काठमाडौं– आचरण विपरीत कार्य गर्ने एक सशस्त्र प्रहरी निरीक्षकलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले कारबाही गरेको छ।
एक विवाहित महिलासँगको नाजायज सम्बन्ध र त्यसले पारिवारिक जीवनमा खेलबाड गरेको भन्ने मुख्यालयमा उजुरी परेपछि आन्तरिक छानबिन पश्चात् सशस्त्र प्रहरी निरीक्षक राम चन्द्र खड्कालाई तीन वर्ष बढुवा रोक्का गरिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण रौतहटमा कार्यरत उनलाई सशस्त्र प्रहरी नियमावली २०७२को परिच्छेद १३को नियम ११२ को उपनियम (१) को खण्ड (ख) अनुसारको कसुरमा ऐ. नियमावलीको नियम ११५ को उपनियम (१) को देहाय (६) (ख) ले दिएको अधिकार प्रयोग गरी ऐ. नियमावलीको नियम ११० को खण्ड (क) (५) बमोजिम कारबाही गरिएको हो।
उनलाई २०८० जेष्ठ ८ गतेदेखि लागू हुने गरी ३ (तीन) वर्ष बढुवा रोक्काको कारबाही गरिएको सशस्त्र प्रहरीका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।