• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कञ्चनपुरमा पाँच घण्टाका लागि हटाइएको कर्फ्यू पुनः सुचारु

64x64
नेपाल लाइभ आइतबार, भदौ १०, २०७५  ०४:४४
1140x725

कञ्चनपुर– कञ्चनपुरमा पाँच घण्टाका लागि हटाइएको कर्फ्यू पुनः सुचारु भएको छ। आज बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यू हटाइएको थियो।

आज रक्षाबन्धन तथा स्थानीयहरुलाई किनमेलका लागि भनेर कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार बिहान १० बजेदेखि पुनः कर्फ्यू सुचारु भएको छ।

कर्फ्यूका क्रममा हिँड्डुल गर्न, भेला हुन, सवारी चलाउन, व्यापारव्यवसाय सञ्चालन गर्नेलगायतका काम गर्न पाइँदैन। यस अवस्थामा प्रशासनको अनुमतिबीना तथा शंकाष्पद कार्य गरेको भेटिएमा प्रहरीले तत्कालै कारबाही गर्न पाउने अधिकार हुन्छ।

तर अत्यावश्यक बाहन अन्तर्गत एम्बुलेन्स तथा मलामी बोकेका सवारीलाई भने कुनैपनि रोकतोक नगरिने प्रहरीले जनाएको छ।

भीमदत्त नगरपालिका–२ खोल्टीकी निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन उग्र बनेपछि नगर क्षेत्रमा शुक्रबार साँझ ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको थियो। 

५ घण्टाका लागि कर्फ्यू हटाइएपछि रक्षाबन्धनका लागि सामग्री खरिद गर्नेको बजार क्षेत्रमा भीड लागेको थियो। नगरक्षेत्रमा सवारी साधनहरुको पनि चहलपहल बढेको थियो। यसबीचमा भीमदत्त नगरपालिका बजार क्षेत्रको अवस्था समान्य रहेको बताइएको छ।

सरकारले शनिबार बेलुका कञ्चनपुर घटनाका मृतक सन्नी खुन्नालाई सहिद घोषणा गरेको थियो। साथै घटनामा ज्यान गुमाएको खुन्नाको परिवार तथा बलात्कार गरी हत्या गरिएकी बालिका निर्मला पन्तको परिवारलाई पनि १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो। सोही घटनाको विरोधमा भएको प्रदर्शनमा प्रहरीको गोली लागि खुन्नाको शुक्रबार मृत्यु भएको थियो। बैठकले आन्दोलनका क्रममा घाइते भएकाहरूकोे निःशुल्क उपचार गर्नेसमेत निर्णय पनि गरेको छ।

घटनाको छानबिन गर्न बनाइएको छानबिन समितिलाई समिति गठन भएपछिको घटनाको छानबिन गर्न पनि अख्तियारी दिने निर्णय भएको छ । 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैगरी निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको अनुसन्धानमा लापरबाही गरेको आरोपमा गृह मन्त्रालयले एसपी दिल्लीराज बिष्टलाई निलम्बन गर्ने निर्णय गरेको छ।

शनिबार मन्त्रालयले यस्तो निर्णय गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए। छानबिन अवधिभरका लागि निलम्बन गर्ने निर्णय भएको हो। एसपी बिष्टलाई दुई दिनअघि कञ्चनपुरबाट हटाइएको थियो। स्रोतका अनुसार प्रारम्भिक प्रतिवेदनका आधारमा अनुसन्धानमा प्रहरीको गम्भीर लापरबाही रहेको देखिएपछि एसपी बिष्टलाई निलम्बन गरिएको हो।

मन्त्रिपरिषद् बैठकले डिएसपी ज्ञानबहादुर सेठी र इन्सपेक्टर एकेन्द्र खड्कालाई मुख्यालय तान्नेसमेत निर्णय गरेको थियो। 

निर्मलाको बलात्कार तथा हत्यामा उनका निकट व्यक्तिको संलग्नताको आशंका गरिएको छ। प्रहरीले पन्तको बलात्कार तथा हत्या आरोपमा स्थानीय दिलीपसिंह बिष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।

Xtrem

Xtrem

तर, घटनामा उनको संलग्नताको प्रमाण दिन सकेको छैन। गृहले सहसचिवको नेतृत्वमा जिल्लामा छानबिन टोली पठाइसकेको छ।

गत साउन १० गते साथी रोशनी बमको घरमा पढ्न जाँदा निर्मलाको हत्या भएको थियो। प्रहरीले रोशनीलाई शनिबार मात्र पक्राउ गरेको छ। सुरुदेखि नै प्रहरीले शंकास्पद व्यवहार देखाएको भन्दै स्थानीय प्रहरीप्रति आक्रोशित भइरहेका छन्।  

प्रकाशित मिति: आइतबार, भदौ १०, २०७५  ०४:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलवायु न्यायमा आर्थिक अवसर समेट्न ज्ञवालीको जोड
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन
बाढी प्रभावित बालबालिका र जोखिममा रहेका नागरिकको संरक्षणमा सरकार गम्भीर छ : मन्त्री बादी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जलवायु न्यायमा आर्थिक अवसर समेट्न ज्ञवालीको जोड बिहीबार, असोज ८, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
बाढी प्रभावित बालबालिका र जोखिममा रहेका नागरिकको संरक्षणमा सरकार गम्भीर छ : मन्त्री बादी बिहीबार, असोज ८, २०८३
कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा बिहीबार, असोज ८, २०८३
वर्षा भएसँगै जोखिमयुक्त क्षेत्र र विद्यालयहरूमा काठमाडौं महानगरको निगरानी तीव्र बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्