, तर सामान आयात गर्दा भारतमा भन्सार महँगो पर्ने नेपालबाट सामान मगाउँदा सस्तो पर्ने बताएपछि काठमाडौं आएको निमेशको भनाइ छ।

सोही क्रममा आलमसँग चिनजान भएको र आफूलाई नेपाली राम्रोसँग नआउने भएकाले सहयोग गर्न आग्रह गरेको निमेशको भनाइ छ। पछि गोटीले सामान पाउने व्यक्तिको नाम–ठेगाना पठाउनु भनेकाले आलमको सहयोगमा नाम–ठेगाना पठाएको दाबी निमेशको छ।

यसरी सामान काठमाडौं आइपुगेपछि बसमार्फत् दिल्ली लाने गरेको दाबी उनले गरेका छन्। सोही क्रममा सामान भनेर अमेरिकाबाट गाँजा पार्सल गरेर पठाइएको उनको भनाइ छ। यसअघि पनि यसैगरी गाँजा आउने गरेकोमा गोटीले भने अनुसारका व्यक्तिलाई आफूले गाँजा दिने गरेको निमेश स्वीकार गरेका छन्। 

निमेशले गोटी भनेका व्यक्ति भने भारत गुजरातका रहेको बुझिएको छ। उनकै सल्लाहअनुसार आफूले काम गरेको निमेशको भनाइ छ। सामान रिसिभ गरेपछि आफू पनि पटक पटक भारत जाने र गोटीलाई भेट्ने गरेको निमेशले बताएका छन्। त्यसबापतले गोटीले आफूलाई १ लाख २० हजार रुपैयाँ समेत दिएको उनको भनाइ छ। 

Xtrem

Xtrem

गाँजासहित आलम र निमेश पक्राउ परेपछि गाँजा तस्करीको पनि नयाँ रुट देखिएको छ। अमेरिकाबाट समेत पार्सलको नाममा गाँजा काठमाडौं ल्याएर यहाँबाट स्थलमार्ग हुँदै भारत पुग्ने गरेको पाइएको छ। 

पक्राउ परेका दुबै जनालाई प्रहरीले लागू औषध नियन्त्रण ऐनअन्तर्गतको कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १५:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३४ जिल्लामा आकस्मिक बाढीको जोखिम, १६ जिल्लामा उच्च जोखिम
झरीबीच १३ जिल्लामा कांग्रेसको क्षेत्रीय अधिवेशन, केन्द्रीय नेतादेखि युवासम्म मैदानमा
तिनाउको बाढीले बुटवलमा दुई घर बगायो, तीन घरमा क्षति
सम्बन्धित सामग्री
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरिएको स्रोतले जनाएको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय,... आइतबार, असोज ११, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेन्टभित्र लुकाएर ल्याइएको ५३५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ परेका छन्। बिहीबार, असोज ८, २०८३
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई यससम्बन्धी निर्देशन पठाएको छ। मन्त्रालयले सुरक्षा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
३४ जिल्लामा आकस्मिक बाढीको जोखिम, १६ जिल्लामा उच्च जोखिम आइतबार, असोज ११, २०८३
झरीबीच १३ जिल्लामा कांग्रेसको क्षेत्रीय अधिवेशन, केन्द्रीय नेतादेखि युवासम्म मैदानमा आइतबार, असोज ११, २०८३
तिनाउको बाढीले बुटवलमा दुई घर बगायो, तीन घरमा क्षति आइतबार, असोज ११, २०८३
होर्मुज जलडमरू खोल्न सर्त पूरा हुनुपर्ने इरानको अडान, कूटनीतिबाटै समाधान खोज्न आग्रह आइतबार, असोज ११, २०८३
मलङ्गवा सबस्टेसन डुबानमा, विद्युत् सेवा अवरुद्ध आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्