• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

१७ वर्षअघि ढलेका ‘जिउँदो शहीद’ नबोलेरै बिदा भए

64x64
समर्पण श्री बिहीबार, वैशाख २८, २०८०  २१:३७
1140x725

बनेपा– ‘फर्क न बाबु। फर्क! मुकेश, ए छोरा...!’ 

आँसुको चित्कारसँगै मिरा कायस्थ छोरालाई पुकारिरहेकी थिइन्। वरिपरीका महिलाहरू भिजेका आँखालाई औंलाले पुछिरहेका थिए। ‘नरुनू दिदी, ऊ भाग्यमानी रैछ,’ मिरालाई सम्हाल्न खोजिरहेकी महिला शान्त्वना दिने प्रयत्न गर्दै थिइन्। 

मिराको आँगनबाट भर्खरै ३२ वर्षीय छोरा मुकेश कायस्थको शव निकालिएको थियो। फूलका मालाहरूले सजिएको शवलाई उनका आफन्तले बोके। केही मिटर पर सडकमा निकालेपछि गाडीमा राखियो। अनि सम्मानका लागि बनेपा नगरपालिकातर्फ लगियो।

 बाबु कृष्णमानका गलिरहेका पाइला गाडीसँगै नगरपालिकातर्फ लम्किए। 

मिराले छोरा मुकेशलाई आँगनबाट रोएरै बिदा गरिन्। ‘उठ न मुकेश, बोल न,’ १७ वर्षदेखि हरेक दिन यसरी छोरालाई बोलाउँथिन् मिरा। 

मुकेश हाँसेजस्तो देखिन्थे। बोल्न खोजेजस्तो गर्थे। मिरालाई आश थियो, ‘एकदिन उठेर आमा भन्ला कि!’

प्रतीक्षाका कयौं दिन बिते। तर मुकेश बोलेनन्। अन्तिमपटक छोरासँगका संवाद उनका कानमा गुन्जिरहे। ‘आज कुकुरलाई भात ख्वाएको छैन। तैँले ख्वाइदे ल,’ २७ चैत्र २०६२ सालमा बिहान मिराले १५ वर्षीय छोरा मुकेशलाई भनेकी थिइन्। ‘तपाईं नै ख्वाउनुस्, म एकछिन बाहिर गएर आउँछु,’ यति भनेर मुकेश निस्किएका थिए। 

देशमा दोस्रो जनआन्दोलन बेसरी चर्किएको थियो। बनेपामा भइरहेको आन्दोलनमा सहभागी हुन टाउकोमा पट्टी बाँधेर उनी ओर्लिएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रहरीले चलाएको गोलीले मुकेशको कन्चट ताक्यो। उनी जमिनमा ढले। त्यससपछि न कहिल्यै उठे, न कहिल्यै बोले। 
१७ वर्षसम्म अर्धचेत रहेका उनी नबोलिकनै संसारबाट बिदा भए।

उठेनन् मुकेश
नगरपालिका परिसरमा पत्रकार देवराज केसी ‘जिउँदो शहीद’ मुकेशको शवमा श्रद्धाञ्जली अर्पण गर्नेहरूको फोटो खिचिरहेका थिए। 

समाचार सामग्री तयार गर्ने हतारो पनि थियो उनलाई। र यति नै बेला देवराजलाई नमीठा झोँकाले हानेका थिए। उनलाई लाग्थ्यो, ‘उठ्नेछन् मुकेश।’ ‘एकदिन त परिवर्तन पक्कै आउँछ, आउनैपर्छ अनि मुकेशले उठ्नैपर्छ। मुकेश उठ्दा उसले चाहेको नेपाल बन्न सकोस्...,’ ०७३ मा प्रकाशित जिउँदो शहीद मुकेश कायथ्थ(ऐतिहासिक ग्रन्थ)मा उनले यी आशाका शब्द कोरेका थिए। 

देवराज तिनै थिए, जसले जनआन्दोलनमा गोलीले ढलेका मुकेशलाई एक्लैले उठाएका थिए। ‘मान्छे मर्‍यो’ भनेर सबै भागिरहेको बखत उनले ती बालकको शरीर चलिरहेको देखे। प्रहरीले हानेको ढुंगा र इँटाको प्रहार सहँदै उनी लडिरहेको बालकतर्फ दौडिए।

Xtrem

Xtrem

मुकेश कायस्थ ग्रन्थमा प्रकाशित संस्मरण(पेज नं २५)मा देवराजले कहालीलाग्दो क्षणबारे उल्लेख गरेका छन्, ‘जीवनमा यस्तो क्षण भोगेको हुँ मैले। मेरो शरीर कामिरहेको थियो। विस्तारै किशोरको शरीर छामेँ, मेरो शरीरभरि काँडा उम्रेको थियो। हात कमाउँदै उनलाई छामेँ। उनको धड्कन चलिरहेको थियो। मलाई नै ताकेर हो वा संयोग केही ईँटाका टुक्रा बजिरहेका थिए। म चिच्याउन थालेँ– आओ अस्पताल लैजाऊँ मर्‍या छैन...!’

उनको चिच्याहट सुनेर आउने हिम्मत कसैले गरेनन्। बालकलाई उठाएर सय मिटर पर पुर्‍याएपछि मात्र २ जनाले साथ दिएका थिए देवराजलाई। त्यतिबेला कक्षा ११ मा पढ्दै गरेका देवराज परिवर्तनका लागि सडकमा ओर्लिएका थिए। 

देवराज पछि पत्रकारितामा लागे। पत्रकारिता गर्दा पटक–पटक उनले मुकेशको खबर छापे। ‘६–६ महिनामा म उसको घर जान्थेँ। मुकेशलाई देख्दा त्यही घटनाको स्मृतिले डस्थ्यो। २० दिन अगाडि पनि म उसको घर पुगेको थिएँ। केही सुधार देखिएको थियो। बोल्न खोजिरहेझैं लाग्थ्यो। तर अचानक बितेको खबरले स्तब्ध बनायो,’ देवराज भन्छन्। 

क्यामेरा तेस्र्याइरहेका देवराजका आँखामा यतिबेला १७ वर्षअगाडिका उही दृश्य मडारिरहेका छन्।

 ३ दिनअघि मुकेशको शरीरमा अचानक इन्फेक्सन देखिएको थियो। उनको अक्सिजन लेभल कम थियो। परिवारले उनलाई शीर मेमोरियल अस्पताल लगे। अस्पतालमा उपचारको क्रममा मुकेशले अन्तिम श्वास फेरे।

‘देशमा भ्रष्टाचार भइरहेको छ। यस्तो बेलामा मुकेशको मृत्युलाई प्रतीकको रुपमा लिन सक्छौं हामी। देशमा राम्रो हुँदैछ भनेर उसले आफ्नो श्वासलाई विश्राम दिएको जस्तो लागिरहेको छ,’ मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले श्रद्धाञ्जली अर्पण कार्यक्रममा भने।

मुकेश हिराकै विद्यार्थी थिए। बनेपाको विद्यासागरमा पढ्ने मुकेश कक्षा ८ को परीक्षा दिएर बसेका थिए। ‘ऊ स्कुलमा राम्रो विद्यार्थी थियो। सबैसँग मिल्थ्यो। हँसिलो थियो,’ हिरा सम्झन्छन्, ‘तर त्यो दिन ऊ र्‍यालीमा सहभागी भएछ। उसलाई गोली लागेको ४५ मिनेटपछि मैले थाहा पाएँ।’

देशमा राजतन्त्रविरुद्धको जनआन्दोलन(०६२/०६३) मा थुप्रै मानिस राज्यपक्षको गोलीबाट ढलिरहेका थिए। चैत्र २६ गते काभ्रे नालाका भीमसेन दाहाललाई पोखरामा सुरक्षाकर्मीले गोली हानी हत्या गरेका थिए। उनको हत्यापछि बनेपामा जनलहर उर्लिएको थियो।

२७ गते कन्चटमा गोली लागेपछि मुकेशलाई थुप्रै महिना अस्पताल लगियो। ११ महिना वीर अस्पताल, ७ महिना न्यूरो अस्पताल, ५ महिना अनामनगरको स्पर्श थेरापा, ३ महिना स्पार्क थेरापी गरी थुप्रै दिन अस्पतालमा बिते। मुकेशलाई गोली लाग्नुअघि उनको परिवारको होटल व्यवसाय थियो। त्यो घटनापछि बा कृष्णमानले होटल बेचेर सारा समय छोराको उपचारमा खर्चिए। मुकेशको उपचारमा डा उपेन्द्र देवकोटादेखि इटालीका डाक्टरसमेत संलग्न भए। तर उनलाई कोमाबाट फर्काउन कसैले सकेनन्।

मुकेशको बा–आमाको आशा थियो– विदेशमा उपचार गराए फर्कन्थ्यो कि! तर उनीहरूको त्यो धोको कसले पूरा गर्ने!

मुकेश अचेत भएको ५ वर्षपछि हिरा शर्मा नेपालको नेतृत्वमा मुकेश कायस्थ प्रतिष्ठान स्थापना भयो। प्रतिष्ठानमार्फत् मुकेशलाई ‘जिउँदो शहीद’ घोषणा गर्न पटक–पटक सरकारलाई माग गरियो। तत्कालीन प्रधानमन्त्रीहरू मुकेशलाई भेट्न आउँदा आश्वासन दिँदै फर्कन्थे। ०६८ मा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले मुकेशलाई ‘जिउँदो शहीद’ घोषणा गर्ने बताएका पनि थिए। यद्यपि, त्यो घोषणा कहिल्यै भएन। 

मुकेशको उपचारको खर्च भने सरकारले नै व्यहोरिरहेको थियो।

गोली लागेर अर्धचेत बनेपछि मुकेशलाई आमा मीरा, बा कृष्णमान, हजुरबा न्हुच्छेमान र हजुरआमा नानीमायाले हेरचाह गर्थे। नाति उठ्छ भन्ने प्रतीक्षा गर्दागर्दै न्हुच्छेमान र नानीमायाले संसार छाडे। 

मुकेशलाई खाना पनि पाइपमार्फत् खुवाउनुपर्थ्यो। उनको हेरचाहमा सिंगो परिवार नै लाग्नुपर्थ्यो। ०६८ पछि सरकारले उनको हेरचाहका लागि नर्सको व्यवस्था पनि गरेको थियो। ‘यतिका वर्षसम्म प्रयत्न गरियो। तर आशा मारिएन। सायद सन्देश छाड्नै बिदा भएका हुन् कि मुकेश,’ हिरा शर्माले भने। 

गुमेका साथी
नगरपालिका परिसरमा आँखा भिजाइरहेका उज्ज्वल प्रधान शवलाई देखेर टोलाएझैं लाग्थे। सानोमा साथीहरूलाई परिचालन गरेर खेलमा रमाउने मुकेश १७ वर्षदेखि टुलुुटुलु हेरिमात्र रहन्थे। ‘सँगै पौडी खेल्न जान्थ्यौं। गुच्चा खेल्न जान्थ्यौं। वनमा गुराँस टिप्न र काफल खोज्न जान्थ्यौं। यस्तो साथी थियो, उसलाई कुनै दिन छाड्न सक्दैन थियौं,’ उज्ज्वल सम्झन्छन्।

मुकेश समूहमा विश्वास गर्थे। त्यसकारण सामूहिक काममा उनको लगाव थियो। साइकल र फुटबलमा विशेष रुचि थियो मुकेशको। उनीहरूले सामाजिक विषयमा पढेका थिए, ‘देशको विकास र परिवर्तनका लागि योगदान दिनुपर्छ।’ योगदान दिने उपयुक्त समय त्यही ठाने उनीहरूले। 

सुनेका थिए, ‘आन्दोलन सफल भयो भने गणतन्त्र आउँछ। संविधान बन्छ। देशमा कायापलट हुन्छ।’ त्यसदिन त्यही सपना बोकेर मुकेश र उज्ज्वलको समूह आन्दोलनमा होमियो। अचानक टेलिकम अगाडि प्रहरीले अस्रु ग्यास फ्याँके र लाठीचार्ज बर्साए। भीड तितरवितर भयो।

त्यहीबेला उज्ज्वल र मुकेश छुट्टिए। ‘म संयोगले बनेपा नगरपालिकातर्फको टोलीमा थिएँ। चप्पल पनि चुँडिएर खाली खुट्टा जस्तै थियौं। तीनदोबाटोमा एक्कासी गोली चलेको खबर सुन्यौं। केही समपछि हाम्रै सहपाठीलाई लाग्यो भन्ने थाहा पायौं। को साथी भन्ने थाहा थिएन। बेलुका शीर मेमोरियलमा गएपछि मुकेश हो भन्ने थाहा पायौं,’ उज्ज्वल सम्झन्छन्। 

उज्ज्वल कक्षा ९ मा जान थाल्दा देशमा गणतन्त्र घोषणा भइसकेको थियो। जनताको हातमा सत्ता आइसकेको थियो। तर त्यही परिवर्तनका खातिर लडेका साथीको होस भने फिर्ता आएन। 

सँगै हुने साथी साथमा नहुँदाको पीडा उज्ज्वलले भोगिरहे। सुरु सुरुमा महेशलाई भेट्न जाँदा उज्ज्वलको मन गह्रुँगो हुन्थ्यो। यसरी मन गह्रुँगो बनाएर जाँदा परिवारलाई झन् गाह्रो हुन्थ्यो। विस्तारै उनीहरू पीडा लुकाएर हाँसो लिएर पस्थे। ‘को भेट्न आएको छ हेर त भनेर भनिरहन्थ्यौं। पुराना कुरा सम्झेर जिस्काउँथ्यौं। त्यतिबेला उसले औंला चलाउँदा हामी कति खुसी हुन्थ्यौं,’ उज्ज्वल सम्झन्छन्।

मुकेशका साथी एक्टिभ तौजले पनि ती बाल्यस्मृति सुनाइरहेका थिए। ‘मुकेशका लागि हामी प्रार्थना गर्थ्यौं– कुनै मिराकल भइदिओस्,’ एक्टिभ सुनाउँछन्। उनी मुकेशलाई भेट्न गइरहन्थे। ‘ऊ कहिलेकाहीँ हाँसेजस्तो देखिन्थ्यो। हात समातेर आँसु झार्थ्यो। त्यतिबेला उसको सेन्स छ भन्ने कुराले खुसी दिन्थ्यो,’ उनी भन्छन्।

एक्टिभ परिवर्तनका लागि मुकेशको बलिदानलाई सत्तामा भएकाहरूले नसम्झिएकोमा दुखी छन्। ‘देशको आमूल परिवर्तनका लागि मुकेशले जे गरेको थियो। तर नेताहरूले त्यो आभास दिलाउन सकेनन्। भ्रष्टाचार बढिरह्यो,’ उनको दुःखेसो छ।

‘शहीदको सपना पूरा होस्’
मुकेशको शवलाई श्रद्धान्जली अर्पण गर्न बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेत घरमा पुगेका थिए। उनले मुकेशले यो व्यवस्थाका लागि ठूलो योगदान गरेको भन्दै उचित सम्मान गर्ने आश्वासन दिए। भावविह्वल भएका मुकेशका बा–आमाको आग्रह थियो, ‘शहीदको सपना पूरा गरिदिनुहोला। अरु केही सपना देखेको छैन।’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा, पूर्व उद्योग राज्य मन्त्री तथा बागमती प्रदेश सांसद कन्चनचन्द्र वादे लगायत थुप्रै नेता श्रद्धाञ्जली सभामा उपस्थित भएका थिए। उनीहरूले मुकेशलाई शहीद घोषणाको निर्णयमा पहल गर्ने बताएका थिए। 

बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले मुकेशको प्रतीमा स्थापना र उनको स्मृतिमा अस्पताल स्थापनाको पहल गर्ने बताए। ‘अरु उनको परिवारलाई के गर्न सक्छौं, हामी छलफल गर्नेछौं,’ उनले भने।

जसले जे आश्वासन दिए पनि शहीदको सपना पूरा गरे मुकेशको आत्माले चैनको श्वास फर्ने कवि मोहल दुवाल बताउँछन्।

मुकेश कायस्थ प्रतिष्ठानका संस्थापकमध्येका एक दुवाल हरेक शहीदको सपना पूरा हुनुपर्ने बताउँछन्। ‘मुकेशहरूको योगदान यतिकै खेर नजाओस्। नेताहरूले बुझुन्, अनि मात्र शहीदको सपना पूरा हुन्छ। मुकेशको आमाको योगदानको सम्मान हुन्छ,’ दुवालले भने।

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  २१:३७
  • #मुकेश कायश्थ

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी : उद्धारको लागि हेलिकप्टर परिचालन आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
बुढीगण्डकीमा ठूलो बाढी, त्रिशूली दोभानका नदी किनार नजान आग्रह आइतबार, असोज २५, २०८३
आज कति पुग्यो डलर ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्