काठमाडौं- पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या बढ्दै गइरहेको छ। विगत १० वर्षको अवधिमा ५ लाख १३ हजार ६२ जनाले उच्च शिक्षा अध्ययनका लागि अनुमति पत्र (एनओसी) लिएका छन्।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सर्वेक्षण अनुसार २०६९ फागुनसम्मको अवधिमा ५ लाख १३ हजार ६२ जनाले वैदेशिक अध्ययन अनुमति लिएका छन।
आर्थिक वर्ष २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ बाहेक वर्षेनी वैदेशिक अध्ययन अनुमति पत्र लिने विद्यार्थीको संख्या बढ्दै गएको देखिन्छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार २०७०/०७१ मा २८ हजार १२६ जना, २०७१/७२ मा ३० हजार ७९७, २०७२/७३ मा ३७ हजार १४८ जनाले अध्यन अनुमतिपत्र लिएका छन।
त्यसैगरी २०७३/७४ मा ५० हजार ७९६,२०७४/ ७५ मा ५८ हजार ७५८,२०७५/७६ मा ६३ हजार ४१७ २०७६/७७ मा ३३ हजार १९६, २०७७/७८ मा २०७८/७९ मा १ लाख २५ हजार ०४ र २०७९/८० ७९ हजार ४३७ ले वैदेशिक उच्च शिक्षा अध्यनको लागि अनुमतिपत्र लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।