• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
पशुपति जग्गा

३१ रोपनी जग्गा गायब: खोजीको ‘प्रयास’मै नलागी हालसाबिक गर्न किन हतारिए मन्त्री किराती? 

64x64
नेपाल लाइभ आइतबार, जेठ १४, २०८०  १३:३६
1140x725

काठमाडौं– पशुपति विकास कोषको ३१ रोपनी जग्गा गायव भएको छ। यो जग्गा लामो समयदेखि विवादमा पनि पर्दै आएको थियो। 

पशुपति विकास कोष, पशुपति गुठी लगायतका नाममा रहेको जग्गा विभिन्न व्यक्तिहरुले आफ्नो नामको नक्कली श्रेस्ता बनाएर जग्गा भोगचलन गर्दै आएका छन्। 

नयाँ नियुक्त हुने संस्कृतिमन्त्री मध्ये हरेक जसोले यो जग्गा खोजी गर्ने बताउँछन्। तर अहिलेसम्म खोजी भने भएको छैन। 

विगतमा पनि पशुपति विकास कोषले जग्गा खोजीका लागि पटक पटक प्रयास भएको जनाएको छ। तर जग्गा कब्जा गरेका व्यक्तिले पहुँचका आधारमा चलखेल गर्दा जग्गा फिर्ता ल्याउने काम हुन सकेको थिएन्। 

हालसालै पशुपति विकास कोषको जग्गा हालसाबिक गर्न मालपोत कार्यालयलाई पत्राचार गर्ने निर्णय भएको छ। जग्गाको नयाँ नापी भइसकेपछि पुरानो श्रेस्तालाई खारेज गरेर नयाँ नापी अनुसारको श्रेस्ता कायम गर्नुलाई हालसाबिक भनिन्छ। हालसाबिक गर्नेसम्बन्धी निर्णयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र सदस्यसचिव मिलन थापाको हस्ताक्षर छ। 

पर्यटनमन्त्री किरातीको चासो र उनको सक्रियतामा उक्त जग्गा हालसाबिक गर्ने निर्णय भएको पशुपति विकास कोषका एक पदाधिकारीले जानकारी दिए। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को  २०७९ चैत १२ गते बसेको बैठकले नापीको विवरणअनुसार जग्गाको क्षेत्रफल ५०४ रोपनी ३ आना १ पैसा देखिएको हुँदा सबै प्रकारका कैफियत हटाइ हालसाबिक गरी पठाइदिन मालपोत कार्यालय चाबहिल काठमाडौंलाई पत्राचार गर्ने निर्णय गरेको छ। 

‘साबिकका कित्ताहरु भिडी नयाँ नापीमा कायम भएका उल्लेखित जग्गाहरू कोषका तत्कालीन परिषद् सदस्य भगवतिप्रसाद देवको संयोजकत्वमा गठित कार्यटोलीले २०७८ साउन २९ मा दिएको प्रतिवेदन बमोजिम नापीको विवरण अनुसार क्षेत्रफल ५०४–३–१–० देखिएको हुँदा सबै प्रकारका कैफियत हटाइ हालसाबिक गरी पठाइ दिन मालपोत कार्यालय चावहिल काठमाडौं कोषबाट पत्राचार गर्ने,’ कोषको निर्णयमा भनिएको छ। 

कोषअन्तर्गत सबै जग्गा खोजी गरेर मात्रै हालसाबिक गर्नुपर्ने, नभए कब्जा भएको जग्गा फिर्ता ल्याउन नसकिने परिषद्‌का केही सदस्यहरुको भनाइ थियो। तर मन्त्री किरातीले भने यो विवादलाई छिटो टुंग्याउनुपर्ने भन्दै अघि बढाउन निर्देश दिएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb
Pashupati_Jagga_Halsabik_Decission1685260013.jpg
जग्गा हालसाबिक गर्न मालपोत कार्यालयलाई पत्राचार गर्ने लगायतका सन्दर्भमा पशुपति क्षेत्र विकास कोषले गरेको निर्णय

कहाँ गयो जग्गा? 
पशुपति क्षेत्र विकास कोषसँग कुल  ५३५ रोपनी ३ आना जग्गा रहेको पुराना विवरणहरुमा उल्लेख छ। जसमध्ये हाल ५०४ रोपनी ३ आना र १ पैसा मात्रै जग्गा देखिएको छ। मन्त्री किराती बाँकी ३१ रोपनी जग्गाको खोजी गर्नुभन्दा हाल कायम देखिएको जग्गाको हालसाबिक गर्ने पक्षमा मात्रै देखिएका छन्।  

चैत १२ गते बसेको कोषको वैठकले काठमाडौ जिल्ला गोठाटारस्थित ५३५ रोपनी ३ आना जग्गा भएको कुरा स्वीकारक गरेको छ।

Pashupati_Gothataar_Jagga1685259019.jpg
काठमाडौंको गोठाटार क्षेत्रमा रहेको पशुपति क्षेत्र विकास कोषको जग्गा। तस्बिर: रासस

गोठाटारमा रहेको ५३५ रोपनी ३ आना साबिक जग्गाको सम्बन्धमा छलफल हुँदा कोषको नाममा रहेको साबिक गोठाटार ३ (क) कित्ता नम्बर ५९ को क्षेत्रफल १९–४–०–० को ट्रायल चेकबाट क्षेत्रफल १५–०–०–० (७६२९.०६) वर्गमिटर भै हाल नापीमा वार्ड नम्बर ३ सिट नम्बर १०६९–१५ कित्ता नम्बर १ र २ को क्रमशः क्षेत्रफल २१७१.०५, ५०९०.६६ वर्गमिटर जम्मा क्षेत्रफल ७२६१.७१ वर्गमिटर भै ३६७.८९ वर्गमिटर घटी हुन गएको परिषद्‌को निर्णयमा उल्लेख छ। 

साबिक गोठाटार ३(क) कित्ता नम्बर ८४ को क्षेत्रफल २०५–११–०–० को ट्रायल चेकबाट क्षेत्रफल १९५– ३–१–० (९९२८८.११ वर्गमिटर) भइ हाल नापीमा गोठाटार ३ सिट नम्बर १०६९–१५, १०७०–११ कित्ता नम्बर १, २, ६५, ६४, र ३ को कमश क्षेत्रफल ३१९४८.१५, ८२९.१५, ३४६८५.००, २७९०.००, ३४४६९.०० जम्मा क्षेत्रफल १०४७२१.३ वर्गमिटर भई ५४३३.१९ वर्गमिटर बढी हुन आएको निर्णयमा उल्लेख छ।  त्यस्तै, साबिक गोठाटार ४(क) कित्ता नम्बर ८० को क्षेत्रफल ३१०–४–०–० को ट्रायल चेकबाट क्षेत्रफल २९६– २–२–३ (१५०६४३ वर्गमिटर) कायम हुन आएको निर्णयमा उल्लेख छ। 

Xtrem

Xtrem

नयाँ नापीअनुसार गोठाटार ४ सिट नम्बर १०७०–०६, ११, १२, १७, १८, र २२ कित्ता नम्बर ७, १५, २६, ३, ४, २, १, २, ३, ४, १ र १ क्रमशः क्षेत्रफल ३३०.००, ३६७७७९८, ९५५.१८, १२६.२०, २०९.३५, ३०४५.१६, ५९३९०.००, ४७५.७५, ६२१३.००, १०४१.९०, १६८३६.००, १९१२५.०० वर्गमिटर जम्मा क्षेत्रफल १४४५२५.५ वर्गमिटर. मै ६११७.४८ घटी क्षेत्रफल हुन गएको निर्णयमा उल्लेख छ। यी जग्गाहरु कता गयो भनि खोजी नै नगरी हालसाबिकमा पठाउने निर्णय भएपछि यो कार्य शंकाकस्पद देखिएको हो। 

यसअघि ५३५ रोपनी ३ आना भएको जग्गा कसरी ३१ रोपनीमा घट्यो र हालका यी जग्गा कसरी उपभोग भइरहेका छन् भन्ने कुरा कोषको निर्णयमा उल्लेख छैन। प्राविधिक टोली गठन गर्दै छानबिन भइ जग्गाको खोजी गर्ने कार्यमा मन्त्रालयले पनि चासो नदिएपछि कोषले पनि वेवास्था गरेको हो। मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट यसको खोजीका लागि समिति गठन गर्न सक्ने भए पनि नगरेपछि कोषमार्फत् हालसाबिक अघि वढाउने निर्णय भएको देखिन्छ। 

कोषले जग्गा खोजी नगरेको सन्दर्भमा आम रुपमा प्रश्न उठ्ने ठाउँ देखिएपछि नपुग जग्गाका सम्बन्ध कोषको नाममा हालसाबिक हुनुपर्ने जग्गा खोजबिन गरी प्रतिवेदन दिन पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिवको संयोजकत्वमा कार्यटोली गठन गर्ने निर्णय गरेको छ। 

‘नेपाल सरकार मन्त्रिपरिषद् (तत्कालीन श्री ५ को सरकार)को २०४७/१/५ को निर्णय बमोजिम पशुपति क्षेत्र विकास कोषको नाममा प्राप्त भएको काठमाडौं जिल्ला गोठाटार स्थित ५३५–३–०–० साबिक जना मध्ये मालपोत कार्यालय चावहिलबाट चलानी नम्बर ४०९२ मिति २०७७/१०/२ मा साबिकभन्दा हाल अप्रत्यासित रुपमा जग्गा घटी देखिएको छ,’ निर्णयमा भनिएको छ, ‘यसरी घट्नुको कारण खोजी गर्न ट्रायल चेकसहित हालसाबिक विवरण खुलाइ पठाइ दिनुहुन भनि नापी कार्यालय चाबहिलमा पत्रचार गरिएको थियो।’ 

उक्त पत्रको जवाफमा नाफी विभागले २०७० फगाुन १८ गते ट्रायल चेकसहित हालसाबिक विवरण मालपोत कार्यालय चाबहिलमा पेस हुँदा नयाँ नापी विवरणअनुसार कुल ५०४–३–१–० देखिएको निर्णयमा उल्लेख छ। 

‘उक्त जग्गा हालसाबिक कायम गर्ने र नपुग जग्गाका सम्बन्धमा कोषको नाममा हालसाबिक हुनुपर्ने जग्गा खोजबिन गरी प्रतिवेदन दिन पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिवको संयोजकत्वमा कार्यटोली गठन गर्ने,’ कोषको निर्णयमा उल्लेख छ।  कोषले तेज विनायक उच्च माविको नाममा गएको जग्गा पनि आफ्नो नाममा ल्याउने निर्णय गरेको छ। 

संसद्‌मा आलोचना 
पशुपति विकास कोषको जग्गामा पर्यटनमन्त्री किरातीले शंकास्पद सक्रियता देखाएको भन्दै पूर्व पर्यटनमन्त्री प्रेमबहादुर आलेले पशुपतिको ३० रोपनी भन्दा धेरै जग्गा गायव बनाउने कार्य भइरहेको टिप्पणी गरे। उनले आफू हुँदा ५५३ रोपनीको पूर्जा भएको पाएको, तर अहिलेका मन्त्रीले भने ५०४ रोपनी मात्र हालसाबिक गर्न लागेको दाबी गरे। 

प्रधानमन्त्री पशुपति विकास कोषको संरक्षक भएकोले अलिकति तलमाथि भएपनि आफूले नछोड्ने आलेले चेतावनी दिए। 

विभिन्न व्यक्तिले अतिक्रमण गरेको जग्गा आफूले फिर्ता ल्याउन पनि प्रयास गरेको, तर धेरै चलखेलका कारण सम्भव नभएको र पार्टी नेतृत्वले पनि तत्कालीन अवस्थामा असहयोग गरेको आलेले दाबी गरे। 

‘मेरो पालामा पनि यो जग्गा हालसाबिक गर्न निकै दबाब आएको थियो। मैले सबै जग्गा नभइ गर्दिनँ भने,’ उनले भने ‘जबसम्म ५३४ रोपनी पुरापुर हुँदैन तबसम्म हालसाबिक हुँदैन भनेर सदस्यसचिवलाई फर्काइदिएँ।’ 

गोठाटारस्थित पशुपतिको जग्गाा अतिक्रमण गरेर बसेकाहरूलाई हटाउन आफूले डोजर समेत लगाउन खोजेको, तर पार्टीका केही ‘दूरदर्शी’ नेताहरूले अहिले चुनाव छ केही नगरौँ भनेपछि आफू पछि हटेको आलेले उल्लेख गरे। ‘अहिले मन्त्रीले ३० रोपनी जग्गा नै छोडेर हालसाबिक गर्ने निर्णय गरेको सुनेको छु,’ उनले भने, ‘यो कुनै पनि हालतमा मान्य हुने कार्य हैन।’

मन्त्री किरातीले पशुपतिको जग्गा हालसाबिक गर्दा अनियमितता गरेको विषय पनि अहिले सामाजिक सञ्जालमा उठेको छ। खास गरेर नेकपा एमालेसमर्थित नेता/कार्यकर्ताहरुले किरातीले अनियमितता गरेको भन्दै आलोचना गरिरहेका छन्

मन्त्री किरातीले आफूविरुद्ध लागेको आरोपबारे सामाजिक सञ्जालबाट नै जवाफ दिएका छन्। ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरु बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन,’ किरातीले सामाजिक सञ्जालमा लेखेका छन्। 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १३:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नारायणी नदीमा बाढीको उच्च जोखिम, चितवन र नवलपरासीका होचा क्षेत्रमा सतर्कता अपनाउन आग्रह
भोटेकोशी बाढीपीडितलाई अमेरिकाबाट २ लाख २६ हजार डलर सहयोग
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा
सम्बन्धित सामग्री
नारायणी नदीमा बाढीको उच्च जोखिम, चितवन र नवलपरासीका होचा क्षेत्रमा सतर्कता अपनाउन आग्रह नारायणी नदीमा जलसतह खतरा तहभन्दा निकै माथि पुगेपछि चितवन र नवलपरासीका नदी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रमा बाढीको उच्च जोखि... आइतबार, असोज ११, २०८३
भोटेकोशी बाढीपीडितलाई अमेरिकाबाट २ लाख २६ हजार डलर सहयोग भोटेकोशी बाढीबाट प्रभावित पीडितका लागि अमेरिकामा रहेका तीन नेपाली संस्थाले २ लाख २६ हजार अमेरिकी डलर राहत सहयोग हस्तान्तरण गरेका छन्... आइतबार, असोज ११, २०८३
आजदेखि सोह्र श्राद्ध सुरु प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आइतबारदेखि सुरु भएको छ। आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
नारायणी नदीमा बाढीको उच्च जोखिम, चितवन र नवलपरासीका होचा क्षेत्रमा सतर्कता अपनाउन आग्रह आइतबार, असोज ११, २०८३
भोटेकोशी बाढीपीडितलाई अमेरिकाबाट २ लाख २६ हजार डलर सहयोग आइतबार, असोज ११, २०८३
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा आइतबार, असोज ११, २०८३
आजदेखि सोह्र श्राद्ध सुरु आइतबार, असोज ११, २०८३
लगातार वर्षापछि देशभरका दर्जनौं सडकखण्डमा आवागमन बन्द, ठाउँ–ठाउँमा पहिरो आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्