• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ३०, २०८२ Thu, Oct 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

मोटरसाइकल चालक: दुर्घटनाबाट कसरी जोगिने? 

64x64
नेपाल लाइभ शुक्रबार, जेठ १२, २०८०  ११:०१
1140x725
प्रतिकात्मक तस्बिर

काठमाडौं– सरकारी तथ्याङ्कअनुसार नेपालमा सवारी दुर्घटनाका कारण हरेक वर्ष सरदर २ हजार बढी मानिसको मृत्यु हुन्छ। र, पछिल्लो समय नेपालमा सवारी दुर्घटनाको तथ्याङ्क झन् कहालीलाग्दो तरिकाले बढेको छ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार देशभर गरेर वार्षिक ३५ हजारदेखि ४० हजारसम्म सवारी साधन दुर्घटनामा पर्छन्। दुर्घटनामा परेका सवारीसाधनमध्ये झण्डै आधा संख्या मोटरसाइकलको रहेको तथ्याङ्क छ। 

आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा ३९ हजार ३७९ वटा सवारीका साधन दुर्घटना परे। जसमध्ये मोटरसाइकलको संख्या १९ हजार ९७४ रहेको प्रहरीको तथ्याङ्क छ। 

त्यसो त नेपालमा अरु सवारीको तुलनामा मोटरसाइकलको संख्या बढी छ। र, प्रयोग पनि मोटरसाइकलको नै बढी हुने भयो। 

बाध्यात्मकदेखि रोमाञ्चक यात्राका लागि मोटरसाइकलको प्रयोग भइरहेको हुन्छ। सँगै यसको दुर्घटनाको जोखिम पनि बढी नै हुन्छ। 

यो पनि पढ्नुहोस

सडक दुर्घटनाको महामारी: विवाह, व्रतबन्धका सवारी साधनको अनुगमन कसले गर्ने?

भनिन्छ दुर्घटनाबारे पूर्वानुमान गर्न सकिँदैन। तर, सावधानी अपनाइयो भने अवश्य नै दुर्घटनाबाट बच्न सकिन्छ। यहाँ केही सावधानीका टिप्सहरु उल्लेख गरिएको छ, जसलाई अपनाउँदा मोटरसाइकल दुर्घटनाबाट बच्न सकिन्छ। 

सीमित गति
जोखिमपूर्ण ग्रामिण क्षेत्रमा मात्र होइन, शहरी क्षेत्रका चिल्ला सडकमा हुने दुर्घटनामा पनि मोटरसाइकलको संख्या अगाडि नै आउँछ। त्यसको प्रमुख कारण ओभरस्पडिङ भएको पनि विभिन्न अध्ययनबाट देखाएको छ। 

तीव्र गतिमा चलाउँदा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको धेरै उदाहरणहरु छन्। केही दिन अगाडि मात्रै बिजुलीको पोलमा ठोक्किँदा पोखरामा मोटरसाइकल दुर्घटना भयो र १ जनाको ज्यान गयो। प्रहरीका अनुसार तीव्र गतिको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो। 

Ncell 2
Ncell 2

सडकको अवस्थाअनुसार आफ्नो स्पिड निर्धारण गर्नु उपयुक्त हुन्छ। खाल्डाखुल्डीयुक्त सडकमा उच्च गतिमा मोटरसाइकल हाँक्दा दुर्घटनाको जोखिम बढी हुन्छ। अहिले देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सिजन छ। वर्षा भएर सडक चिप्लो हुन्छ, जसले गर्दा दुईपाङ्ग्रे सवारीसाधन चिप्लिएर दुर्घटना हुने जोखिम पनि हुन्छ। 

शहरी क्षेत्र तथा राजमार्गमा सरकारले नै स्पिड लिमिट तोकेको हुन्छ। तोकिएको स्पिड लिमिटको पालना गरेर, उपयुक्त गतिमा मोटरसाइकल चलाउँदा दुर्घटनाबाट बच्न सकिन्छ। 

ब्रेकिङ सिस्टम
सवारी साधनको गतिलाई नियन्त्रणमा लिन ब्रेकको प्रयोग गर्नुपर्छ। तर आफ्नो सवारीको ब्रेकिङ सिस्टम कस्तो छ, कस्तो प्रकारका ब्रेकहरु प्रयोग भएका छन् भन्ने पनि सवारी (मोटरसाइकल) चालकले ध्यान पुर्‍याउनुपर्छ। 

केही मोटरसाइकलमा अगाडि र पछाडि नै ड्रम ब्रेक हुन्छ भने केहीमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक हुन्छ। केहीमा भने अगाडि र पछाडि नै डिस्क ब्रेक हुन्छ। अहिले धेरैजसो मोटरसाइकल कम्पनीले एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस) पनि प्रयोगमा ल्याएका छन्। सिंगल च्यानल र डबल च्यानल एबीएसको सुविधासहित मोटरसाइकलहरु उपलब्ध छन्। 

खास गरेर पिच सडकका लागि एबीएस सिस्टम ब्रेकिङका लागि धेरै राम्रो मानिन्छ। कच्ची र हिलाम्य सडकहरुमा भने यसले त्यति धेरै प्रभावकारी काम नगरेको अनुभव पनि राइडरहरुले सुनाउने गर्छन्। मोटरसाइकलबाट लामो दूरीको यात्रा गर्नु छ भने आफ्नो साधनको ब्रेकिङ सिस्टम, त्यसको प्राविधिक पक्षबारे पहिले नै चेक–जाँच गरेर यात्रा सुरु गर्दा सुरक्षित भइन्छ। 

सिटी तथा नियमित राइडिङमा मोटरसाइकलको प्रयोग गर्ने चालकले पनि समय–समयमा आफ्नो ब्रेकिङ सिस्टमको परीक्षण र त्यसले उपयुक्त तरिकाले काम गरे, नगरेकोबारे जाँच गरिरहनु पर्छ।  

ह्यान्डलिङ
मोटरसाइकल चालकले अर्को ध्यान पुर्‍याउनुपर्ने पक्ष हो, सवारीको ह्यान्डल तथा ह्यान्डलिङ। सही तरिकाले ह्यान्डलिङ गर्न सकिएन भने मोटरसाइकललाई नियन्त्रणमा लिन सकिँदै। उकाली–ओराली तथा घुम्तीहरु भएको पहाडी क्षेत्रको सडकमा त ह्यान्डलिङ बिग्रिँदा दुर्घटना हुने सम्भावना धेरै हुन्छ। 

ह्यान्डलिङसँगै मोटरसाइकलमा गियर सिफ्टिङ र ब्रेकिङको पनि अनुपात मिलाउनुपर्छ हुन्छ। साथै जथाभावी ओभरटेक, गलत क्षेत्र (रङ साइड)बाट ओभरटेकिङ गर्दा पनि दुर्घटना हुने सम्भावना हुन्छ। 

ह्यान्डलको पोजिसनले पनि ह्यान्डलिङमा असर पारिरहेको हुन्छ। अहिले आफ्नो हाइट तथा सुविधाअनुसार ह्यान्डिल राइज वा डाउन गर्ने विकल्प पनि उपलब्ध छ। तर त्यसका लागि नेपालमा तोकिएको कानुनी मापदण्ड भने पालना गर्नुपर्छ। 

हेल्मेटको प्रयोग
दुर्भाग्यवस दुर्घटना भइहालेमा पनि हेल्मेटको प्रयोगले गम्भीर चोट र मृत्युको जोखिमलाई केही कम गर्छ। मोटरसाइकल दुर्घटनामा हुने मृत्युमध्ये धेरैजसो हेल्मेटको प्रयोग नगरेको तथा सही तरिकाले प्रयोग नगरेका कारण हुने गरेको पनि अध्ययनहरुले देखाएका छन्। 

सँगै गुणस्तरीय हेल्मेटको प्रयोग पनि अनिवार्य नै हुन्छ। नेपालमा उत्पादन हुने हेल्मेटहरुको गुणस्तर तथा नापतौल विभागले गुणस्तर परीक्षण गरेर सर्टिफाइ गरेको हुन्छ। विदेशबाट आयात हुने हेल्मेट पनि गुणस्तर परीक्षण गरिएका हुन् वा होइनन् भन्ने यकिन गरेर मात्रै खरिद गर्नुपर्छ।  

अहिले हेल्मेटलाई दुर्घटना भएको अवस्थामा चोटबाट बचाउने मात्रै होइन, दुर्घटनाबाटै जोगाउने साधनका रुपमा पनि लिइन्छ। त्यसका लागि केही विशेषतायुक्त हेल्मेटहरु हुन्छन्। जस्तै, पानी परेका बेला एन्टिफग भाइजरयुक्त हेल्मेटको प्रयोग गर्दा त्यसले सुरक्षित र सहज राइड गर्न सकिन्छ। यस्तै, रातिको समयमा राइड गर्नलाई नाइटभिजन भाइजर भएको हेल्मेट उपयुक्त हुन्छ। 

यो पनि पढ्नुहोस

लाइसेन्स नभएका चालकले गराएको दुर्घटनाबारे सर्वोच्चको नयाँ व्याख्या: दुई पाङ्ग्रेको हकमा लापरबाही नहुने

मोटरसाइकल चालकले आफ्नो साधनको इन्जिनको अवस्था, चेन स्पोकेट, टायर र टायरमा हावाको अवस्थाबारे पनि ध्यान दिनुपर्छ। राइडका दौरान आफूले कुनै समस्या भोग्नुपरेको छ भने सर्भिसिङका बेला आफ्नो मेकानिकलाई त्यसबारे जानकारी गराउनुहोस्। 

इन्जिनको केयरिङका लागि गुणस्तरीय मोबिल तथा इन्जिन आयलहरु मात्रै प्रयोग गर्नुहोस्। इन्धन भर्दा ट्याङ्कीको मुखसम्मै पुग्ने गरी नभर्नुहोस्। अन्यावश्यक रुपमा गरिने मोडिफिकेसनले पनि मोटरसाइकल दुर्घटनाको जोखिम बढाएको हुन्छ। कानुनी मापदण्ड भित्र रहेर, सवारी निर्माता कम्पनीले गर्ने सिफारिसका आधारमा मात्रै आफ्नो मोटरसाइकलमा अत्यावश्यक भए मात्रै अतिरिक्त टुलहरुको प्रयोग गर्नुहोस्।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ११:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो
अस्ट्रेलियाका डार्शी एनपीएलमा लुम्बिनी लायन्समा आवद्ध
सरकारले फिर्ता बोलायो चीन, अमेरिकासहित १० देशका राजदूत
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
अस्ट्रेलियाका डार्शी एनपीएलमा लुम्बिनी लायन्समा आवद्ध बिहीबार, असोज ३०, २०८२
सरकारले फिर्ता बोलायो चीन, अमेरिकासहित १० देशका राजदूत बिहीबार, असोज ३०, २०८२
सहकारी ठगहरु सुनका घडी लगाउँछन्, नक्कली डिभोर्स गरेर बस्छन्– प्रधानमन्त्री कार्की बिहीबार, असोज ३०, २०८२
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
अमेरिकाबाट फर्किए स्वर्गीय विपीन जोशीका आमा र बहिनी, विमानस्थलमै लिन पुगे इजराली राजदूत बिहीबार, असोज ३०, २०८२
नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकपमा बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्