काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा २७ करोड ५० लाख ७४ हजार ५ सय रुपैयाँ बिगो दाबी गरिएको छ। प्रहरीको अनुसन्धान प्रतिवेदनमा ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराधमा मुद्दा चलाउनसमेत सिफारिस गरिएको छ।
प्रहरीले १७८ पृष्ठको अध्ययन प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अध्ययन गरेर ११ गतेसम्म जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ।
अनुसन्धान प्रतिवेदनमा ११४ जना पीडितको २१ वटा उजुरीसमेत समावेश गरिएको छ। उक्त प्रकरणमा मुछिएकामध्ये १४ जना फरार सूचीमा राखेर मुद्दा बुझाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।