काठमाडौँ–नेपाली कांग्रेसकी सांसद तथा परराष्ट्रमन्त्री समेत रहेकी आरजु राणा देउवाले स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दा पेसीमा चढेको छ।
मंगलबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा पेसी तोकिएको हो।
सिंहले राणालाई नक्कली शरणार्थी प्रकरणमा मुछिएको भ्रष्ट महिला भएको टिप्पणी गरेका थिए।
त्यसपछि उनले आफूमाथि गाली बेइज्जती गरिएको भन्दै सिंहविरुद्ध २०८० जेठ २४ गते जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।