काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज (बिहीबार) देखि सुरु हुँदैछ। बैठक बिहान १० बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्।
तीन दिनसम्म चल्ने बैठकमा १० वटा कार्यसूचीमा छलफल भएर निर्णय हुने तय भएको छ। बैठकमा केन्द्रीय कमिटीका ३३५ (२ निलम्बित) सदस्य, ४ जना केन्द्रीय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष (२ जना गैरभौगोलिक) हरु सहभागी हुने रिजालले जानकारी दिएका छन्।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेस गर्नेछन्।
यस्तै, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका १० वटा कार्यसूची रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।