• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सचिवालयमा सन्तान : भरथेगभन्दा बद्नाम

64x64
ईश्वर बराल शुक्रबार, जेठ ५, २०८०  १२:३९
1140x725

राजनीति कम्पनी प्रालि
लेखामा साला-साली 
परिवारले प्रशासन चलाउने
योजना सबै बनाउने

हरिवंश आचार्यको शब्द र स्वर रहेको गीत ‘हाम्म हाम्म’को उल्लेखित हरफले नेपालको राजनीतिको पछिल्लो परिदृश्यलाई प्रष्ट पार्छ। राजनीतिक नेतृत्वले लाभको पद पाउने बित्तिकै आफ्नै परिवारका सदस्यलाई सचिवालयमा राख्ने र उनीहरुकै योजना अनुसार कुकृत्य हुने गरेका कैयौँ घटना सार्वजनिक भइरहेकै बेलामा आचार्यको गीत झन् बढी सान्दर्भिक भएको छ।

पछिल्ला दिनमा चर्चामा रहेको नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने प्रकरणमा केही प्रभावशाली बाबुका सन्तान पनि मुछिए। रामबहादुर थापा बादल गृहमन्त्री रहँदा उनकै सचिवालयमा रहेका उनका पुत्र प्रतीक थापा फरार हुनुपर्ने स्थिति उत्पन्न भएको छ। बादल गृहमन्त्री छँदा नै शरणार्थीसम्बन्धी कार्यदल गठन भएको थियो।

बादलपुत्र प्रतीकका सम्बन्धमा यसअघि अनेक सवालमा प्रश्न नउठेको होइन। तर, ती विषय त्यतिकै सेलाए। तर यो प्रकरणमा भने उनी फरार भएका छन्। जसले उनको संलग्नताको आरोपलाई थप बलियो बनाएको छ।

रोचकचाहिँ के छ भने, उनले यस सम्बन्धमा गत वैशाख २१ गते विज्ञप्ति निकालेका थिए। शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी त सामान्य र स्वाभाविक भइहाल्यो। तर, गृहमन्त्रालयको कार्यभार नै आफूलाई दिइएको जस्तो भान हुने गरी विज्ञप्ति सार्वजनिक गरे।

‘हामीले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दा जनताका लागि सधैँ न्यायको पक्षमा काम गरेका छौँ’, प्रतीकको विज्ञप्तिमा भनिएको थियो, ‘जनसरोकारको विषयमा कोही कसैसँग सम्झौता नगरी उच्च प्राथमिकताका साथ कटिबद्ध भएर काम गरेका छौँ।’

उनको दाबी एकातिर छ, प्रहरीले संकलन गरेको प्रमाण अर्कैतिर छ।

प्रतीकका बाबु बादल राजनीतिक व्यक्ति थिए। राजनीतिक व्यक्तिका निम्ति आरोप सामान्य कुरा हो। कतिपय निर्णयले वाहीवाही पाउने र कतिपय निर्णय विवादमा फस्ने विषय पनि राजनीतिमा चलिराख्छ। कहिले सार्वजनिक सम्मान र कहिले जेल यात्रा राजनीतिक नेताहरुका सामान्य उपक्रम हुन्। यद्यपि यो प्रकरण अहिलेसम्म बादलका सन्दर्भमा मौनप्रायः छ।

Ncell 2
Ncell 2
nimb
nimb

तर बादलपुत्र प्रतीक थापा यो प्रकरणमा मुछिएका छन्। उनीमाथिको आरोपको पटाक्षेप होला नै, अहिलेसम्म सार्वजनिक विषयले उनले बाबुको पदीय शक्तिको दुरुपयोग गरेको देखिन्छ। बाबु बादललाई प्राप्त गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न सहयोग पुगोस् भनेर उनैले सचिवालयमा राखेका प्रतीक भने आपराधिक गतिविधिमा संलग्न रहेको भन्ने नै अहिलेसम्मको प्रहरी अनुसन्धानले देखाउँछ।

बादल मात्रै होइन, यो प्रकरणमा टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप पनि मुछिएका छन्। दुवैलाई प्रहरीले पक्राउ गरिसकेको छ। तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई र उनका छोरा निरज पनि मुछिएका छन्।

उल्लेखित नाता सम्बन्धले बाबुको सचिवालयमा रहेका सन्तानको बदनाम शैलीलाई देखाउँछ। बाबुछोरा मात्रै होइन, आरजु राणा र मञ्जु खाण जस्ता नेताहरु श्रीमानको शक्ति दुरुपयोगसँग जोडिएका छन्। मञ्जुका श्रीमान् बालकृष्ण खाण भने शरणार्थी प्रकरणमै पक्राउ परिसकेका छन्। उनीहरु सबैमाथि केही न केही रकम लिएको आरोप छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै पुत्री गंगा दाहाल उनकै सचिवालयमा छिन्। उनीमाथि प्रकरण विशेषमा नाम जोडिएको त छैन। तर अनौपचारिक रुपमा प्रश्नहरु उठिरहेका छन्। जसका पटाक्षेप प्रचण्ड शक्तिबाट बाहिरिएका दिनमा नहोला भन्न सकिन्न।

परिवारको एउटा व्यक्ति पदमा पुग्ने र बाँकी विचौलिया कार्यमा मुछिने सन्दर्भ नयाँ होइन। अझ सचिवालयमै रहेर काम गर्ने सन्तान वा आफन्तको मुख्य काम नै त्यही हो भन्ने आम विश्वास छ। यस्तो किन हुन्छ र भइरहेको छ? पछिल्लो प्रकरणलाई सन्दर्भमा लिँदै राजनीतिक विश्लेषक राजेन्द्र महर्जनले पार्टीहरुको निजीकरणलाई व्याख्या गरे।

‘राजनीतिसँगै पार्टीहरु जुन किसिमले निजीकरण भएका छन्। त्यसको एउटा ठूलो संकेत हो पछिल्लो प्रकरण। शक्तिमा हुँदाखेर उसले वरिपरि के देख्छ? र, कसलाई पोस्छ? भन्ने कुराको संकेत पनि हो’, उनले भने।

सत्ता वा शक्तिमा हुँदा आफन्त र आसेपासेभन्दा पर नजर नपुर्‍याउनेहरुको अवस्थिति पनि यो प्रकरणले देखाएको महर्जनको बुझाइ छ। 

‘आफन्त वा आसेपासे भएपछि भ्रष्टाचार गर्न होस् वा अन्य नीति निर्माण तहमा पुर्‍याउने प्रभावका निम्ति सञ्जाल बढाउन सजिलो हुन्छ। कुनै गोप्य कुरा गर्नु पर्‍यो भने पनि धेरै बाहिर नजाने भयो। त्यस्तै, फाइदा हुने काम भयो भने पनि धेरै बाँड्नु नपर्ने भयो। अनि गोप्यता पनि भंग नहुने भयो’, पदमा पुगेकाहरुले परिवारका सदस्यलाई सचिवालयमा राख्नुको कारण खोतल्दै उनले भने।

नेकपा एमालेले कुनै बेला मन्त्रीका सचिवालयमा बस्ने सदस्यहरुको नियुक्ति पार्टीकै तर्फबाट पठाउँथ्यो भन्ने सो पार्टीका नेताहरु बताउँछन्। तर आजकाल त्यस्तो छैन। सत्तामा गइरहने अन्य पार्टीहरुमा त त्यस्तो अभ्यास नै थिएन। जसले गर्दा मन्त्रीहरुले आफूलाई सबै कोणबाट सहज हुने व्यक्तिलाई प्राथमिकता दिन थालेको पाइन्छ। त्यस्ता व्यक्ति खोज्दै जाँदा उनीहरु परिवारकै सदस्यमा पुग्ने गरेको उदाहरण भेटिन्छ।

पार्टीहरुले मन्त्री बनाउँदै गर्दा उसलाई सहयोग गर्ने टिम उसले आफ्नै तजबिजीले राख्ने परम्पराले प्रतिबद्ध कार्यकर्ताहरु किनाराकृत हुँदै पार्टीहरु निजी संस्था बन्न पुगेको ठान्छन्, महर्जन। ‘यसले के पनि देखाउँछ भने पार्टीहरु निजी संस्था, निजी हितहरु पोषण गर्ने हतियार मात्र भए’, उनले भने।

यस्तो प्रवृत्तिले पार्टीहरुको योग्यतम कार्यकर्ताको परिभाषा बदलिएको बताउँछन्, महर्जन। ‘पार्टी भनेको आम मान्छेहरुको भएको स्थितिमा त राम्रो छवि भएकाहरुले स्थान पाउनुपर्ने हो। योग्यतम् मान्छेहरु परिचालन गर्नुपर्ने हो’, उनी भन्छन्, ‘अहिले योग्यतम् मान्छे भनेकै हाम्रो, त्यो भन्दा पनि आफ्नै छोरा–छोरी भएको कुराहरु यिनै घटनाक्रमहरुले पुष्टि भएको छ।’

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १२:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
आज देशैभर कांग्रेसको पालिका अधिवेशन नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। सो पार्टीको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्न... बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान ११:०० बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको... बुधबार, असोज ७, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ लामिछानेले नेपालको राष्ट्रिय हित तथा नेपालका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न प्रधानमन्त्री शाहको भ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै बुधबार, असोज ७, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्