• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १७, २०८२ Sat, Jan 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रश्न उठेका सबैलाई अनुसन्धानको दायरामा ल्याऊ

64x64
नेपाल लाइभ बिहीबार, जेठ ११, २०८०  २०:४७
1140x725

आर्थिक लाभमा राज्य संयन्त्रकै दुरुपयोग गरेर नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने कुकृत्यको पटाक्षेप भएको छ। देश बनाउने जिम्मेवारी पाएकाहरुले ‘यही देशमा केही गर्न सकिन्छ’ भन्ने त बनाउन सकेनन् नै, देशै त्याग्नुपर्ने अवस्थामाथिसमेत गिद्देदृष्टि लगाइरहेको यो प्रकरणले उजागर गरेको छ।

एउटा देशको सार्वभौम नागरिक हुनुभन्दा लाखौं तिरेरे अर्को देशको शरणार्थी बन्नु श्रेयष्कर ठान्ने अवस्था आफैंमा अप्रिय हो। परदेशिनुपर्ने नेपालीहरुको बाध्यताको फाइदा उठाउने गिरोह अनेकथरी बोर्ड राखेर गौंडागौंडामा कुरिरहेकै छन्। त्यस्ता बोर्डमुनि हुने ठगी र असुलीका व्यथा आमकथा भइसकेका छन्। राज्य, त्यसमा पनि त्यस्ता ठाउँबाट ठगिएका नागरिकलाई न्याय दिने गृह मन्त्रालय नै ठग्ने गिरोहको अड्डा बनिरहेको यो घटनाले देखाएको छ। मन्त्री, सचिव, सल्लाहकार सबैको संलग्नता पुष्टि हुने आधार भेटिएको भन्दै सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ।

अदालतबाट निष्पक्ष न्याय निरुपणको अपेक्षा स्वभाविक हो। ठग र विचौलियाले गर्ने र भन्ने गरेको ‘सेटिङ’को सञ्जाल अदालतको दैलोभित्र फैलिन नपाएको फैसलाबाट देख्न पाइने नै छ। प्रक्रियामा गइसकेको मुद्दा र किटान गरिएका दोषीहरुले प्राप्त आर्थिक लाभ अनुसार होइन, जनताले प्रदान गरेको जिम्मेवारीअनुसार सजाय पाउनुपर्ने विषयमा न्यायालय आफैं जानकार छँदैछ।

अदालतमा अहिले ३० जनाविरुद्ध मुद्दा दर्ता भएको छ। तर राज्य संयन्त्रकै संलग्नतामा भइरहेको यो अपराध उल्लेखित ३० जना मात्रै नरहेको अभियोगपत्रले संकेत गरेको छ। अनुसन्धानको सीमितता, समयको अभाव र प्रमाणको खोजीका कारण हतारोमा पहिलो अभियोग पुगेको देखिन्छ। अभियोगपत्र हेर्दा अन्य धेरै व्यक्ति र पाटोमाथि अनुसन्धान हुनुपर्ने र निष्कर्षमा पुग्नुपर्ने देखिन्छ। नत्र जनतामा आशंका यथावत् रहने देखिन्छ।

संलग्नहरुले नाम लिएका तर प्रहरीले ‘प्रमाण नपुगेको’ भनेकाहरुलाई यत्तिकै ‘निर्दोष’ बनाउनु हुँदैन। उनीहरुलाईसमेत छानबिनको दायरामा ल्याउनुपर्ने हुन्छ। छानबिनका क्रममा उनीहरु दोषी नभइ ‘पोलिएको’ मात्रै देखिए त्यसको लाभ उनीहरु स्वयंलाई हुनेछ। जो आफूलाई समाजका सामुन्ने अग्लो कदसहित उभ्याउन सक्छन्। आरोप लागिरहने तर छानबिनको दायरामासमेत नआउँदा न्यायको आँखाबाट ओझेल पर्लान् तर समाजले सधैंभर दागीकै रुपमा बुझ्नेछ।

Ncell 2
Ncell 2

अहिलेको परिस्थितिमा आफ्नो संलग्नता नरहेको दाबी गरिरहेका शंकास्पदहरुले आफैंले छानबिनका लागि बाटो खुला गरिदिनु उनीहरुकै लागि राम्रो हुन्छ। यतिबेला गिरोहका नाइकेहरुले नै नाम लिएकाहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई पनि एक हुन्। पीडितहरुलेसमेत उनीविरुद्ध अख्तियारमै उजुरी दिएको पनि पाइएको छ। सार्वजनिक पद धारण गरेकाहरु मुछिएका कारण अख्तियारलाईसमेत अनुसन्धान गर्न सिफारिस गरिएको अवस्था छ। त्यसैले नाम मुछिएका राईले अनुसन्धान अवधिभरका लागि आफूलाई अलग्याउनु उनी आफ्नै र उनले नेतृत्व गरिरहेको संस्थाको गरिमाका लागि पनि हितकारी हुन्छ।

अनुसन्धानको मुख्य नेतृत्व गर्ने नेपाल प्रहरीका आइजी बसन्त कुँवरलाई प्रकरण सतहमा आउन नदिन भूमिका खेलेको आरोप लागेको छ। नक्कली भुटानी शरणार्थीका विषयमा पीडितले सप्रमाण उजुरी गरेको फाइल नै घरमा लगेर ‘गायब पार्न’ खोजेको, अभियुक्तलाई भगाएको, पक्राउ परेका अभियुक्तहरुमाथि अनुसन्धान नगरी छाडेको जस्ता आरोप छन्। मुख्य अभियुक्तहरु तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र विचौलिया केशव दुलालको संवादमा पनि उनको नाम देखिएको छ। यी विषय स्पष्ट भएर किनारा नलागुन्जेलसम्मका लागि संस्थाबाट अलग्गिएर मातहतका कर्मचारीलाई निर्धक्क छानबिन गराउने दायित्व उनको हुन आउँछ। आफूले आदर्श ठानेर जोडिएको, वर्षौं सेवा गरेको र नेतृत्व लिएको संस्थाको गरिमा बढाउन उनले यति गर्नैपर्छ।

देशका ठूला राजनीतिक दलका नेताहरु तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र उपप्रधानमन्त्रीसमेत बनिसकेका टोपबहादुर रायमाझी मुख्य आरोपीका रुपमा न्यायिक हिरासतमा छन्। पार्टीको जिम्मेवारीमासमेत रहेका उनीहरुमध्ये रायमाझीलाई एमालेले निलम्बन गरेको छ। तर, अझै खाण पदमै बहाल छन्। विभिन्न प्रमाणसहित अदालतमै मुद्दा बुझाइसकेको अवस्थामा कांग्रेसले खाणलाई पार्टी जिम्मेवारीबाट मुक्त गर्नुपर्छ। त्यस्तो गर्न नसकेको अवस्थामा आशंकाको औंला यसको मुख्य नेतृत्वतर्फसमेत सोझिन्छ।

सार्वजनिक केही अडियोमा मुख्य नेतृत्वनिकटहरु समेत मुछिएको अवस्था छ। जसले समग्र पार्टीकै छविलाई धुमिल बनाइरहेको छ। यसका बाबजुद पनि खाणपत्नी मञ्जु खाण सांसदका रुपमा संसद्‌मा उपस्थित भइरहेकी छिन्। आफ्ना श्रीमान् मुछिएको यो प्रकरणलाई कमजोर पार्न उनले आफ्नो पदको दुरुपयोग गर्न सक्ने सम्भावना रहन्छ। त्यस विषयमासमेत उक्त पार्टी सचेत रहनुपर्छ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यदेखि उनीनिकट नेता पूर्व प्रदेशमन्त्री अजयक्रान्ति शाक्यसम्मलाई ठगीको हिस्सा दिएको विचौलियाहरुको आरोप छ। उनीहरुले पनि आफ्ना तर्फबाट छानबिनलाई सघाउनुपर्छ। संलग्नता नभइ आरोप मात्रै रहेको प्रमाणित गर्नका लागि उनीहरुकै सक्रियताले महत्त्वपूर्ण अर्थ राख्नेछ। उक्त पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादल गृहमन्त्री हुँदाका सल्लाहकार इन्द्रजित राई र बादलका छोरा प्रतीक मुख्य अभियुक्तका रुपमा मुद्दा दायर भएको छ। प्रतीक अझै फरार छन्। यो प्रकरणलाई यथासक्य टुंगोमा पुर्‍याउन बादलपुत्र प्रतीकको उपस्थिति र बयान जरुरी हुन्छ। त्यसमा पार्टीको उपाध्यक्ष रहेका नाताले बादल आफैंले सघाउनुपर्छ। आफ्नो गृहमन्त्रीकालमा चलखेल भएकाले उनी नमुछिए पनि शक्‍तिबाट टाढा बनाउनु उनको राजनीतिक उचाइकै लागि उपयुक्त हुन्छ।

विषय, संलग्नता र छानबिनका दृष्टिबाट यो प्रकरण नेपालमा भइरहेका आपराधिक गतिविधिको अर्को शृंखला मात्रै होइन, देशलाई सुशासनको बाटोमा फर्काउने महत्त्वपूर्ण खुड्किलो हो। सुशासनलाई जिब्रोमै झुन्ड्याएर हिँडिरहेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि महत्त्वपूर्ण अवसर पनि हो। शासन व्यवस्था परिवर्तनका लागि युद्ध गरेका प्रचण्डले व्यवस्थामा रहेका कमजोरीविरुद्ध डटिलड्ने बेला आएको छ। कुनै समय अपार विश्वास पाएका उनले आफूप्रतिको टुट्दो आशा जोगाइराख्न पनि यसलाई किनारा लगाउनुपर्नेछ। ‘राजनीतिक सौदागर’का रुपमा धुमिल बन्दै गएको छवि उकास्न समेत उनले यसपल्ट अठोट गर्नुपर्छ। गृह मन्त्रालय अपराधिक गिरोहका अड्डा बन्ने अवस्थाबाट देशलाई मुक्त गर्नुपर्छ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  २०:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको घरको गेट फुटाइयो
पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने
साफ यु-१९ महिला च्याम्पियनसिप : उद्धाटन खेलमा आज नेपाल र भारत भिड्दै
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने शनिबार, माघ १७, २०८२
साफ यु-१९ महिला च्याम्पियनसिप : उद्धाटन खेलमा आज नेपाल र भारत भिड्दै शनिबार, माघ १७, २०८२
सिन्दूर, टुथपेस्ट र गाजलमा लिडको अधिक मात्रा भेटियो, जनस्वास्थ्यमा गम्भीर असर शनिबार, माघ १७, २०८२
यस्तो छ आजका लागि फलफूल र तरकारीको थोक मूल्य शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाले दियो जवाफ शुक्रबार, माघ १६, २०८२
काँग्रेसले विगतका सकारात्मक अभ्यास आत्मसात् गर्दै कमजोरी त्यागिसकेको गगन थापाको दाबी शुक्रबार, माघ १६, २०८२
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा शुक्रबार, माघ १६, २०८२
बालेनको प्रचारमा गएका पत्रकार सिटौला अचानक ढलेपछि सेनाको जहाजमा काठमाडौं ल्याइँदै शुक्रबार, माघ १६, २०८२
युवा संघको अध्यक्षमा गुरुङ चयन शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्