काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा केन्द्रीय समितिको पूर्ण बैठक बोलाइएको हो।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्नेछन्।
वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समितिले तयार पारेको पार्टीको भावी रणनीति र कार्यनीतिसम्बन्धी कार्ययोजनासमेत बैठकमा पेस गर्ने तयारी रहेको उनले बताए।
सचिवालय प्रमुख हेमजङ गुरूङले सचिवालयसम्बन्धी र कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको उनले बताए।
त्यस्तै पछिल्लो राजनीतिक घटनाक्रम र नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानका विषयमा पनि पार्टीले धारणा तय गर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।