काठमाडौं– थापागाँउस्थित मण्डला नाटकघरमा जेठ १६ देखि ३२ गते सम्म नाटक ‘बुद्ध र भिखारी’ मञ्चन हुने भएको छ।
चुलाचुली थिएटरको प्रस्तुति रहेको नाटकलाई चेतन आङ्थुपोले नाट्य रुपान्तरण तथा अनुवादन गरेका हुन् भने परिकल्पना तथा निर्देशन अनिल सुब्बाले गरेका छन्।
नेपाली पौराणिक लोककथालाई नाट्यरुपान्तरण गरी ‘स्याडो प्ले’मार्फत् मञ्चन गरिने निर्देशक सुब्बा बताउँछन्। करिब १ घण्टाको अनुमानित समय राखिएको यस नाटक सोमबार बाहेक हरेक साँझ ५ बजेदेखि र अतिरिक्त शो शनिबार दिउँसो १ बजे मञ्चन हुनेछ।
नाटकमा कलाकारहरू वेदना राई,प्रतिना राई,रमिता राई,रुपेश लामा,गणेश ताण्डब,नबिन चन्द्र अर्याल,सुनिल तामाङ,सौजन सेनेहाङ लिम्बु,सन्जिब योगि,मनिश मगर,मोहन राई रहनेछन भने बाल कृष्ण राई,सुरज तमु,अनिल सुब्बा र प्रबृदि राईको संगीत सुनिने छ।
आफ्नो झुपडीमा मुसाहरूले दिएको दु:खबाट दिक्क भएर भाग र भाग्यको अर्थ खोज्दै बुद्ध खोज्न निस्किएको भिखारीले यात्राभरि गरेको संघर्ष र रमाइलो पललाई नाटकमा देख्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।