• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अंकमा सुध्रिएको अर्थतन्त्र, व्यवहारमा सुस्त

64x64
ईश्वर बराल शुक्रबार, वैशाख २९, २०८०  ०७:५३
1140x725

काठमाडौं– राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चैत महिनाको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले पछिल्ला महिनाहरुमा सुस्त रहेको मुलुकको अर्थतन्त्र सुध्रिएको उल्लेख छ। उक्त प्रतिवेदनमा अर्थतन्त्रका बाह्य क्षेत्र बलियो बन्दै गएको देखिएको छ। जसअनुसार शोधान्तर बचत थप बलियो भएको, विदेशी मुद्रा सञ्चितिमा वृद्धि भएको, विप्रेषण आप्रवाहमा वृद्धि भएको देखिन्छ।
 
उक्त तथ्याङ्कमा अर्थतन्त्र बलियो बन्दै गएको देखिए पनि देशको आन्तरिक अर्थतन्त्र भने सुस्त नै रहेको प्रतिवेदनमा उल्लेख छ। लक्ष्य अनुसारको राजश्व संकलन नहुनु, पुँजीगत खर्च गर्ने सरकारको सामर्थ्यमा ह्रास आउनुले देशको अर्थतन्त्र र आर्थिक गतिविधिहरु सुस्त रहेका छन्। 

कुनकुन सूचकहरुले अर्थतन्त्र बलियो देखायो? पहिला त्यसको चर्चा गरौँ। 

विप्रेषण (रेमिट्यान्स) को आप्रवाह खर्ब माथि 
राष्ट्र बैंकको प्रतिवेदनअनुसार चैत महिनामा मात्र करिब १ खर्ब ९ अर्ब विप्रेषण भित्रिएको छ। त्यसअघि फागुनमा १ खर्ब ४ अर्ब ४० करोड, माघमा १ खर्ब ४ अर्ब ८० करोड, पुसमा १ खर्ब ४ अर्ब ६० करोड, मंसिरमा १ खर्ब २ अर्ब विप्रेषण आप्रवाह भएको थियो। त्यस अघिका महिनाहरुमा भने विप्रेषण १ अर्बभन्दा कम आप्रवाह भएको थियो। 

‘समीक्षा अवधिमा (चैतसम्ममा) विप्रेषण आप्रवाह २४.२ प्रतिशतले वृद्धि भई ९ खर्ब ३ अर्ब ३९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो,’ प्रतिवेदनमा उल्लेख छ। 

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ७ खर्ब ९४ अर्ब विप्रेषण आप्रवाह भएको थियो। 

यस्तै, चैत मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिति गत असार मसान्तको तुलनामा करिब १८ प्रतिशतले बढेको छ। उक्त समयमा विदेशी मुद्रा सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड थियो। चैत महिनाको अन्त्यमा आइपुग्दा मुद्रा सञ्चिति १४ अर्ब ३३ खर्ब ७३ करोड पुगेको छ। 

‘२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले वृद्धि भई २०७९ चैत मसान्तमा १४ खर्ब ३३ अर्ब ७३ करोड पुगेको छ,’ प्रतिवेदनमा उल्लेख छ। 
उक्त विदेशी मुद्रा सञ्चितिले करिब ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने प्रतिवेदनमा उल्लेख छ। 

यस्तै, यो बीचमा मुलुक भित्रिने र बाहिरिने विदशी मुद्राको अवस्थालाई देखाउने शोधनन्तर स्थिति पनि बचतमा रहेको प्रतिवेदनमा उल्लेख छ। चैत मसान्तसम्ममा शोधनान्तर करिब १ खर्ब ८० अर्बले बचतमा रहेको छ। पछिल्लो बर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब माथिले घाटामा थियो।

Ncell 2
Ncell 2
nimb
nimb

‘समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको थियो,’ प्रतिवेदनमा उल्लेख छ। 
शोधनान्तर स्थिति बचतमा रहे पनि चालु खाता भने घाटामै रहेको छ। यसले नै आन्तरिक रुपमा अर्थतन्त्रको शिथिलता कायमै रहेको देखिन्छ।

त्यसो त पछिल्लो वर्षको सोही अवधिमा चालु खातामा रहेको ५ खर्ब माथिको घाटा यो वर्षको चैतमा आइपुग्दा करिब ५२ अर्बमा सीमित भएको छ। 

‘समीक्षा अवधिमा चालु खाता ५१ अर्ब ८२ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब १० अर्ब ५८ करोडले घाटामा रहेको थियो,’ प्रतिवेदनमा उल्लेख छ। 

बाह्य रुपमा अर्थतन्त्र बलियो बन्दै गए पनि आन्तरिक रुपमा अर्थतन्त्रमा शिथिलता आउनुमा कसिलो मौद्रिक नीति रहेको बताउँछन् अर्थमन्त्री डा प्रकाशशरण महत। कसिलो मौद्रिक नीतिले ब्याजदर बढेकोले अहिलेको अवस्था आएको मन्त्री महतको टिप्पणी छ। 

‘अहिलेको समस्या भनेको कसिलो मौद्रिक नीति हो जसले ब्याजदर बढायो।  पहिला जसरी व्यवसायीले ऋण लिएर काम गरेका थिए, उनीहरुको दायित्व बढ्यो। लगानी लागत बढ्यो। त्यसले बजारमा गतिविधि कम भएको हो,’ मन्त्री महतले भने। 

आसन्न बजेटको सिद्धान्त र प्राथमिकताबारे बोल्दै मन्त्री महतले सरकारले खर्च गर्न नसक्नु पनि आर्थतन्त्रको समस्या रहेको बताउँछन्। 

‘सरकारी खर्च (पुँजीगत खर्च) हामीले राम्ररी गर्न सकेका छैनौँ। खर्च गर्ने क्षमता कमजार भएको छ। त्यसले पनि आर्थिक गतिविधि शिथिल भए जस्तो भएको हो,’ मन्त्री महत भन्छन्। 

मन्त्री महतले आफूले ब्याजदर घटाउन राष्ट्र बैंकलाई र्निर्देशन दिएको बताउँछन्। उता राष्ट्र बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष दुवैले तत्काल मौद्रिक नीति खुकुलो पार्न नहुने बताउँदै आएका छन्। 

राष्ट्र बैंक पुँजीगत खर्च गर्नमा जोड दिनुपर्छ भन्ने पक्षमा छ। सरकारले भर्खरै जग्गा कित्ताकाट खुलाएको र ब्याजदर कम गरेमा पुन: कर्जा त्यसतर्फ प्रवाह हुन सक्ने रहेकोले उत्पादनमुलक क्षेत्र पहिचान गरेर सहुलियतपूर्ण ऋण प्रदान गर्नुपर्ने राष्ट्र बैंकका एक उच्च अधिकारी बताउँछन्। 

‘ब्याजदर घट्ने क्रममै छ। अर्थमन्त्रीले भन्नुभएको जस्तो तत्काल उल्लेखनीय रुपमा घट्ने स्थिति भने छैन। त्यसरी घटेमा कर्जा अनुत्पादक क्षेत्रमा जान सक्छ। अलि विचार गरेर ब्याजदर खुकुलो गर्नुपर्छ,’ नेपाल लाइभसँग कुरा गर्दै ती अधिकारीले बताए। 

वस्तु आयातमा कमी, ९ महिनामा १२ खर्बमाथि आयात
पछिल्लो वर्षको सोही अवधिको तुलनामा चैत मसान्तसम्ममा वस्तु आयातमा करिब १८ प्रतिशतले कमी आएको छ। 

‘आर्थिक वर्ष २०७९/८० को ९ महिनामा कुल वस्तु आयात १८.१ प्रतिशतले कमी आई १२ खर्ब ०१ अर्ब ५१ करोड कायम भएको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३२.० प्रतिशतले बढेको थियो।’

निर्यात स्थिति भने खुम्चिँदै, चैतमा जम्मा १४ अर्बको निर्यात
राष्ट्र बैंकको प्रतिवेदनअनुसार नेपालको वस्तु निर्यात गर्ने स्थिति निरन्तर खुम्चिँदै गएको छ। अघिल्लो वर्षको सोही अवधिमा करिब ७० प्रतिशतले वृद्धि रहेको निर्यात यो वर्षको चैत मसान्तसम्ममा २६ प्रतिशतले कमी आएको छ। 

‘आर्थिक वर्ष २०७९/८० को ९ महिनामा कुल वस्तु निर्यात २६.३ प्रतिशतले कमी आई १ खर्ब १८ अर्ब २८ करोड कायम भएको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६९.४ प्रतिशतले वृद्धि भएको थियो।’

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा १ खर्ब ४ अर्ब ८० करोडको निर्यात भएको थियो।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ०७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैया... बुधबार, असोज ७, २०८३
सुनचाँदीको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ३ हजार ९... मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ । मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै बुधबार, असोज ७, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्