काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले भ्रष्टाचारविरुद्ध सधैं लडाइँ गरेको दाबी गरेका छन्। पार्टी कार्यालय च्यासलमा बिहीबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।
अध्यक्ष ओलीले मदन भण्डारीको हत्या हुँदा छानबिन होस् भनेर २२ दिनसम्म शान्तिपूर्ण आन्दोलन गरेको भन्दै लगातार भ्रष्टाचारका विपक्षमा आफूहरु लड्दै आएको बताए।
माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनुपर्छ भनेर एमालेले बोलेको र पहल गरेकाले उनीहरु शान्ति प्रक्रियामा आउन सफल भएको उनको दाबी थियो।
एमालेले लगातार शान्ति, विकास र लोकतन्त्रका लागि काम गरेको बताउँदै उनले पार्टीका तर्फबाट कुनै पनि कमजोरी २०७४ सालको निर्वाचनपछि नभएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।