काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बैठक सुरु भएको हो। यसअघि झापामा गर्ने भनिएको बैठक काठमाडौंमा सारिएको थियो।
३ दिनसम्म चल्ने बैठकमा १० वटा कार्यसूचीमा छलफल भएर निर्णय हुने तय भएको छ। बैठकमा केन्द्रीय कमिटीका ३३५ (२ निलम्बित) सदस्य, ४ जना केन्द्रीय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष (२ जना गैरभौगोलिक) हरु सहभागी हुने जनाइएको छ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेस गर्नेछन्।
यस्तै, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका १० वटा कार्यसूची रहेका छन्।
वैठकको पहिलो दिन आज (बिहीबार) विभिन्न शीर्षकमा कार्यपत्र प्रस्तुत हुने कार्यसूची छ। शुक्रबारदेखि प्रदेशस्तरीय समूह बनाएर छलफल हुने कार्यक्रम रहेका छ। प्रदेशस्तरीय प्रतिवेदनपछि पार्टीले त्यसमा छलफल गरेर निष्कर्ष निकाल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।