काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले नक्कली भुटानी शरणार्थी सम्बन्धित मानव तस्करी, संगठित अपराध र ठगी जस्ता जघन्य अपराधको प्रहरीले छानविन गरिरहेको अवस्थामा छानबिन प्रभावित गर्ने गरी प्रमुख दलहरुका शिर्ष नेताहरुको बैठक, तालमेल र गतिविधि आपत्तिजनक भएको बताएका छन्।
सामाजिक संजाल ट्विटरमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले यदि यस्तो काण्ड दबाउने कोशिस गरे जनआक्रोशको आँधिबेहरी कसैले रोक्न नसक्ने चेतावनीसमेत दिएका छन्। उनले भनेका छन्, ‘यो काण्ड दबाउने काम गरियो भने जनआक्रोशको आँधिबेहरी कसैले रोक्न सक्दैन।’
पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण आज पक्राउ परेपछि कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताको बैठक बसेको थियो। बैठकप्रति इङ्कित गरि थापाले नेताहरुको बैठक, तालमेल र गतिविधि आपत्तिजनक भएको बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।