• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रश्न उठेका सबैलाई अनुसन्धानको दायरामा ल्याऊ

64x64
नेपाल लाइभ बिहीबार, जेठ ११, २०८०  २०:४७
1140x725

आर्थिक लाभमा राज्य संयन्त्रकै दुरुपयोग गरेर नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने कुकृत्यको पटाक्षेप भएको छ। देश बनाउने जिम्मेवारी पाएकाहरुले ‘यही देशमा केही गर्न सकिन्छ’ भन्ने त बनाउन सकेनन् नै, देशै त्याग्नुपर्ने अवस्थामाथिसमेत गिद्देदृष्टि लगाइरहेको यो प्रकरणले उजागर गरेको छ।

एउटा देशको सार्वभौम नागरिक हुनुभन्दा लाखौं तिरेरे अर्को देशको शरणार्थी बन्नु श्रेयष्कर ठान्ने अवस्था आफैंमा अप्रिय हो। परदेशिनुपर्ने नेपालीहरुको बाध्यताको फाइदा उठाउने गिरोह अनेकथरी बोर्ड राखेर गौंडागौंडामा कुरिरहेकै छन्। त्यस्ता बोर्डमुनि हुने ठगी र असुलीका व्यथा आमकथा भइसकेका छन्। राज्य, त्यसमा पनि त्यस्ता ठाउँबाट ठगिएका नागरिकलाई न्याय दिने गृह मन्त्रालय नै ठग्ने गिरोहको अड्डा बनिरहेको यो घटनाले देखाएको छ। मन्त्री, सचिव, सल्लाहकार सबैको संलग्नता पुष्टि हुने आधार भेटिएको भन्दै सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ।

अदालतबाट निष्पक्ष न्याय निरुपणको अपेक्षा स्वभाविक हो। ठग र विचौलियाले गर्ने र भन्ने गरेको ‘सेटिङ’को सञ्जाल अदालतको दैलोभित्र फैलिन नपाएको फैसलाबाट देख्न पाइने नै छ। प्रक्रियामा गइसकेको मुद्दा र किटान गरिएका दोषीहरुले प्राप्त आर्थिक लाभ अनुसार होइन, जनताले प्रदान गरेको जिम्मेवारीअनुसार सजाय पाउनुपर्ने विषयमा न्यायालय आफैं जानकार छँदैछ।

अदालतमा अहिले ३० जनाविरुद्ध मुद्दा दर्ता भएको छ। तर राज्य संयन्त्रकै संलग्नतामा भइरहेको यो अपराध उल्लेखित ३० जना मात्रै नरहेको अभियोगपत्रले संकेत गरेको छ। अनुसन्धानको सीमितता, समयको अभाव र प्रमाणको खोजीका कारण हतारोमा पहिलो अभियोग पुगेको देखिन्छ। अभियोगपत्र हेर्दा अन्य धेरै व्यक्ति र पाटोमाथि अनुसन्धान हुनुपर्ने र निष्कर्षमा पुग्नुपर्ने देखिन्छ। नत्र जनतामा आशंका यथावत् रहने देखिन्छ।

संलग्नहरुले नाम लिएका तर प्रहरीले ‘प्रमाण नपुगेको’ भनेकाहरुलाई यत्तिकै ‘निर्दोष’ बनाउनु हुँदैन। उनीहरुलाईसमेत छानबिनको दायरामा ल्याउनुपर्ने हुन्छ। छानबिनका क्रममा उनीहरु दोषी नभइ ‘पोलिएको’ मात्रै देखिए त्यसको लाभ उनीहरु स्वयंलाई हुनेछ। जो आफूलाई समाजका सामुन्ने अग्लो कदसहित उभ्याउन सक्छन्। आरोप लागिरहने तर छानबिनको दायरामासमेत नआउँदा न्यायको आँखाबाट ओझेल पर्लान् तर समाजले सधैंभर दागीकै रुपमा बुझ्नेछ।

Ncell 2
Ncell 2
nimb
nimb

अहिलेको परिस्थितिमा आफ्नो संलग्नता नरहेको दाबी गरिरहेका शंकास्पदहरुले आफैंले छानबिनका लागि बाटो खुला गरिदिनु उनीहरुकै लागि राम्रो हुन्छ। यतिबेला गिरोहका नाइकेहरुले नै नाम लिएकाहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई पनि एक हुन्। पीडितहरुलेसमेत उनीविरुद्ध अख्तियारमै उजुरी दिएको पनि पाइएको छ। सार्वजनिक पद धारण गरेकाहरु मुछिएका कारण अख्तियारलाईसमेत अनुसन्धान गर्न सिफारिस गरिएको अवस्था छ। त्यसैले नाम मुछिएका राईले अनुसन्धान अवधिभरका लागि आफूलाई अलग्याउनु उनी आफ्नै र उनले नेतृत्व गरिरहेको संस्थाको गरिमाका लागि पनि हितकारी हुन्छ।

अनुसन्धानको मुख्य नेतृत्व गर्ने नेपाल प्रहरीका आइजी बसन्त कुँवरलाई प्रकरण सतहमा आउन नदिन भूमिका खेलेको आरोप लागेको छ। नक्कली भुटानी शरणार्थीका विषयमा पीडितले सप्रमाण उजुरी गरेको फाइल नै घरमा लगेर ‘गायब पार्न’ खोजेको, अभियुक्तलाई भगाएको, पक्राउ परेका अभियुक्तहरुमाथि अनुसन्धान नगरी छाडेको जस्ता आरोप छन्। मुख्य अभियुक्तहरु तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र विचौलिया केशव दुलालको संवादमा पनि उनको नाम देखिएको छ। यी विषय स्पष्ट भएर किनारा नलागुन्जेलसम्मका लागि संस्थाबाट अलग्गिएर मातहतका कर्मचारीलाई निर्धक्क छानबिन गराउने दायित्व उनको हुन आउँछ। आफूले आदर्श ठानेर जोडिएको, वर्षौं सेवा गरेको र नेतृत्व लिएको संस्थाको गरिमा बढाउन उनले यति गर्नैपर्छ।

देशका ठूला राजनीतिक दलका नेताहरु तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र उपप्रधानमन्त्रीसमेत बनिसकेका टोपबहादुर रायमाझी मुख्य आरोपीका रुपमा न्यायिक हिरासतमा छन्। पार्टीको जिम्मेवारीमासमेत रहेका उनीहरुमध्ये रायमाझीलाई एमालेले निलम्बन गरेको छ। तर, अझै खाण पदमै बहाल छन्। विभिन्न प्रमाणसहित अदालतमै मुद्दा बुझाइसकेको अवस्थामा कांग्रेसले खाणलाई पार्टी जिम्मेवारीबाट मुक्त गर्नुपर्छ। त्यस्तो गर्न नसकेको अवस्थामा आशंकाको औंला यसको मुख्य नेतृत्वतर्फसमेत सोझिन्छ।

सार्वजनिक केही अडियोमा मुख्य नेतृत्वनिकटहरु समेत मुछिएको अवस्था छ। जसले समग्र पार्टीकै छविलाई धुमिल बनाइरहेको छ। यसका बाबजुद पनि खाणपत्नी मञ्जु खाण सांसदका रुपमा संसद्‌मा उपस्थित भइरहेकी छिन्। आफ्ना श्रीमान् मुछिएको यो प्रकरणलाई कमजोर पार्न उनले आफ्नो पदको दुरुपयोग गर्न सक्ने सम्भावना रहन्छ। त्यस विषयमासमेत उक्त पार्टी सचेत रहनुपर्छ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यदेखि उनीनिकट नेता पूर्व प्रदेशमन्त्री अजयक्रान्ति शाक्यसम्मलाई ठगीको हिस्सा दिएको विचौलियाहरुको आरोप छ। उनीहरुले पनि आफ्ना तर्फबाट छानबिनलाई सघाउनुपर्छ। संलग्नता नभइ आरोप मात्रै रहेको प्रमाणित गर्नका लागि उनीहरुकै सक्रियताले महत्त्वपूर्ण अर्थ राख्नेछ। उक्त पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादल गृहमन्त्री हुँदाका सल्लाहकार इन्द्रजित राई र बादलका छोरा प्रतीक मुख्य अभियुक्तका रुपमा मुद्दा दायर भएको छ। प्रतीक अझै फरार छन्। यो प्रकरणलाई यथासक्य टुंगोमा पुर्‍याउन बादलपुत्र प्रतीकको उपस्थिति र बयान जरुरी हुन्छ। त्यसमा पार्टीको उपाध्यक्ष रहेका नाताले बादल आफैंले सघाउनुपर्छ। आफ्नो गृहमन्त्रीकालमा चलखेल भएकाले उनी नमुछिए पनि शक्‍तिबाट टाढा बनाउनु उनको राजनीतिक उचाइकै लागि उपयुक्त हुन्छ।

विषय, संलग्नता र छानबिनका दृष्टिबाट यो प्रकरण नेपालमा भइरहेका आपराधिक गतिविधिको अर्को शृंखला मात्रै होइन, देशलाई सुशासनको बाटोमा फर्काउने महत्त्वपूर्ण खुड्किलो हो। सुशासनलाई जिब्रोमै झुन्ड्याएर हिँडिरहेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि महत्त्वपूर्ण अवसर पनि हो। शासन व्यवस्था परिवर्तनका लागि युद्ध गरेका प्रचण्डले व्यवस्थामा रहेका कमजोरीविरुद्ध डटिलड्ने बेला आएको छ। कुनै समय अपार विश्वास पाएका उनले आफूप्रतिको टुट्दो आशा जोगाइराख्न पनि यसलाई किनारा लगाउनुपर्नेछ। ‘राजनीतिक सौदागर’का रुपमा धुमिल बन्दै गएको छवि उकास्न समेत उनले यसपल्ट अठोट गर्नुपर्छ। गृह मन्त्रालय अपराधिक गिरोहका अड्डा बन्ने अवस्थाबाट देशलाई मुक्त गर्नुपर्छ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  २०:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्