• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
संसद्‌मा नीति तथा कार्यक्रममा छलफलः

प्रमुख प्रतिपक्षः ‘फिर्ता लिएर पुनर्लेखन’, सत्तापक्षः ‘पुनर्लेखनको कुरा परै जाओस् सच्चिँदैन पनि’

64x64
ईश्वर बराल आइतबार, जेठ ७, २०८०  २१:५९
1140x725

काठमाडौं– शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले करिब १ घण्टा ४४ मिनेटमा सरकारको नीति तथा कार्यक्रम संयुक्त सदनमा पढेर सुनाए। सो दस्तावेजमा आइतबारबाट छलफल सुरु भएको छ।

आइतबार सुरुमै एमाले संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले छलफलमा सहभागी हुँदै नीति तथा कार्य्रक्रम फिर्ता लिएर पुनर्लेखन गर्नु पर्ने बताए।

करिब १ घण्टा ५२ मिनेट लगाएर समीक्षा गरेका ओलीले सो दस्तावेज कसैगरी पनि पारित नगर्न सिङ्गो सदनलाई आग्रह गरे। 

नेता ओलीले संविधानले प्रत्याभूत गरेको रोजगारी, आभास लगायतका मौलिक हकहरु र राज्यका निर्देशक सिद्धान्तहरुलाई आधार मानेर नीति कार्यक्रम प्रस्तुत गर्न सरकार पूर्णमा असफल रहेको निष्कर्ष निकाले।

उनले भने,  ‘संविधानले प्रत्याभूत गरेका मौलिक हकहरु र राज्यका निर्देशक सिद्धान्तहरुलाई आधा मानेर नीति कार्यक्रम प्रस्तुत गर्न सरकार पूर्ण रुपमा चुकेको छ। असफल भएको छ।’ 

आफ्नो वक्तव्यको सुरुमै सुनाएको उक्त  ‘थेसिस स्टेमेण्ट’लाई ११२ मिनेट लगाएर टुङ्ग्याउँदै गर्दा ‘अस्वीकार’ गर्नुपर्ने र पुनर्लेखन गर्नुपर्ने संसद्‌मा दोहोर्‍याए।

ओलीपछि नीति तथा कार्यक्रममा बोल्ने एमालेका सांसदहरुले लगभग आफ्नै नेताको वक्तव्यलाई समर्थन गर्दै हो मा हो मिलाए। तर यसमा अलि फरक देखियो अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी। 

सो पार्टीकी सांसद सोविता गौतमले संसद्‌मा टेबुल भएको नीति तथा कार्यक्रमको विरोध नगर्ने तर रचनात्मक सुझाव दिने बताइन्। उनले केही सैद्धान्तिक र व्यवहारीक सुझाव दिइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

उनी यो नीति तथा कार्यक्रमको संशोधनकर्ता मध्येकी हुन्।  ‘सामान्यतया प्रतिपक्षीलाई खुट्टा तान्ने पक्षको रुपमा बुझ्ने प्रचलन छ। राष्ट्रिय स्वतन्त्र पार्टीले उद्घोष गरिसकेको छ–राष्ट्रिय स्वतन्त्र पार्टी रचनात्मक प्रतिपक्षी हो, यानेकी सरकारलाई राम्रो कुरामा पनि प्रशंसा गर्छ। सरकारलाई सघाउँछ पनि तर त्यही समयमा सरकारलाई खबरदारी पनि गर्छ कतै नराम्रो काम गर्ने हो कि? यो काम हुँदैन कि भनेर,’ सांसद गौतमले भनिन्।

पुनर्लेखन त के यो सच्चिँदैन पनिः सत्तापक्ष
यता सत्तापक्ष सांसदले भने प्रस्तुत नीति तथा कार्यक्रममा केही सुधारको आवश्यक भए पनि प्रतिपक्षी दलका नेताले भने जस्तो नरहेको दाबी  गरे। 

सत्ता पक्षका सांसद तथा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले प्रस्तावित दस्तावेज पुनर्लेखन मात्रै हैन सच्चिँदा पनि नसच्चिने संसदीय अभ्यास रहेको दाबी गरे।

‘सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्छ। सरकारसँग बहुमत भएका बेलासम्म पुनर्लेखनको संसदीय परिपाटी छैन। पुनर्लेखन मात्रै हैन यसको कुनै कुरा पनि सच्चिँदैन, यो संसदीय अभ्यास हो,’ सांसद पाण्डेले ओलीको वक्तव्यलाई लक्षित गर्दै भने, ‘जति पनि काम भएका छन् मैले गरेको छु। नभएको कामहरु अरुलाई दोषारोपण गर्ने काम सुनिएको छ।’

नेता ओलीले आफू नेतृत्वको सरकार हुँदा सफल भएका कार्यक्रमहरु भन्दै दाबीका साथ योजनाहरुका फेरिहस्त सुनाएका थिए। सांसद पाण्डे ओलीको उक्त अभिव्यक्ति प्रति आक्रामक सुनिएका हुन्। 

यद्यपि, सांसद पाण्डेले संशोधनकर्ताले राखेका कुरालाई सकारात्मकरुपमा लिनुपर्नेमा जोड दिए। उनले संविधानलाई बलियो बनाउने नीतिगत र कार्यक्रमगत कुराहरु नीति तथा कार्यक्रम आएको दाबी गरे। 

यस्तै, कांग्रेसकै सांसद श्याम घिमिरेले विपक्षी दलका नेता ओलीले भने जस्तो कामै नलाग्ने दस्तावेज नरहेको दाबी गरे। ‘विपक्षी दलका नेताले धारणा राख्नु भएको छ। उहाँले भने जस्तो यो सम्पूर्णरुपमा कामै नलाग्ने खारेजै गर्नु पर्ने पक्कै होइन। यो भन्दाअघिका नीति तथा कार्यक्रम हामीले पढेकै हौं,’ सांसद घिमिरेले भने,  ‘यो कामै नलाग्ने दस्तावेज हो भन्नेमा मेरो सहमति छैन।’

सांसद घिमिरेले आफ्ना केही संशोधनहरु राखे। उनले भूमिको चक्लाबन्दी गर्ने नीति रहेको तर कसरी गर्ने भन्नेमा स्पष्ट मार्ग नरहेको बताए। साथै, सांसद घिमिरेले पेट्रोलियम पदार्थको बिक्रीका लागि नीजि क्षेत्रलाई दिनुपर्ने नीति लिन माग गरे। 

यस्तै, कांग्रेसकै सांसद दिलेन्द्रप्रसाद बडूले समग्र पक्षलाई समेटिएको बताए। र त्यसमा आफ्नो समर्थन रहेको बताए।  ‘समग्रमा हेर्दा नीति तथा कार्यक्रमले समग्र पक्षलाई समेट्ने प्रयास गरिएको छ। आन्तरिक उत्पदान बढाउने, उपभोग बढाउने र मुलुकमा शुसासन स्थापना गर्ने जस्ता महत्त्वपूर्ण विषयहरु समेटेका छन्। त्यसैले यसमा मेरो समर्थन छ,’ सांसद बडूले भने। 

यस्तै, सत्ताघटक दलकै सांसद चिद्रबहादुर केसीले नीति तथा कार्यक्रम पारित गर्नु पर्नेमा जोड दिए। उनी संघीयतालाई खारेजी गर्नुपर्ने पुरानै माग यथावत राख्दै प्रस्तुत नीति तथा कार्यक्रम पारित हुनु पर्नेमा अडिक रहे। 

‘खास खास हटाउनुपर्ने सुझाव दिएको छु। संघीयता खारेजी गरी संविधान कार्यान्वयन गर्नुपर्छ,’ सांसद केसीले भने, ‘यो सरकारसँग केही मतभेद छ तर यो सरकार हट्नुहुन्न। र यो नीति तथा कार्यक्रम पारित हुनु पर्छ।’

यस्तै, सत्ताघटक नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले प्रस्तुत नीति तथा कार्यक्रम उत्कृष्ट रहेको दाबी गरे। 

‘नीति तथा कार्यक्रम उत्कृष्ट र प्रभावकारी छ। यद्यपि, केही बुँदाहरु संशोधन गर्नुपर्ने देखिन्छ। किसान कार्ड बनाएर मल, बिउ दिइने भन्ने थप्नुपर्ने छ। रासायनिक मल समयमै उपलब्ध हुनुपर्छ भन्ने थपियोस्। किसानलाई नि:शुल्क विद्युत् उपलब्ध हुनुपर्छ भन्ने थपियोस्,’ सांसद चौधरीले भने। 

यस्तै, माओवादी केन्द्रका सांसद महेन्द्र शाहीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले समग्र क्षेत्र समेटेको बताए। 

‘कुनै पनि क्षेत्र छुटेका छैनन्। सरकारलाई धन्यवाद। हाम्रो समस्या लेखनमा समस्या होइन। यस अघिका पनि राम्रा आएका थिए। हामीलाई चिन्ता भनेको कार्यान्वयन के हुन्छ भन्ने चिन्ता हो,’ सांसद शाहीले भने। 

संघीयता पछिको कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री बनेका शाहीले  यस्ता नीति तथा कार्यक्रमलाई संशोधन नै हुन नसक्ने ‘गीता’ बनाउन नहुनेमा जोड दिए। उनले नीति तथा कार्यक्रम बर्सेनिभन्दा पनि ५ वर्षमा एकपटक ल्याउनुपर्नेमा जोड दिए। 

‘विगतका वर्षहरुमा नीति तथा कार्यक्रम एकातिर आयो, बजेट अर्को किसिमले आयो। चिन्ता यहाँ छ,’ सांसद शाहीले भने, ‘यो कुनै गीता होइन। आवश्यकताका आधारमा संशोधन पनि हुनुपर्छ।’

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  २१:५९
  • #सरकारको नीति तथा कार्यक्रम

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
आज देशैभर कांग्रेसको पालिका अधिवेशन नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। सो पार्टीको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्न... बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान ११:०० बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको... बुधबार, असोज ७, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ लामिछानेले नेपालको राष्ट्रिय हित तथा नेपालका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न प्रधानमन्त्री शाहको भ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै बुधबार, असोज ७, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्