• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १०, २०८३ Sun, May 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बुढानिलकण्ठ ‘हिट एण्ड रन’ : जिल्लाको फैसला उल्ट्याउँदै उच्चले निर्धारण गर्‍यो ४ वर्ष कैद

64x64
नेपाल लाइभ आइतबार, जेठ ७, २०८०  १८:२५
1140x725

काठमाडौं– उच्च अदालत पाटनले बुढानिलकण्ठ ‘हिट एण्ड रन’ प्रकरणमा पृथ्वी मल्ललाई दोषी ठहर गर्दै ४ वर्ष कैद र ४० हजार जरिवाना गर्ने फैसला सुनाएको छ। उच्चले यो प्रकरणमा वैशाख २० गते जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै दोषी ठहर गर्ने निर्णय सुनाएको थियो। उक्त फैसलामा आइतबार उच्च अदालतले सजाय निर्धारण गरेको हो।

न्यायाधीशद्वय राजेन्द्र घिमिरे र जगदीश खरेलको इजलासले सवारी ज्यान मुद्दामा मल्ल कसुरदार ठहर गर्दै यसअघि गरेको ६ महिना कैदको फैसला बदर गर्दै सजाय थप गरेको हो।

काठमाडौं जिल्ला अदालतले बुढानिलकण्ठको हिट एण्ड रन मुद्दामा पृथ्वी मल्ललाई मादक पदार्थ सेवन गरी सवारी चलाएर लापरबाहीपूर्ण रुपमा पैदल यात्रीलाई ठक्कर दिएर ज्यान लिएको अभियोगमा दोषी ठहर त गरेको थियो तर मागदाबीभन्दा अघि बढेर अर्कै दफामा टेक्दै  ६ महिना कैद हुने फैसला सुनाएको थियो।

२०७८ चैतमा जिल्ला न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासले उनलाई पुर्पक्षका क्रममा थुनामा बसेको अवधि बराबर हुने गरी सजाय सुनाएको थियो। सरकारी वकिलले मल्लको मुद्दामा जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएको भन्दै उच्च अदालतमा पुनरावेदन गरेका थिए। 

उच्च अदालत जिल्लाको फैसलामा सहमत त भएको छ, तर कैद भने थप हुने गरी सजाय निर्धारण गरेको छ। मुलुकी फौजदारी संहिताअनुसार ३ वर्षभन्दा धेरै सजाय हुने मुद्दामा दोषी ठहर गर्ने र सजाय निर्धारण अलग–अलग हुने अभ्यास अन्तर्गत फैसला भएको करिब १ महिनापछि सजायको फैसला सुनाएको हो।

अभियोगपत्रमा मल्ललाई १० वर्ष कैद र सोही अनुसार जरिवाना हुनुपर्ने मागदाबी गरिएको थियो। तर जिल्ला न्यायाधीश अधिकारीको एकल इजलासले आंशिक दाबी पुग्ने फैसला सुनाउँदै उन्मुक्ति दिएको थियो। यो फैसलालगत्तै अधिकारी न्यायपरिषद् छानबिनमा तानिएका थिए।

फैसलामा चालकले लापरबाहीपूर्वक सवारीसाधन चलाएको कुरा आंशिक मात्र पुष्टि भएको उल्लेख थियो। यो मुद्दामा सरकारी पक्षले भवितव्य नभई जानाजान ज्यान मार्ने कार्य भएको दाबी गरेको थियो। तर फैसला गर्दा न्यायाधीशले भवितव्यमा रुपान्तरण गरेर सजाय तोकेपछि विवाद भएको थियो।

काठमाडौं जिल्ला अदालतले  चालकलाई जम्मा ६ महिना कैद र १० हजार जरिवाना गर्ने फैसला सुनाएको थियो। यो कैद सजाय सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ को उपदफा ३ अनुसारको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

सरकारी पक्षले मल्लले लापरबाहीपूर्ण रुपमा सवारी चलाएको, मदिरा सेवन गरेको र नेपालको सवारी चालक अनुमतिपत्रसमेत नभएको भन्दै सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ को उपदफा २ अनुसार सजाय हुनुपर्ने मागदाबी गरेको थियो।

कारागारको रेकर्डमा मल्ल सात महिना कारागार बसिसकेकाले उनी पुनः कारागार बस्नु नपर्ने हुँदै १० हजार तिरेर विदेश पलायन भएका थिए। 

कारागारको रेकर्डमा सात महिना कारागार बसेको भनिए पनि उनी लामो समय अस्पताल बसेका थिए। अस्पतालबाटै उनले सर्वोच्चमा पुनरावेदन गरेका थिए। उनी पाँच लाख धरौटीमा रिहा भएपछि विदेश पलाएन भएका हुन्। 

काठमाडौंको बुढानिलकण्ठमा मल्लले अत्यधिक मदिरा सेवन गरी चलाएको कारको ठक्करबाट २०७६ मंसिरमा लीला देवकोटाको ज्यान गएको थियो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालले तत्काल प्राप्त प्रमाणबाट मल्ल निर्दोष होइनन् भन्ने विश्वास गर्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका थिए। 

यस्तो थियो घटना
अमेरिकामा बस्दै आएका काठमाडौंका २१ वर्षीय पृथ्वी मल्ल २३ मंसिर २०७६ मा स्वदेश फर्केका थिए। त्यसको तीन दिनपछि २७ मंसिरमा उनी आफैंले बा१४च ६१२३ नम्बरको कार चलाई साथी करिश मास्केलाई लिएर नक्साल नारायणचौरमा जिम गर्न पुगेका थिए।

त्यहाँबाट साँझ साढे ७ बजेतिर बालुवाटारस्थित पलेन्ज गार्डेन रेष्टुराँमा पुगेर खाना खाएपछि उनीहरु रातभर ठमेलमा बसेका थिए।  त्यहाँबाट रातको साढे १ बजे एलओडी क्लबमा पुगे। त्यसपछि बिहान साढे ४ बजे ठमेलस्थित सेनेठ क्लबमा करिशका दुई जना केटी साथीहरू परमिता राणा र मनिषालाई भेटेर उनीहरु निस्केका थिए।

प्रहरीमा दिएको बयानअनुसार त्यसपछि उनीहरू बिहानको ५ बजे बुढानिलकण्ठ हुँदै ग्रिनभ्याली रिसोर्ट पुगेका थिए। त्यहाँ गएर पनि निरन्तर मदिरा सेवन गरेका उनीहरू चढेको कारले त्यहाँबाट पुनः घरतर्फ फर्किँदा सडकको विपरीत दिशामा फुटपाथमा हिँड्दै गरेकी लीला देवकोटालाई ठक्कर दिएर ज्यान लिएको थियो।

प्रहरीमा मल्लले रातभरको अनिद्राले झ्याप्प निदाएपछि आफूले चलाएको कार अनियन्त्रित भई सडकको पल्लो छेउमा हिँडिरहेकी बटुवालाई ठक्कर दिन पुगेको बयान दिएका थिए। यसरी पल्लो पेटिमा रहेको व्यक्तिलाई ठक्कर दिएर हत्या गरेको घटनालाई गम्भीर रुमपा लिँदै मुद्दा दायर भएर पुर्पक्षको बहसका क्रममा थुनामा पठाइएको थियो। 

उनीसँग नेपालको ड्राइभिङ लाइसेन्स समेत थिएन। तर प्रहरीमा गरेकोभन्दा उनले अदालतमा उल्टो बयान गरे। कारको स्पिड धेरै भएको र स्टार्ट बन्द नहुँदा भवितव्यका रुपमा दुर्घटना भएको दाबी गरे।

यो पनि पढ्नुहोस

बुढानिलकण्ठ ‘हिट एन्ड रन’मा पैदलयात्रुको ज्यान लिने मल्ललाई सर्वोच्चले छाड्यो धरौटीमा

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा
सम्बन्धित सामग्री
आज यस्तो रहनेछ देशभरको मौसम आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल... आइतबार, जेठ १०, २०८३
पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुंगे पुल र जलविद्युत्मा क्षति याङवरक गाउँपालिका वडा नं १, २ र ३ मा बाढी पहिरोले घर गोठहरू, सडक, झोलुंगे पुल, जलविद्युत् आयोजनालगायतमा क्षति पुर्‍याएको हो । शनिबार, जेठ ९, २०८३
झापामा कैदीबन्दीको मृत्यु पाँचथरको साविक नागी गाविस–९ घर भएका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको आज बिहान बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु... शनिबार, जेठ ९, २०८३
ताजा समाचारसबै
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता आइतबार, जेठ १०, २०८३
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण आइतबार, जेठ १०, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
कोशी प्रदेश सभा: नीति तथा कार्यक्रममाथि छलफल सुरु आइतबार, जेठ १०, २०८३
रास्वपाको पहिलो महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्