काठमाडौं– प्रतिनिधि सभामा आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) बारेको छलफल सकिएको छ।
छलफलमा पहिलो दिन वैशाख २५ गते ३७ जना, दोस्रो दिन २६ गते ५४ जना र तेस्रो दिन २७ गते (आज) ४१ जना सांसदहरूले बोलेका थिए।
सांसदहरुले उठाएका प्रश्नहरुको बारेमा अर्थमन्त्री डा प्रकाश शरण महतले जवाफ दिएका थिए।
प्रतिनिधि सभाको अर्को बैठक जेठ १ गते सोमबार दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।