काठमाडौं– पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणलाई जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ।
अदालतले अनुसन्धान गर्न ३ दिनको म्याद दिएपछि उनलाई हिरासतमा राख्न बाटो खुलेको थियो। त्यसपछि प्रहरीले खाणलाई अहिले टेकु प्रहरीको हिरासतमा राखेको स्रोतले नेपाल लाइभलाई बतायो।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक अर्ब भन्दा बढी ठगी गरेको प्रकरणमा खाणसहित एक दर्जन व्यक्ति पक्राउ परिसकेका छन्। खाणलाई बुधबार बिहान चाबहिलबाट प्रहरीले पक्राउ गरेको हो। उनीसँगै उनका सहयोगी नरेन्द्र केसी पक्राउ परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।