• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

लाइसेन्स नभएका चालकले गराएको दुर्घटनाबारे सर्वोच्चको नयाँ व्याख्या: दुई पाङ्ग्रेको हकमा लापरबाही नहुने

64x64
नेपाल लाइभ सोमबार, जेठ ८, २०८०  ११:०३
1140x725

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिएका चालकले गराएको दुर्घटनाको सन्दर्भमा सर्वोच्च अदालतले नयाँ व्याख्या गरेको छ। सर्वोच्च अदालतले दुई पाङ्ग्रेका चालकको अनुमतिपत्र (लाइसेन्स) नहुँदा पनि सवारी चलाएर दुर्घटना भए त्यसलाई ‘लापरबाही’ मान्न नसकिने नजिर स्थापना गरेको हो। 

५ जना न्यायाधीश सम्मेलित सर्वोच्चको बृहत् पूर्ण इजलासले गरेको व्याख्यासम्बन्धी पूर्णपाठ सोमबार सार्वजनिक भएको छ। न्यायाधीशहरु विश्वभरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सुष्मालता माथेमा ,कुमार रेग्मी र मनोजकुमार शर्माको इजलासले चार पाङग्रे सवारी साधनको हकमा लाइसेन्स नभए लापरबाही, हुने तर मोटरसाइल, स्कुटरजस्ता (दुई पाङ्ग्रे) साधनमा अवस्था हेरेर मात्र निर्णय गर्नुपर्ने व्याख्या गरेको हो। 

लाइसेन्स नभएको विवादससम्बन्धी एक मुद्दाको फैसलामा सर्वोच्चले दुई पाङ्ग्रेस सवारी चालकले कुन अवस्थामा सवारी चलाएको हो, चालकको गल्ती थियो कि थिएन जस्ता विविध पक्षमा पनि विचार पुर्‍याउनुपर्ने भनेर व्याख्या गरेको छ। 

लमजुङका दीपक तामाङले लाइसेन्स नभएको अवस्थामा सवारी चलाउँदा १ जना यात्रुको मृत्यु भएपछि सुरु भएको विवादसम्बन्धी मुद्दामा सर्वोच्चका ५ न्यायाधीशको इजलासले थप व्याख्या गर्दै नयाँ नजिर स्थापित गरेको हो। सवारी चालक अनुमति नभएका तामाङले चलाएको सवारीले ठक्कर दिएर मानिसको मृत्यु भएपछि सरकारले उनीविरुद्ध १० वर्षसम्मको कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो। 

तामाङ आफूले सवारी चालक अनुमतिपत्र नलिए पनि नियतवस ठक्कर नदिएको र यात्रुले नै गलत रुपमा ठक्कर दिएका कारण दुर्घटना भएको दाबी गरेका थिए। उनलाई जिल्ला अदालतले ६ महिना कैद र २ हजार जरिवाना गरेको थियो। उक्त निर्णयलाई चुनौती दिँदै सरकारी पक्षले उच्च हुँदै सर्वोच्चसम्म पुनरावेदन गरेको थियो। सर्वोच्चमा पनि सुरुमा राय बाझिएपछि पूर्ण इजलासमा व्याख्याका लागि पुगेको थियो। उक्त विवादलाई सर्वोच्चले  फागुन १८ गते फैसला सुनाउँदै जिल्लाको निर्णय सदर गरेको थियो। 

उक्त विवादको पूर्णपाठ सार्वजनिक भएसँगै अब सवारी कसुरमा दुई पाङग्रे सवारी चालकको हकमा लापरबाहीको सजाय अवस्था हेरेर मात्र हुने भएको छ। 

यातायात व्यवस्था ऐनको दफा १६१ (२) को कानूनी व्यवस्था बमोजिम मानिस मर्न सक्छ भन्ने ठूलो सम्भावना रहेको कुरा जानिजानी वा लापरबाही गरी सवारी चलाएकोमा सवारी दुर्घटना भइ ज्यान मरेको भएमा सो व्यवस्था आकर्षित हुने सर्वोच्चको पूर्णपाठमा उल्लेख छ। 

‘ऐनको दफा १६१(२) अनुसारको कसुर स्थापित हुन सवारी चालकले कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देख्दादेख्दै पनि अपनाउनुपर्ने सतर्कता नअपनाइ लापरबाही र हेलचेक्र्याइँपूर्ण तरिकाले सवारी चलाएको हुनुपर्दछ,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘यसमा चालकलाई आफूले चलाएको सवारी साधन दुर्घटना भए मानिस मर्न सक्छ भन्ने पूर्व आभास भएको हुन सक्छ र त्यस्तो आभास हुँदाहुँदै जोखिम उठाइ सवारी चलाएको कारणले दुर्घटना गराइ सोही कारणले मानिस मृत्यु भएको हुन्छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

ऐनको उक्त व्यवस्था कार्यान्वयन हुनसक्ने अवस्थाबारे सर्वोच्चले फैसलामा थप भनेको छ, ‘यस अवस्थामा प्रतिवादीलाई मैले यसरी चलाएको सवारीबाट कुनै बेला दुर्घटना हुन सक्छ भन्ने परिणामको सम्भावनाको पूर्व आकलन एवम् ज्ञान हुने भए परिणाम दुर्घटना नै हुन सक्छ भन्ने निश्चितता हुँदैन। तर चालकको लापरबाहीले दुर्घटना हुन सक्ने सम्भावनाको अवस्था भने रहेको हुन्छ।’ 

यस्तै, ऐनको दफा १६१(३) मा ‘कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई १ वर्षसम्म कैद वा २ हजार रूपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ’ भन्ने व्यवस्था रहेको भन्दै सर्वोच्चले यो व्यवस्थाले कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको र सामान्य अवस्थामा सावधानीपूर्वक सवारी चलाउँदा भएको दुर्घटनालाई समेटेको फैसलामा उल्लेख गरेको छ। 

ऐनको दफा १६१(१), १६१(२) र १६१(३) को कानूनी व्यवस्था सवारी दुर्घटना भइ मानिसको मृत्यु हुन गएको अवस्थामा आकर्षित हुने देखिएको, तर उक्त कानुनअनुसारको कसुरमा फरक–फरक परिस्थिति र कसुरको प्रकृति चित्रण गरिएको फैसलामा उल्लेख छ। 

चालक अनुमतिपत्र नभएका व्यक्तिलाई सवारी धनीले सवारी चलाउन दिन हुँदैन, दिएमा दुर्घटना भई मानिसको मृत्यु हुन गएमा त्यस्ता सवारी धनीलाई २ वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको फैसलामा उल्लेख छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘यसरी चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाउन नहुने र सवारी धनीले त्यस्ता व्यक्तिलाई चलाउन दिन पनि नहुने कानुनी व्यवस्था स्पष्ट रहेको छ। चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाएर दुर्घटना भइ मर्न गएको अवस्थामा कसुरको गम्भीरता बढी नै हुने कुरामा दुईमत हुने देखिएन,’ पूर्णपाठमा भनिएको छ, ‘विशेष गरेर मोटरसाईकल (दुई पांग्रे) चालकको हकमा यदाकदा अपवादको रुपमा दुर्घटना हुँदाको बखत भएका घटना, परिस्थिति ईत्यादी कारक तत्वलाई पनि न्यायकर्ताले विचार गर्नुपर्ने हुन्छ। किनकि दफा १६१(२) मा प्रयुक्त शब्दावलीलाई घटनाको सोही परिस्थितिसँग जोडेर दुर्घटनाको बारेमा न्यायिक निष्कर्षमा पुग्न गएमानै न्यायोचित हुने हुन्छ।’ 

सवारी साधन चलाउनेको सतर्कता भिन्न भिन्न मापदण्डमा हुनुपर्ने भनी व्याख्या भएको कुरालाई हेक्का राख्नु पर्ने फैसलामा भनिएको छ। 

‘फौजदारी कानुनको व्याख्या गर्दा फौजदारी दायित्व वहन गराउने गरी विधायिकाले निर्माण गरेको कानूनमा रहेका प्रमुख शब्दले ग्रहण गरेको सोझो अर्थ आउने गरी गर्नुपर्दछ। कुनै कार्यलाई अपराधीकरण गर्ने र सोअनुसार सजाय तोक्ने निरपेक्ष अधिकार विधायिकाको हो। अदालतले व्याख्याको माध्यमबाट त्यसलाई हेरफेर गर्न सक्दैन,’ पूर्णपाठमा भनिएको छ, ‘ऐनको दफा १६१(४) मा चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाई उपदफा (१) वा (२) बमोजिमको कसुर गरेमा सोही उपदफा बमोजिम हुने सजायमा थप २ हजार रूपैयाँ समेत जरिबाना हुनेछ भन्ने कानूनी व्यवस्था रहेको छ।’ 

उक्त कानुनी व्यवस्थाअनुसार सवारी चालक अनुमतिपत्र बिना सवारी चलाइ भएको दुर्घटनाबाट ऐनको दफा १६१(१) वा (२) बमोजिमको कसुर कायम भएमा त्यस्तो कसुरदारलाई दफा १६१(१) वा (२) बमोजिम हुने सजायमा उक्त उपदफा (४) बमोजिको थप सजाय हुने अवस्था रहेको फैसलमा उल्लेख छ। 

सवारी साधन चलाउने चालकले अनिवार्य रुपमा त्यस्तो सवारी चालक अनुमतिपत्र लिएको हुनुपर्ने र सोही कानुनी व्यवस्थाको आधारमा पूर्ण इजलासबाट सवारी चालक अनुमतिपत्र लिनुपर्ने कानुनी व्यवस्था भएको अवस्थामा सवारी चालक अनुमतिपत्र बिना सवारी चलाइ दुर्घटना हुन गएमा लापरबाही मानिने  यसअघि अदलतबाट ब्याख्या भएको थियो। 

‘यसअघि पूर्ण इजलासबाट कानुनले सवारी चालक अनुमतिपत्र अनिवार्य गरेकोमा चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाइ दुर्घटना भएमा स्वतः लापरबाही हुने भनी व्याख्या भएको सन्दर्भमा दुईपांग्रे मोटरसाईकल बाहेक अन्य सार्वजनिक तथा निजी सवारीको हकमा उक्त व्याख्यासँग असहमत हुनुपर्ने देखिँदैन,’ पूर्णपाठमा भनिएको छ, ‘तर कहिलेकाँही दुईपांग्रे सवारी साधन अति आवश्यक परेको अवस्थामा सावधानीपूर्वक चलाउँदा चालकको कारणले भन्दा पनि अन्य कुनै कारणले दुर्घटना हुन गएमा त्यस्तो दुर्घटनाको अवस्था र सवारी चलाउनु पर्ने बाध्यात्मक सन्दर्भ समेतका आधारमा न्यायकर्ताले न्यायिक विवेकको प्रयोग गरी उचित न्याय प्रदान गर्नुपर्ने हुन्छ।’ 

सवारी दुर्घटना सम्बन्धमा खासगरी मोटरसाईकल जस्तो व्यक्तिगत सवारी साधन चलाउने र सार्वजनिक भारी सवारी साधन चलाउनेको सतर्कता भिन्नभिन्न मापदण्डका हुनुपर्ने भन्ने सर्वोच्चको फैसलामा उल्लेख छ। 

‘सवारी चालक अनुमतिपत्र नलिएको व्यक्तिले सवारी साधन चलाएको, तर कुनै दुर्घटना नभएको अवस्थामा ऐनको दफा ४५ को कसुर हुने र उक्त कसुरवापत दफा १६० (२) को खण्ड (ख) बमोजिम जरिबाना हुने अवस्था देखिन्छ,’ पूर्णपाठमा भनिएको छ, ‘त्यसरी सवारी साधन चलाइ दुर्घटना नभएको अवस्थामा स्वतः लापरबाही भएको भन्ने अर्थ गर्न सकिने देखिँदैन। कानुनले अनिवार्य गरेको व्यवस्थाको उलंघन गर्नु कानूनको उलंघन गरेको मानिन्छ।’ 

सर्वोच्चले नियमितभन्दा बाध्यात्मक र आकस्मिक अवस्थालाई एउटै रुपमा हेरेर सजाय गर्न नमिल्ने भनेको छ। 

‘सवारी चलाउनु पर्ने अति आवश्यक परेको र बाध्यात्मक अवस्थामा सतर्कता अपनाइ कुनै गल्ती नगरी होशियारीपूर्वक दुईपांग्रे सवारी चलाएको अवस्थामा परिस्थितिवस वा अन्य व्यक्तिका कारण दुर्घटना हुन गएमा लापरबाही नै हो भनी कसुर कायम गर्दा न्यायिक विवेकको प्रयोग सही तवरले भएको मान्न मिल्ने देखिँदैन,’ पूर्णपाठमा भनिएको छ, ‘वस्तुतः दुईपाङ्ग्रे सवारीको हकमा उल्लिखित अवस्थामा सवारी चलाएको रहेछ भने अपवादको रुपमा दुर्घटनाको समग्र परिस्थितिको मुल्यांकन गरी कानूनी व्यवस्थाको प्रयोग गरिनु नै न्यायोचित हुने देखिन्छ।’

सर्वोच्चको फैसलाको पूर्णपाठ:

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ११:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तातोपानी नाका तीन दिनका लागि खुल्ने
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने
हानी नोक्सनी कोषको आकस्मिक बैठक कात्तिक ५ गतेका लागि बोलाइयो, रसुवा बाढी मुख्य एजेण्डा
सम्बन्धित सामग्री
तातोपानी नाका तीन दिनका लागि खुल्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहको निरन्तर पहलपछि चिनियाँ पक्षले नेपाली पक्षको आग्रहलाई सम्बोधन गर्दै नाका अस्थायी... शनिबार, असोज ३१, २०८३
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शनिबार, असोज ३१, २०८३
हानी नोक्सनी कोषको आकस्मिक बैठक कात्तिक ५ गतेका लागि बोलाइयो, रसुवा बाढी मुख्य एजेण्डा विपद्पछिको आपत्कालीन सहायता उपलब्ध गराउने विषयमा निर्णय गर्न कोषले २६ सदस्यीय बोर्डको विशेष भर्चुअल बैठक आह्वान गरेको हो। शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
तातोपानी नाका तीन दिनका लागि खुल्ने शनिबार, असोज ३१, २०८३
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने शनिबार, असोज ३१, २०८३
हानी नोक्सनी कोषको आकस्मिक बैठक कात्तिक ५ गतेका लागि बोलाइयो, रसुवा बाढी मुख्य एजेण्डा शनिबार, असोज ३१, २०८३
के तोप र बन्दुकको चर्को आवाजले चराहरूको ज्यानै जानसक्छ ? शनिबार, असोज ३१, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्