काठमाडौं – प्रहरीले झण्डै २५ करोड भन्दा बढि रुपैयाँ बोकेको ट्रकसहित २ जनालाई काठमाडौँबाट नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बिहान एउटा ट्रकबाट उक्त रकमसहित चालक र अर्का एक जनालाई पक्राउ गरेको हो । ना१ख १६५२ नम्बरको एउटा ट्रकबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।
अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार बरामद रुपैयाँ गन्ने काम भइरहेको छ । प्रहरीले अपरान्ह दुई बजे पत्रकार सम्मेलनगरी बरामद रकम र पक्राउ परेका व्यक्ति सार्वजनिक गर्ने तयारी गरेको बस्नेतले जानकारी दिए । बरामद रकम नेपालीसँगै विदेशी मुद्रासमेत रहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।