• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार १०, २०८३ Wed, Jun 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कोशी प्रदेश: कांग्रेसलाई सत्ता चढ्न हतार, अनिर्णित माओवादी केन्द्र

64x64
ईश्वर बराल मंगलबार, जेठ २, २०८०  ०८:३२
1140x725

काठमाडौं– कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापा सांसदहरुको टोलीसहित केही दिनदेखि काठमाडौंमा छन्। उनी सांसदहरुको टोली बनाएर पछिल्लो २ महिनामा काठमाडौं आएको यो दोस्रो पटक हो। उनी यसरी काठमाडौं धाउनुको कारण कोशी प्रदेशमा सत्ता समीकरण फेरबदल गर्न नेतृत्वलाई दबाब दिनु हो। 

गत पुस १० को एमाले-माओवादी गठबन्धन फागुन १३ मा परिवर्तन भएसँगै केन्द्र सरकारको समीकरण फेरबदल भएको छ। एमालेले नेतृत्व गरेका प्रदेश सरकारहरु कांग्रेसले नेतृत्व गरिरहेको छ भने एमाले बाहिरेसँगै कांग्रेसले माओवादीलाई समर्थन दिएर सरकार जोगाएको छ। तर कोशी मात्र यस्तो प्रदेश हो जहाँ एमाले–माओवादी केन्द्रको साविककै गठबन्धनको सरकार छ। जहाँ एमाले नेता हिक्मत कार्कीले प्रदेश सरकारको नेतृत्व गरिरहेका छन्।

एमाले नेतृत्वमा रहेका अन्य प्रदेशमा कांग्रेसका नेताले नेतृत्व लिएसक्दा आफू भने सत्ता बाहिर रहिरहनु परेपछि थापा नेतृत्वको टोली पार्टी सभापति शेरबहादुर देउवामार्फत् माओवादी केन्द्रलाई कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताका लागि दबाब बढाउन भनिरहेका छन्। सभापति देउवाले कतिको पहल गरे त्यसको नतिजा आएपछि थाहा होला, तर अहिलेलाई थापा स्वयम् पनि देउवा–प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्षबीच सहमति नबनी सत्ताको नेतृत्व पाइँदैन भन्नेमा ढुक्क छन्। 

नेपाल लाइभसँग कुरा गर्दै सांसद थापा आफूहरुले नेतृत्वलाई भेटेर दबाब दिन काम गरेको तर अब नेतृत्वले के सहमति गर्छ कुरेर बस्नुको विकल्प नरहेको बताउँछन्। 

‘हाम्रो मिसन भनेको सभापतिज्यूलाई भेटेर निर्णय गरिदिनुहोस् भन्ने थियो। हामीले भन्यौँ। सभापतिज्यूले अन्य दलको नेतृत्वसँग छलफल गरेर सहमतिमा पुग्ने बताउनुभएको छ,’ थापा भन्छन्। 

अघिल्लो पटक आउँदा प्रधानमन्त्री प्रचण्ड, नेता नेपाललाई भेटेको थापा नेतृत्वको संसदीय समूहले यस पटक पार्टी सभापतिलाई मात्र भेटेर अनुरोध गरेको उनी बताउँछन्। 

‘यही विषयलाई लिएर अघिल्लो पटक अन्य दलका नेतृत्वलाई भेटेका थियौँ। तर यो पटक भने सभापतिज्यूलाई मात्र भेट्यौँ,’ थापा भन्छन्। 

थापा कृष्ण सिटौला प्यानलका हुन्। उनलाई पनि प्रदेश संसदीय दल भित्र एकमना सत्ताको नेतृत्व गर्छु भनेर सहमति लिन कठिन छ। किनभने, उक्त प्रदेशमा देउवा समूह बलियो हुँदाहुँदै भागबण्डा मिलाउन सिटौला समूहका थापालाई संसदीय दलको नेता बनाइएको थियो। थापाले त्यो कुरा बुझेका छन्। र, उनलाई प्रदेशको राजनीतिक अङ्क गणितको कठिनाइ पनि थाहै छ। त्यही भएर उनी माथि नमिली तल केही मिल्दैन भन्छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

थापा भन्छन्, ‘यो विषय केन्द्रबाटै टुङ्गिनुपर्छ, तलबाट केही हुँदैन। त्यही भएर हामी त केही निर्णय हुन्छ भनेर करिब हप्ता दिनदेखि कुरिरहेका छौँ। अब ४ गते प्रदेश संसदीय दलको बैठक छ। त्यो बेला भने हामी विराटनगर पुग्छौँ।’

थापाले इंगित गरे जस्तो कोशी प्रदेशको राजनीतिक समीकरण आफैंमा अप्ठ्यारो छ। त्यही भएर उनी यो विषय केन्द्रबाटै हल हुनुपर्छ भन्नेमा छन्। 

कोशी प्रदेशको सत्ता समीकरणमा फेरबदल ल्याउन पहिलो कदम भनेकै माओवादी केन्द्रले कार्कीलाई दिएको समर्थन फिर्ता लिएर हुन्छ। तर दुई मन्त्री सहित कार्की नेतृत्वको सरकारमा रहेको माओवादी केन्द्र तत्काल समर्थन फिर्ता लिने अवस्थामा देखिँदैन। 

माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो आफ्नो पार्टीमा तत्काल सरकारबाट बाहिरिने विषयमा कुनै छलफल नभएको बताउँछन्।

‘सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा कुनै छलफल भएकै छैन। तत्काल समर्थन फिर्ता हुँदैन,’ नेपाल लाइभसँग कुरा गर्दै आङ्बोले भने, ‘नयाँ समीकरणका बारेमा छलफल सुरु भएको छैन।’

सो पार्टीबाट जीवन आचार्य पर्यटन मन्त्री र दुर्गाप्रसाद चापागाईं सहरी विकासमन्त्री रहेका छन्।

कार्कीकै मन्त्रिपरिषद्मा रहेका १ मन्त्री पनि माओवादी केन्द्र सरकार तत्काल सरकारबाट बाहिरिनेमा कुनै सत्यता नरहेको दाबी गर्छन्। 

यो प्रदेशको प्रदेश सभामा ९३ सांसद छन्। सरकारका लागि आवश्यक बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ। कार्की नेतृत्वको वर्तमान सरकार एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ सांसदको समर्थनमा बनेको छ। बाँकी रहेका कांग्रेसका २९ र एकीकृत समाजवादीका ४ सांसद भने विपक्षमा छन्।

संघमा बनेको समीकरण अनुसार माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिनेबित्तिकै कार्की नेतृत्वको सरकार ४६ सांसदको समर्थनले झिनो अल्पमतमा पर्छन्। त्यसपछि बल्ल अर्को सरकारको गठन प्रक्रिया सुरु हुन्छ।

झट्ट हेर्दा एमाले-राप्रपा बाहेकको मौजुदा संघीय समीकरण अनुसार गठबन्धन बन्दा यो प्रदेशमा सरकार गठनका लागि आवश्यक ४७ सांसद संख्या पुग्छ। तर त्यो बाटो सजिलो छैन। त्यसका पछाडि राजनीतिक दाउपेच छन्। त्यसको पृष्ठभूमिमा राप्रपाको राजनीतिक दाउ प्रधान देखिन्छ।

पछिल्लो गठबन्धनलाई सरकार गठनका लागि ४७ सांसद पर्याप्त रहे पनि माओवादी केन्द्रका सांसद बाबुराम गौतम सभामुख रहेकोले उनी निर्णायक बाहेकको मतदानमा सहभागी हुन पाउने छैनन्। 

यस्तो अवस्थामा कतै पनि बहुमत नपुग्ने भएकोले कोशी प्रदेशमा पुस १० कै गठबन्धन अनुसारकै कार्की सरकारले निरन्तरता पाइरहेको हो। यो राजनीतिक-संवैधानिक बाध्यता बुझेका कांग्रेस बाहेकका इतर दलहरु अहिले नयाँ सरकार गठनका लागि कुनै कसरतमा रहेका छैनन्। 

माओवादीले फिर्ता लिए हामी पनि फिर्ता लिन्छौं : जसपा
१ मात्र सांसद रहेको जसपा भने माओवादी केन्द्रले समर्थन फिर्ता लिए आफूले पनि फिर्ता लिने तयारीमा रहेको छ। सो पार्टीकी सांसद निर्मला तावा लिम्बु कार्की नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री छिन्।

‘हामीलाई दबाब छ। सरकार ढाल्नेमा गए मध्यावधिमा जान सक्छ। सबै प्रक्रिया पूरा भएमा मात्र सरकार छाड्ने प्रक्रिया अघि बढ्छ। माओवादी सम्मिलित सरकार रहेकोले उसले समर्थन कायम राखुन्जेल सरकार प्रष्ट बहुमतमा रहन्छ। उसले छाड्दा केन्द्रमा एक किसिमको समझदारी हुन्छ। त्यसै अनुसार हामी पनि सरकारबाट बाहिरन्छौं,’ नेपाल लाइभसँग कुरा गर्दै जसपा कार्यकारिणी सदस्य अर्जुन थापाले भने।

राप्रपा पनि सत्ताको नेतृत्व प्राप्त गर्ने दाउमा
यो प्रदेशमा निर्णयकमध्येको १ हो राप्रपा। यसका ६ सांसदलाई आफ्नो पक्षमा पार्न कांग्रेस-माओवादी केन्द्रले कसरत गर्दै आएका छन्। यो गठबन्धनमा आए स्पष्ट बहुमत पुग्ने हुन्छ। तर निर्णायक बनेको राप्रपा आफूले पनि सत्ताको नेतृत्व गर्न पाउनुपर्ने माग अघि सारेको छ। तर यसका संसदीय दलका नेता तथा मन्त्री भक्तिप्रसाद सिटौला आफूहरुले नयाँ सरकारका लागि कुनै दाबी नगरेको बताउँछन्। 

‘नयाँ सरकार बन्न पहिला भएको सरकार अल्पमतमा पर्नु पर्यो्। त्यस्तो स्थिति पनि छैन,’ सिटौला भन्छन्। नयाँ सरकारको नेतृत्वका लागि दाबी गर्नुभएको हो भन्ने नेपाल लाइभको प्रश्नमा उनी भन्छन्, ‘हामीले दाबी गरेको छैन। अनौपचारिक रुपमा बहुमत पुर्यानउन गठबन्धन बनाएर अघि बढ्दा त्यस्ता विषयमा पनि छलफल गरौँ भन्नेसम्म छ। तर हामीले मागेका पनि छैनौँ। प्रस्ताव गरेका पनि छैनौं।’

एमालेलाई ढुक्क
एमाले भने अहिले ढुक्क मनस्थितिमा रहेको छ। यसै पनि संघदेखि प्रदेश सरकारबाट बाहिरिने क्रममा रहेको एमाले अहिले आफ्नै नेतृत्वमा बहुमत सहितको सरकार हाँकेको एक मात्र प्रदेश रहेकोले ढुक्कले काम गरिरहेको बताउँछन् एमाले मन्त्री तिलकुमार मेन्याङ्बो। 

‘हामी बहुमत सांसदको समर्थनमा सरकारको नेतृत्व गरिरहेका छौं। साथीहरु हुनुहुन्छ, उहाँहरुले हामीलाई सहयोग गरिरहनुभएको छ। संघमा नयाँ गठबन्धन बने पनि हाम्रो प्रदेशमा त्यसको असर छैन,’ मन्त्री मेन्याङ्बोले भने, ‘संघमा बनेको गठबन्धनपछि पनि हामीले सर्वसम्मत रुपमा प्रदेशको नामकरण गरेका छौं। अहिले बजेट बनाइरेहका छौँ। त्यसकारण यहाँ तत्काल नयाँ सरकार बन्ने स्थिति छैन।’
 

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ०८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
रवि लामिछाने सभापतिमा निर्विरोध बुधबार, असार १०, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक रास्वपाको चितवनमा जारी महाधिवेशन अन्तरगत बन्दसत्र सकिएलगत्तै रविले उम्मेदवारी दर्ता गराएका हुन् । रास्वपा महाधिवेशनमा सभापति र केन्द... मंगलबार, असार ९, २०८३
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी मंगलबार, असार ९, २०८३
ताजा समाचारसबै
रवि लामिछाने सभापतिमा निर्विरोध बुधबार, असार १०, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
रास्वपाको आम्दानी १२ करोड २४ लाख मंगलबार, असार ९, २०८३
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी मंगलबार, असार ९, २०८३
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
२८ वर्षपछि विश्वकप खेलेको नर्वे नकआउट चरणमा प्रवेश मंगलबार, असार ९, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
आज कहाँ-कहाँ हुनेछ वर्षा ? मंगलबार, असार ९, २०८३
विष्णु पौडेललाई यसरी गराइयो सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्