काठमाडौं– सामाजिक सञ्जालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका छोरी तथा भरतपुर महानरपालिकाकी मेयर रेणु दाहालको चरित्र हत्या गरेको भन्दै एक युवाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ।
प्रहरीको केन्द्रीय साइबर ब्यूरोले चितवनको राप्ती नगरपालिका–९ का ३० वर्षीय विजय लामा भनिने डम्बरबहादुर तामाङविरुद्ध मुद्दा चलाएको हो। उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा चलाइएको छ।
विजय लामाले आफ्नो टिकटक आइडीबाट अन्य मान्छेको तस्बिरमा प्रचण्डको टाउको जोड्दै ‘प्रचण्ड छोटे भाइ मन्त्री पद खोसिएपछि चप्पल हरायो’ लेख्दै चरित्र हत्या गरिएको साइबर ब्यूरोले जनाएको छ।
लामाले नै रेणु दाहालको समेत चरित्रहत्या गरेको साइबर ब्यूरोले जनाएको छ। ‘रेणु दाहाल पोइला जाने तयारीमा छ, मेरो चप्पल हरायो’ शब्द लेख्दै रेणको तस्बिर राखेर टिकटकमा भिडियो हाल्दै चरित्रहत्या गरिएको साइबर ब्यूरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।