• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २१, २०८२ Fri, Nov 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
संसद्‌मा नीति तथा कार्यक्रममा छलफलः

प्रमुख प्रतिपक्षः ‘फिर्ता लिएर पुनर्लेखन’, सत्तापक्षः ‘पुनर्लेखनको कुरा परै जाओस् सच्चिँदैन पनि’

64x64
ईश्वर बराल आइतबार, जेठ ७, २०८०  २१:५९
1140x725

काठमाडौं– शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले करिब १ घण्टा ४४ मिनेटमा सरकारको नीति तथा कार्यक्रम संयुक्त सदनमा पढेर सुनाए। सो दस्तावेजमा आइतबारबाट छलफल सुरु भएको छ।

आइतबार सुरुमै एमाले संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले छलफलमा सहभागी हुँदै नीति तथा कार्य्रक्रम फिर्ता लिएर पुनर्लेखन गर्नु पर्ने बताए।

करिब १ घण्टा ५२ मिनेट लगाएर समीक्षा गरेका ओलीले सो दस्तावेज कसैगरी पनि पारित नगर्न सिङ्गो सदनलाई आग्रह गरे। 

नेता ओलीले संविधानले प्रत्याभूत गरेको रोजगारी, आभास लगायतका मौलिक हकहरु र राज्यका निर्देशक सिद्धान्तहरुलाई आधार मानेर नीति कार्यक्रम प्रस्तुत गर्न सरकार पूर्णमा असफल रहेको निष्कर्ष निकाले।

उनले भने,  ‘संविधानले प्रत्याभूत गरेका मौलिक हकहरु र राज्यका निर्देशक सिद्धान्तहरुलाई आधा मानेर नीति कार्यक्रम प्रस्तुत गर्न सरकार पूर्ण रुपमा चुकेको छ। असफल भएको छ।’ 

आफ्नो वक्तव्यको सुरुमै सुनाएको उक्त  ‘थेसिस स्टेमेण्ट’लाई ११२ मिनेट लगाएर टुङ्ग्याउँदै गर्दा ‘अस्वीकार’ गर्नुपर्ने र पुनर्लेखन गर्नुपर्ने संसद्‌मा दोहोर्‍याए।

ओलीपछि नीति तथा कार्यक्रममा बोल्ने एमालेका सांसदहरुले लगभग आफ्नै नेताको वक्तव्यलाई समर्थन गर्दै हो मा हो मिलाए। तर यसमा अलि फरक देखियो अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी। 

सो पार्टीकी सांसद सोविता गौतमले संसद्‌मा टेबुल भएको नीति तथा कार्यक्रमको विरोध नगर्ने तर रचनात्मक सुझाव दिने बताइन्। उनले केही सैद्धान्तिक र व्यवहारीक सुझाव दिइन्। 

Ncell 2
Ncell 2

उनी यो नीति तथा कार्यक्रमको संशोधनकर्ता मध्येकी हुन्।  ‘सामान्यतया प्रतिपक्षीलाई खुट्टा तान्ने पक्षको रुपमा बुझ्ने प्रचलन छ। राष्ट्रिय स्वतन्त्र पार्टीले उद्घोष गरिसकेको छ–राष्ट्रिय स्वतन्त्र पार्टी रचनात्मक प्रतिपक्षी हो, यानेकी सरकारलाई राम्रो कुरामा पनि प्रशंसा गर्छ। सरकारलाई सघाउँछ पनि तर त्यही समयमा सरकारलाई खबरदारी पनि गर्छ कतै नराम्रो काम गर्ने हो कि? यो काम हुँदैन कि भनेर,’ सांसद गौतमले भनिन्।

पुनर्लेखन त के यो सच्चिँदैन पनिः सत्तापक्ष
यता सत्तापक्ष सांसदले भने प्रस्तुत नीति तथा कार्यक्रममा केही सुधारको आवश्यक भए पनि प्रतिपक्षी दलका नेताले भने जस्तो नरहेको दाबी  गरे। 

सत्ता पक्षका सांसद तथा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले प्रस्तावित दस्तावेज पुनर्लेखन मात्रै हैन सच्चिँदा पनि नसच्चिने संसदीय अभ्यास रहेको दाबी गरे।

‘सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्छ। सरकारसँग बहुमत भएका बेलासम्म पुनर्लेखनको संसदीय परिपाटी छैन। पुनर्लेखन मात्रै हैन यसको कुनै कुरा पनि सच्चिँदैन, यो संसदीय अभ्यास हो,’ सांसद पाण्डेले ओलीको वक्तव्यलाई लक्षित गर्दै भने, ‘जति पनि काम भएका छन् मैले गरेको छु। नभएको कामहरु अरुलाई दोषारोपण गर्ने काम सुनिएको छ।’

नेता ओलीले आफू नेतृत्वको सरकार हुँदा सफल भएका कार्यक्रमहरु भन्दै दाबीका साथ योजनाहरुका फेरिहस्त सुनाएका थिए। सांसद पाण्डे ओलीको उक्त अभिव्यक्ति प्रति आक्रामक सुनिएका हुन्। 

यद्यपि, सांसद पाण्डेले संशोधनकर्ताले राखेका कुरालाई सकारात्मकरुपमा लिनुपर्नेमा जोड दिए। उनले संविधानलाई बलियो बनाउने नीतिगत र कार्यक्रमगत कुराहरु नीति तथा कार्यक्रम आएको दाबी गरे। 

यस्तै, कांग्रेसकै सांसद श्याम घिमिरेले विपक्षी दलका नेता ओलीले भने जस्तो कामै नलाग्ने दस्तावेज नरहेको दाबी गरे। ‘विपक्षी दलका नेताले धारणा राख्नु भएको छ। उहाँले भने जस्तो यो सम्पूर्णरुपमा कामै नलाग्ने खारेजै गर्नु पर्ने पक्कै होइन। यो भन्दाअघिका नीति तथा कार्यक्रम हामीले पढेकै हौं,’ सांसद घिमिरेले भने,  ‘यो कामै नलाग्ने दस्तावेज हो भन्नेमा मेरो सहमति छैन।’

सांसद घिमिरेले आफ्ना केही संशोधनहरु राखे। उनले भूमिको चक्लाबन्दी गर्ने नीति रहेको तर कसरी गर्ने भन्नेमा स्पष्ट मार्ग नरहेको बताए। साथै, सांसद घिमिरेले पेट्रोलियम पदार्थको बिक्रीका लागि नीजि क्षेत्रलाई दिनुपर्ने नीति लिन माग गरे। 

यस्तै, कांग्रेसकै सांसद दिलेन्द्रप्रसाद बडूले समग्र पक्षलाई समेटिएको बताए। र त्यसमा आफ्नो समर्थन रहेको बताए।  ‘समग्रमा हेर्दा नीति तथा कार्यक्रमले समग्र पक्षलाई समेट्ने प्रयास गरिएको छ। आन्तरिक उत्पदान बढाउने, उपभोग बढाउने र मुलुकमा शुसासन स्थापना गर्ने जस्ता महत्त्वपूर्ण विषयहरु समेटेका छन्। त्यसैले यसमा मेरो समर्थन छ,’ सांसद बडूले भने। 

यस्तै, सत्ताघटक दलकै सांसद चिद्रबहादुर केसीले नीति तथा कार्यक्रम पारित गर्नु पर्नेमा जोड दिए। उनी संघीयतालाई खारेजी गर्नुपर्ने पुरानै माग यथावत राख्दै प्रस्तुत नीति तथा कार्यक्रम पारित हुनु पर्नेमा अडिक रहे। 

‘खास खास हटाउनुपर्ने सुझाव दिएको छु। संघीयता खारेजी गरी संविधान कार्यान्वयन गर्नुपर्छ,’ सांसद केसीले भने, ‘यो सरकारसँग केही मतभेद छ तर यो सरकार हट्नुहुन्न। र यो नीति तथा कार्यक्रम पारित हुनु पर्छ।’

यस्तै, सत्ताघटक नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले प्रस्तुत नीति तथा कार्यक्रम उत्कृष्ट रहेको दाबी गरे। 

‘नीति तथा कार्यक्रम उत्कृष्ट र प्रभावकारी छ। यद्यपि, केही बुँदाहरु संशोधन गर्नुपर्ने देखिन्छ। किसान कार्ड बनाएर मल, बिउ दिइने भन्ने थप्नुपर्ने छ। रासायनिक मल समयमै उपलब्ध हुनुपर्छ भन्ने थपियोस्। किसानलाई नि:शुल्क विद्युत् उपलब्ध हुनुपर्छ भन्ने थपियोस्,’ सांसद चौधरीले भने। 

यस्तै, माओवादी केन्द्रका सांसद महेन्द्र शाहीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले समग्र क्षेत्र समेटेको बताए। 

‘कुनै पनि क्षेत्र छुटेका छैनन्। सरकारलाई धन्यवाद। हाम्रो समस्या लेखनमा समस्या होइन। यस अघिका पनि राम्रा आएका थिए। हामीलाई चिन्ता भनेको कार्यान्वयन के हुन्छ भन्ने चिन्ता हो,’ सांसद शाहीले भने। 

संघीयता पछिको कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री बनेका शाहीले  यस्ता नीति तथा कार्यक्रमलाई संशोधन नै हुन नसक्ने ‘गीता’ बनाउन नहुनेमा जोड दिए। उनले नीति तथा कार्यक्रम बर्सेनिभन्दा पनि ५ वर्षमा एकपटक ल्याउनुपर्नेमा जोड दिए। 

‘विगतका वर्षहरुमा नीति तथा कार्यक्रम एकातिर आयो, बजेट अर्को किसिमले आयो। चिन्ता यहाँ छ,’ सांसद शाहीले भने, ‘यो कुनै गीता होइन। आवश्यकताका आधारमा संशोधन पनि हुनुपर्छ।’

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  २१:५९
  • #सरकारको नीति तथा कार्यक्रम

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
दलका नेताहरुको मुखसमेत हेर्न नचाहने प्रधानमन्त्रीले तोकिएको समयमा निर्वाचन गर्नेमा आशंका छ : ओली उनले विघटित प्रतिनिधिसभाको पुनसर्थापनाको माग गर्दै देशव्यापी आन्दोलन गर्न लागिएको जानकारी दिए । ओलीले पहिले नै फैसला सुनाइसकेको मान्... बिहीबार, कात्तिक २०, २०८२
राष्ट्रपति पौडेल स्वदेश फिर्ता सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो। बिहीबार, कात्तिक २०, २०८२
पृथ्वी सुब्बा गुरुङको प्रश्न- जेनजीको नाममा कसैले भन्दैमा एमाले नेतृत्वबाट ओलीलाई किन हटाउने ? एमाले ओखलढुंगा जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गुरुङले जेन-जी वा अरुले भनेर होइन पार्टीको आवश्यकत... बिहीबार, कात्तिक २०, २०८२
ताजा समाचारसबै
दलका नेताहरुको मुखसमेत हेर्न नचाहने प्रधानमन्त्रीले तोकिएको समयमा निर्वाचन गर्नेमा आशंका छ : ओली बिहीबार, कात्तिक २०, २०८२
राष्ट्रपति पौडेल स्वदेश फिर्ता बिहीबार, कात्तिक २०, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
पृथ्वी सुब्बा गुरुङको प्रश्न- जेनजीको नाममा कसैले भन्दैमा एमाले नेतृत्वबाट ओलीलाई किन हटाउने ? बिहीबार, कात्तिक २०, २०८२
सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै विप्लव समूहको प्रदर्शन बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा जारी, झलनाथ खनाल पनि सहभागी बुधबार, कात्तिक १९, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
आज माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच एकता घोषणा  हुँदै बुधबार, कात्तिक १९, २०८२
रामकुमारी झाँक्रीले आज पत्रकार सम्मेलन गर्दै बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
त्रिपक्षीय बैठकमा मिरजको सात बुँदे सर्त : जिल्ला समन्वय समिति खारेजदेखि जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणासम्म बिहीबार, कात्तिक १३, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्