हेटौँडा– मकवानपुरको भीमफेदी कारागारका ३५ कैदीबन्दीलाई झाडापखला संक्रमण भएको छ। सोमबार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखापरेको थियो।
सुरुमा १ जनाबाट सुरु भएको झाडापखाला संक्रमण विस्तारै अन्यमा संक्रमण हुँदै आएको भीमफेदी कारागारका जेलर प्रमुख तीर्थ पौडेलले जानकारी दिए।
संक्रमण भइ बिरामी भएका कैदीबन्दीको उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट २ चिकित्सक, ४ सहयोगी र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी मकवानपुरबाट १ चिकित्सक, ४ सहयोगी गरी ११ जनाको टोलीले कारागार कार्यालय आएको छ।
आवश्यक औषधीसहित आएको चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले अहिले झाडापखालको संक्रमण देखिएका बिरामी कैदीको उपचार गरिरहेको जेलर पौडेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।