• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस २५, २०८२ Fri, Jan 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सचिवालयमा सन्तान : भरथेगभन्दा बद्नाम

64x64
ईश्वर बराल शुक्रबार, जेठ ५, २०८०  १२:३९
1140x725

राजनीति कम्पनी प्रालि
लेखामा साला-साली 
परिवारले प्रशासन चलाउने
योजना सबै बनाउने

हरिवंश आचार्यको शब्द र स्वर रहेको गीत ‘हाम्म हाम्म’को उल्लेखित हरफले नेपालको राजनीतिको पछिल्लो परिदृश्यलाई प्रष्ट पार्छ। राजनीतिक नेतृत्वले लाभको पद पाउने बित्तिकै आफ्नै परिवारका सदस्यलाई सचिवालयमा राख्ने र उनीहरुकै योजना अनुसार कुकृत्य हुने गरेका कैयौँ घटना सार्वजनिक भइरहेकै बेलामा आचार्यको गीत झन् बढी सान्दर्भिक भएको छ।

पछिल्ला दिनमा चर्चामा रहेको नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने प्रकरणमा केही प्रभावशाली बाबुका सन्तान पनि मुछिए। रामबहादुर थापा बादल गृहमन्त्री रहँदा उनकै सचिवालयमा रहेका उनका पुत्र प्रतीक थापा फरार हुनुपर्ने स्थिति उत्पन्न भएको छ। बादल गृहमन्त्री छँदा नै शरणार्थीसम्बन्धी कार्यदल गठन भएको थियो।

बादलपुत्र प्रतीकका सम्बन्धमा यसअघि अनेक सवालमा प्रश्न नउठेको होइन। तर, ती विषय त्यतिकै सेलाए। तर यो प्रकरणमा भने उनी फरार भएका छन्। जसले उनको संलग्नताको आरोपलाई थप बलियो बनाएको छ।

रोचकचाहिँ के छ भने, उनले यस सम्बन्धमा गत वैशाख २१ गते विज्ञप्ति निकालेका थिए। शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी त सामान्य र स्वाभाविक भइहाल्यो। तर, गृहमन्त्रालयको कार्यभार नै आफूलाई दिइएको जस्तो भान हुने गरी विज्ञप्ति सार्वजनिक गरे।

‘हामीले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दा जनताका लागि सधैँ न्यायको पक्षमा काम गरेका छौँ’, प्रतीकको विज्ञप्तिमा भनिएको थियो, ‘जनसरोकारको विषयमा कोही कसैसँग सम्झौता नगरी उच्च प्राथमिकताका साथ कटिबद्ध भएर काम गरेका छौँ।’

उनको दाबी एकातिर छ, प्रहरीले संकलन गरेको प्रमाण अर्कैतिर छ।

प्रतीकका बाबु बादल राजनीतिक व्यक्ति थिए। राजनीतिक व्यक्तिका निम्ति आरोप सामान्य कुरा हो। कतिपय निर्णयले वाहीवाही पाउने र कतिपय निर्णय विवादमा फस्ने विषय पनि राजनीतिमा चलिराख्छ। कहिले सार्वजनिक सम्मान र कहिले जेल यात्रा राजनीतिक नेताहरुका सामान्य उपक्रम हुन्। यद्यपि यो प्रकरण अहिलेसम्म बादलका सन्दर्भमा मौनप्रायः छ।

Ncell 2
Ncell 2

तर बादलपुत्र प्रतीक थापा यो प्रकरणमा मुछिएका छन्। उनीमाथिको आरोपको पटाक्षेप होला नै, अहिलेसम्म सार्वजनिक विषयले उनले बाबुको पदीय शक्तिको दुरुपयोग गरेको देखिन्छ। बाबु बादललाई प्राप्त गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न सहयोग पुगोस् भनेर उनैले सचिवालयमा राखेका प्रतीक भने आपराधिक गतिविधिमा संलग्न रहेको भन्ने नै अहिलेसम्मको प्रहरी अनुसन्धानले देखाउँछ।

बादल मात्रै होइन, यो प्रकरणमा टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप पनि मुछिएका छन्। दुवैलाई प्रहरीले पक्राउ गरिसकेको छ। तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई र उनका छोरा निरज पनि मुछिएका छन्।

उल्लेखित नाता सम्बन्धले बाबुको सचिवालयमा रहेका सन्तानको बदनाम शैलीलाई देखाउँछ। बाबुछोरा मात्रै होइन, आरजु राणा र मञ्जु खाण जस्ता नेताहरु श्रीमानको शक्ति दुरुपयोगसँग जोडिएका छन्। मञ्जुका श्रीमान् बालकृष्ण खाण भने शरणार्थी प्रकरणमै पक्राउ परिसकेका छन्। उनीहरु सबैमाथि केही न केही रकम लिएको आरोप छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै पुत्री गंगा दाहाल उनकै सचिवालयमा छिन्। उनीमाथि प्रकरण विशेषमा नाम जोडिएको त छैन। तर अनौपचारिक रुपमा प्रश्नहरु उठिरहेका छन्। जसका पटाक्षेप प्रचण्ड शक्तिबाट बाहिरिएका दिनमा नहोला भन्न सकिन्न।

परिवारको एउटा व्यक्ति पदमा पुग्ने र बाँकी विचौलिया कार्यमा मुछिने सन्दर्भ नयाँ होइन। अझ सचिवालयमै रहेर काम गर्ने सन्तान वा आफन्तको मुख्य काम नै त्यही हो भन्ने आम विश्वास छ। यस्तो किन हुन्छ र भइरहेको छ? पछिल्लो प्रकरणलाई सन्दर्भमा लिँदै राजनीतिक विश्लेषक राजेन्द्र महर्जनले पार्टीहरुको निजीकरणलाई व्याख्या गरे।

‘राजनीतिसँगै पार्टीहरु जुन किसिमले निजीकरण भएका छन्। त्यसको एउटा ठूलो संकेत हो पछिल्लो प्रकरण। शक्तिमा हुँदाखेर उसले वरिपरि के देख्छ? र, कसलाई पोस्छ? भन्ने कुराको संकेत पनि हो’, उनले भने।

सत्ता वा शक्तिमा हुँदा आफन्त र आसेपासेभन्दा पर नजर नपुर्‍याउनेहरुको अवस्थिति पनि यो प्रकरणले देखाएको महर्जनको बुझाइ छ। 

‘आफन्त वा आसेपासे भएपछि भ्रष्टाचार गर्न होस् वा अन्य नीति निर्माण तहमा पुर्‍याउने प्रभावका निम्ति सञ्जाल बढाउन सजिलो हुन्छ। कुनै गोप्य कुरा गर्नु पर्‍यो भने पनि धेरै बाहिर नजाने भयो। त्यस्तै, फाइदा हुने काम भयो भने पनि धेरै बाँड्नु नपर्ने भयो। अनि गोप्यता पनि भंग नहुने भयो’, पदमा पुगेकाहरुले परिवारका सदस्यलाई सचिवालयमा राख्नुको कारण खोतल्दै उनले भने।

नेकपा एमालेले कुनै बेला मन्त्रीका सचिवालयमा बस्ने सदस्यहरुको नियुक्ति पार्टीकै तर्फबाट पठाउँथ्यो भन्ने सो पार्टीका नेताहरु बताउँछन्। तर आजकाल त्यस्तो छैन। सत्तामा गइरहने अन्य पार्टीहरुमा त त्यस्तो अभ्यास नै थिएन। जसले गर्दा मन्त्रीहरुले आफूलाई सबै कोणबाट सहज हुने व्यक्तिलाई प्राथमिकता दिन थालेको पाइन्छ। त्यस्ता व्यक्ति खोज्दै जाँदा उनीहरु परिवारकै सदस्यमा पुग्ने गरेको उदाहरण भेटिन्छ।

पार्टीहरुले मन्त्री बनाउँदै गर्दा उसलाई सहयोग गर्ने टिम उसले आफ्नै तजबिजीले राख्ने परम्पराले प्रतिबद्ध कार्यकर्ताहरु किनाराकृत हुँदै पार्टीहरु निजी संस्था बन्न पुगेको ठान्छन्, महर्जन। ‘यसले के पनि देखाउँछ भने पार्टीहरु निजी संस्था, निजी हितहरु पोषण गर्ने हतियार मात्र भए’, उनले भने।

यस्तो प्रवृत्तिले पार्टीहरुको योग्यतम कार्यकर्ताको परिभाषा बदलिएको बताउँछन्, महर्जन। ‘पार्टी भनेको आम मान्छेहरुको भएको स्थितिमा त राम्रो छवि भएकाहरुले स्थान पाउनुपर्ने हो। योग्यतम् मान्छेहरु परिचालन गर्नुपर्ने हो’, उनी भन्छन्, ‘अहिले योग्यतम् मान्छे भनेकै हाम्रो, त्यो भन्दा पनि आफ्नै छोरा–छोरी भएको कुराहरु यिनै घटनाक्रमहरुले पुष्टि भएको छ।’

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १२:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता भेटमा नेकपा नेता वर्षमान पुनको समेत सहभागी थिए । बिहीबार, पुस २४, २०८२
२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो उनले कांग्रेस कार्यसम्पादन बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै कार्यवहाक सभापति पूर्णबहादुर खड्कामार्फत देउवालाई सहभागी हुनका ला... बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन अनुरोध गर्ने कांग्रेसको निर्णय उक्त हस्ताक्षर फिर्ता लिने निर्णयमा महामन्त्री गगन थापा र फरमुल्ला मन्सुरले भने असहमति जनाएका थिए । बिहीबार, पुस २४, २०८२
ताजा समाचारसबै
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता बिहीबार, पुस २४, २०८२
२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन अनुरोध गर्ने कांग्रेसको निर्णय बिहीबार, पुस २४, २०८२
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्