काठमाडौं– सत्तारुढ गठबन्धनको दल जनता समाजवादी पार्टी (जसपा) नेपालले नक्कली शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषी देखिएकाहरुलाई कारबाहीको दायरमा ल्याउन माग गरेको छ।
वुधबार काटमाडौंमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो माग गरेको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको विधान अधिवेशन आगामी असार ९ देखि ११ गतेसम्म काठमाडौंमा गर्ने निर्णय पनि गरेको छ।
वैठकले संसद्बाट २ पटक पारित भइसकेको नागरिकतासम्बन्धी विधेयक अविलम्ब पारित गरी कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ। प्रदेश १ को नामकरणविरुद्ध जारी आन्दोलनमाथि भइरहेको दमन बन्द गरी पुनः नामाङ्कनका लागि जसपाले आग्रह गरेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा बसेको वैठकले आन्दोलनकारी पक्षसँग वार्ताद्वारा समस्या समाधान गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको बस्नेतले बताए।
बारा जिल्लाका रामकिशोर यादवलाई राजनीतिक समितिमा मनोनय गर्ने निर्णय पनि वैठकले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।