दक्षिण कोरिया– धादिङ र काभ्रेमा एम्बुलेन्स पुर्याउन कोरियाको राजधानी सिओलमा कन्सर्ट गरिने भएको छ। जिल्लाका विकट स्थानमा एम्बुलेन्स पुर्याउन धादिङ समाज कोरिया र काभ्रे सम्पर्क समितिले आगामी सेप्टेम्बर २४ का दिन संयुक्त रुपमा बृहत ‘लाइभ कन्सर्ट’ एवं सांगीतिक कार्यक्रमको आयोजना गरेको धादिङ समाजका अध्यक्ष सन्तोष अधिकारीले जानकारी दिए।
कोरियाको महान पर्व ‘छुसक’को अवसर पारेर आयोजना गरिएको कन्सर्टमा नेपालबाट आउने चर्चीत कलाकारहरुको प्रस्तुती रहने अधिकारीले बताए।
कन्सर्टमा गायक दीपक बज्राचार्यको ‘रिदम ब्याण्ड’, गायीका पूर्णीमा लामा, बबिता बाँनिया ‘जेरी’, मोडल अञ्जली अधिकारी, हाँस्य कलाकार रक्षा श्रेष्ठ र राजा राजेन्द्र पोखरेल लगायतका कलाकारको प्रस्तुति रहने बताइएको छ।
सिओलस्थित ‘यस २४ लाइभ हल’ मा हुने उक्त कन्सर्टमा सहभागी भइदिन कोरियामा रहेका सम्पूर्ण नेपालीलाई आयोजकले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।