• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

नक्कली भुटानी शरणार्थी प्रकरण : चम्किलो प्रहरी छवि जोगाइराख्ने चुनौती

यतिबेला प्रहरीलाई सरकार, राजनीतिक दल र सर्वसाधारणको सहयोग चाहिएको छ : सुरक्षा विज्ञ बुढाथोकी
64x64
नेपाल लाइभ मंगलबार, जेठ २, २०८०  १९:०९
1140x725

काठमाडौं- ‘कुनै पनि मुद्दामा प्रसंग उल्लेख भएका व्यक्तिलाई फौजदारी मुद्दाको अनुसन्धान अधिकारीले सोधपुछ गरी फ्याक्ट इन इस्युको निरुपण गर्नुपर्छ। ठूला वा साना व्यक्ति भनेर, यो वा त्यो राजनीतिक प्रभावमा परेर प्रभावित हुने प्रवृत्तिले प्रहरीको व्यावसायिकता खस्किन्छ, न्याय सम्पादनमा कुठाराघात हुन्छ। माथिको आदेशानुसार गरेर आफ्नो व्यावसायिक छवि उपर प्रहरीले सम्झौता गर्दैन भन्ने एउटा विश्वास छ।’

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्जमा भएको ठगी प्रकरणमा ‘हाई प्रोफाइल’ व्यक्तिहरु पक्राउ पर्न सुरु गरेपछि पूर्व डीआईजी तथा नेकपा एमालेका नेता नवराज सिलवालले प्रहरीले व्यावसायिकता र छविमा सम्झौता नगर्ने भन्ने प्रमाणित गरेको आसय व्यक्त गर्दै सामाजिक सञ्जालमा लेखे।

एक अर्ब रुपैयाँभन्दा बढीको यो ठगी प्रकरणको अनुसन्धान हाई प्रोफाइल व्यक्तिसम्म पुग्दैन र उनीहरु पक्राउ पर्दैनन् भन्ने आम आशंकालाई अनुसन्धान अधिकारीले गलत सावित गरिदिए। आम आशंका विपरीत प्रभावशाली नेता, पूर्वगृहमन्त्री, उपप्रधानमन्त्रीदेखि बहालवाला सांसद र नेपाल सरकारका सचिवसम्मका व्यक्तिलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रहरीले उच्च तहका व्यक्तिसम्मलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि भ्रष्टाचारका विरुद्ध भन्दै सर्वसाधारणले सडकमा प्रदर्शन नै गरे। वैशाख ३० गते काठमाडौंमा भएको भ्रष्टाचार विरुद्धको प्रदर्शन त प्रहरीको प्रशंसामा परिणत भइदियो। भुटानी शरणार्थी प्रकरणमा प्रहरीले साहसिक काम गरेको भन्दै सर्वसाधारणले प्रहरीलाई पुष्पगुच्छा दिएर हौसला बढाए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्रीसमेत रहेका सांसद रवि लामिछानेले प्रहरी जवानको हातमा फूल थमाउँदै स्यालुट नै हाने।

प्रहरीले भुटानी शरणार्थी प्रकरणमा गरेको साहसिक कामको अहिले सडकदेखि सञ्जालसम्म प्रशंसा छ। यो प्रकरणले प्रहरीको छवि थप उज्यालिएको सुरक्षा विज्ञहरु पनि बताउँछन्। उच्च तहका राजनीतिक व्यक्तिदेखि जोडिएको यो प्रकरणमा प्रहरीले जुन ढंगले काम गरेको छ, त्यसको सबैले प्रशंसा गर्न कन्जुस्याईं गर्न नहुने सुरक्षा विज्ञ शोभाकर बुढाथोकीको बुझाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘प्रहरीको यो साहसिक कामले प्रहरी संगठनको मात्रै होइन, मुलुककै छवि उचो हुन्छ,’ बुढाथोकी भन्छन्, ‘अन्तर्राष्ट्रिय जगतको समेत चासो रहेको यो प्रकरणमा प्रहरीले आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती पनि सँगै छ।’

यो प्रकरणमा प्रहरीसँगै सरकारी वकिल कार्यालयदेखि अदालतसम्मको भूमिका पनि मुख्य रहन्छ। पहिलो अनुसन्धानकर्ता प्रहरी भएकाले मुद्दा कति बलियो बनाएर प्रस्तुत गर्ने भन्ने मुख्य जिम्मेवारी प्रहरीकै हुन्छ। जस कारणले अहिले प्रहरीलाई सरकारको मात्रै नभएर सबै राजनीतिक दलदेखि सर्वसाधारण समेतको सहयोग आवश्यक रहेको बुढाथोकीले बताए। 

‘यसमा एमाले, कांग्रेसका हाई प्रोफाइल नेताहरु पनि जोडिएका छन्। जसका कारण प्रहरी स्वतन्त्र अनुसन्धान गर्न ती पार्टीहरुले पनि सहयोग गर्नुपर्छ। सरकारको भूमिका त मुख्य रहने नै भयो। त्यहाँमाथि काम गर्ने प्रहरीको मनोबल उच्च बनाउन सर्वसाधारणको पनि साथ सहयोग चाहिन्छ,’ बुढाथोकीले भने। योसँगै यही केसमा प्रहरीसँग अर्को चुनौती छ। प्रहरीले बिना प्रमाण कसैलाई पक्राउ गर्दिनँ भनेर प्रमाणित पनि गर्नुपर्ने बेला भएको उनको बुझाइ छ। यो प्रक्रियामा भने सरकारी वकिलदेखि अदालतसम्मको भूमिका पनि मुख्य हुनेछ।

Xtrem
Xtrem

कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेको भन्दै गिरेको प्रहरी साखलाई भुटानी शरणार्थी प्रकरणले उजिल्याएको छ। यो प्रकरणमा प्रहरीले गम्भीर गल्ती गरेको भन्दै ठूलो आलोचना समेत भएको थियो। यसभन्दा अघि साढे ३३ किलो सुन प्रकरणमा प्रहरीका उच्च अधिकारी नै पक्राउ पर्दै जेल गएपछि प्रहरीको भूमिकामाथि नै प्रश्न उठेको थियो। पछि अदालतले सफाइ दिएपछि निर्दोष प्रहरी अधिकारीहरु जेल गएको भन्दै जोखिम मोलेर कोभर्टका काम गर्न प्रहरी अधिकारीहरु हच्किने गरेका थियो। अहिले भुटानी शरणार्थी प्रकरणमा हाई प्रोफाइल व्यक्तिलाई पक्राउ गर्दै प्रहरीले आफूलाई व्यावसायिक भएको प्रमाणित गरेको छ।

यो प्रकरणमा प्रहरीदेखि सरकारको कदमको समेत प्रशंसा गर्नुपर्ने पूर्व डीआईजी हेमन्त मल्ल बताउँछन्। ‘मन्त्री, सांसददेखि सचिवसम्म जोडिएको यो प्रकरणमा सरकारको दरिलो साथ बिना अनुसन्धान सम्भव छैन। प्रहरीसँगै सरकारको साथ पनि प्रशंसायोग्य छ,’ मल्लले भने। 

धुमिल छवि चम्काउन जति मिहिनेत गर्नुपर्छ, त्यसलाई टिकाइराख्न पनि त्यति नै चुनौतीपूर्ण छ। प्रहरी अधिकारीका एक/दुई वटा खराब घटनाले यस्ता कामहरु ओझेल पार्छन्। ‘प्रहरीको छवि अहिलेको घटनाले चम्काएको छ। यसलाई टिकाइराख्न प्रहरीले उच्च व्यावसायिकता कायम राख्न सक्नुपर्छ। त्यसका लागि प्रहरीलाई सरकारदेखि सबैको साथ चाहिन्छ,’ मल्लले भने।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १९:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी
कान्तिलोक पथमा खसेको पहिरो हटाइयो
सम्बन्धित सामग्री
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेन्टभित्र लुकाएर ल्याइएको ५३५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ परेका छन्। बिहीबार, असोज ८, २०८३
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई यससम्बन्धी निर्देशन पठाएको छ। मन्त्रालयले सुरक्षा... बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान सीआईबीका अनुसार १५६ जनालाई इजरायल पठाइदिने भन्दै चौलागाईं र सिवाकोटीले करिब २ करोड ५० लाख रुपैयाँ उठाएको प्रारम्भिक अनुसन्धानबाट खुल... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने शनिबार, असोज १०, २०८३
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी शनिबार, असोज १०, २०८३
कान्तिलोक पथमा खसेको पहिरो हटाइयो शनिबार, असोज १०, २०८३
बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध शनिबार, असोज १०, २०८३
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्