काठमाडौं– माछा मार्ने क्रममा फेवातालमा डुबेर एक जनाको मृत्यु भएको छ। शनिबार अपरान्ह ४ बजेतरि पोखरा महानगरपालिका–१३ खपौदीस्थित फेवा तालमा माझा मार्ने क्रममा ६३ वर्षीय पुरुषको मृत्यु भएको हो।
मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुक घर भइ पोखरा महानगरपालिका–१० चाउथे बस्ने ६३ वर्षीय मिन गुरुङ रहेका छन्।
उनको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो। उनी डुबेर बेपत्ता भएको खबर पाउनेबित्तिकै वडा प्रहरी कार्यालय बदामबाट प्रहरी निरीक्षकको कमाण्डमा उद्धार टोली र सशस्त्र प्रहरी बलको टोलीसमेत खोजतलासमा जुटेको थियो।
उनी शनिबार बेलुका सवा सात बजेतिर मृत अवस्ठामा फेला परेका थिए। उनको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।