• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नक्कली शरणार्थी प्रकरण:

कहाँसम्म पुग्नसक्छ भुटानी शरणार्थीको अनुसन्धान?

64x64
नेपाल लाइभ बुधबार, वैशाख २७, २०८०  २०:४३
1140x725

काठमाडौं– नक्कली शरणार्थी प्रकरणमा बुधबार बिहानै नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि नयाँ तरंग सिर्जना भएको छ। खाणको पक्राउपछि प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक पनि सिंहदबारमा बस्यो। उक्त बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि समावेश गराइएको थियो।

कांग्रेस नेता खाण पक्राउ परेपछि फरार रहेका एमाले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको पत्र एमालले लेख्यो। यो सँगै राजनीतिक बजार नक्कली शरणार्थी प्रकरणले तरंगीत भएको छ। प्रहरीले पक्राउ गरेका कांग्रेस नेता खाणलाई अनुसन्धानका लागि तीन दिन म्याद पनि थप गरिएको छ। अब तीन दिन प्रहरीले उनीमाथि बयान र अनुसन्धान अघि बढाउने समय पाएको छ।

कहाँसम्म पुग्ला प्रहरीको अनुसन्धान?
अबको अनुसनधान झन जटिल मोडमा पुगेको नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्तबहादुर मल्लले बताए। शीर्ष नेताहरु एकपछि अर्को बैठक बसिरहेको र उनीहरुसँग जोडिएका व्यक्तिहरु पक्राउ पर्न थालेको र साथै अनुसन्धानको समय घर्किँदै गएकाले यो जटिलतातर्फ नै रहेको उनले टिप्पणी गरे। 

यो प्रकरणमा पक्राउ परेका व्यक्तिहरुले दिएको बयान र हालसम्म सार्वजनिक भएका अडिओहरु हेर्दा शेरबहादुर देउवाकी पत्नी आरजु राणा, सांसद मञ्जु खाण, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई र तत्कालीन गृहमन्त्री रामबहादुर थापासँग अनुसन्धानको क्रममा प्रहरी पुग्नुपर्ने देखिएको छ। त्यस्तै यो प्रकरणमा थप पाटाहरु खुल्दै गए ति पात्रहरुसम्म पनि प्रहरी पुग्नुपर्ने देखिन्छ। सुरुमा प्रहरीले यो प्रकरणलाई ठगीमा अनुसन्धान सुरु गरेको थियो।

पीडितले आफूहरू ठगिएको भन्दै २०७९ जेठ १८ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए। उक्त जाहेरीपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। प्रहरीले चैत्र १२ गतेमात्रै आरोपीलाई पक्राउ गरी अनुसन्धानमा गम्भीरता देखाएको थियो। १०६ जना पीडितहरूले २० वटा छुट्टै जाहेरी दिएका थिए।

सरकारले भुटानी शरणार्थीको पहिचान गर्न भनेर २०७६ साल जेठ ३० गते गृहमन्त्रालयका सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेपछि यो प्रकरण सुरु भएको देखिन्छ। उक्त कार्यदल किन गठन गरिएको र यसमा कसको स्वार्थ थियो भनेर प्रहरीले अनुसन्धानका लागि तत्कालीन कार्यदलका मानिसहरुसँग पनि बयान लिएको छ।   

यी सबै पाटोहरुलाई अनुसन्धान गर्ने भन्दै प्रहरीले मुद्दा संगठित अपराधतिर मोडेको थियो। उक्त अभियोगमा अनुसन्धान गर्दा ६१ औं दिनमा सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउनुपर्ने छ। उक्त प्रतिवेदनमा सरकारी वकिलले थप अध्ययन गरेर जिल्ला अदालतमा मुद्दा दायर गर्ने छ।

अब प्रहरीलाई अनुसन्धान गर्न १४ दिनको समय छ। उक्त अवधिमा अनुसन्धान नसकिएमा पुरक अभियोग पनि लैजान सकिने छ। मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ मा पुरक अभियोग दायर गर्न सक्ने अधिकार देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘कुनै मुद्दा अदालतमा दायर भइसकेपछि त्यस्तो मुद्दामा अन्य सम्बद्ध थप प्रमाणहरूबाट मुद्दा दायर भइसकेका अभियुक्तबाहेक अन्य अभियुक्तहरू उपरसमेत दाबी लिनपर्ने भएमा वा मुद्दा दायर भई अभियुक्त कायम भइसकेका व्यक्ति उपर थप अभियोग लगाउनुपर्ने देखिएमा त्यसको कारण खुलाई थप अनुसन्धान गर्न लगाई अन्य थप अभियुक्तको हकमा समेत थप दाबी लिई सरकारी वकिलले मुद्दा दायर गर्न सक्नेछ।’

तत्कालीन समयमा जति अनुसन्धान सकिन्छ त्यसकै आधारमा पहिलो अभियोग दायर गर्ने अनि विस्तारै थप अभियोगपत्रहरु पनि दायर हुन सक्ने जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकृतले बताए । ‘अहिले अनुसन्धानकै चरणमा छ, केही भन्न सकिँदैन ।’ जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका एक अधिकृतले भने, ‘अझै २ साता समय छ। उक्त अवधिमा के कति अनुसन्धान हुन्छ हेरौं।’

सरकारी वकिल कार्यालयका ती अधिकृतका अनुसार पहिलो अभियोगपत्र पक्राउ परेका व्यक्तिहरुलाई समावेश गरी दायर गर्ने अनि त्यसपछि भएका प्रगतिअनुसारको पुरक अभियोगपत्र दायर पनि हुन सक्छ। सरकारी वकिल र प्रहरीले संयुक्त रुपमा अनुसन्धान गरिरहेका छन्। उक्त प्रकरणमा शीर्ष नेताहरुले पनि चासो दिएको देखिन्छ। यो प्रकरणमा अझै भिआइपी नेताहरु जोडिनसक्ने आकलन प्रहरीले गरेको छ। प्रहरीको आकलनमा आरजुदेखि अख्तियार प्रमुख राईसम्म तानिनसक्ने देखिन्छ।

लामो समय अनुसन्धानका क्षेत्रमा काम गरेका पूर्व डिआइजी मल्लले शीर्ष नेताहरुको हतारोले धेरै शंकास्पद कुराहरु देखिएको बताए। ‘शीर्ष नेताहरु जोडिँदै गएका छन्। उजुरी आउनेजति आएको छैन। यसलाई निरन्तर अनुसन्धान गर्नुपर्ने देखिएको छ,’ उनले भने, ‘मेरो सुझावमा यसलाई निरन्तर अनुसन्धान गर्नेगरी उच्चस्तरीय समिति बनाएर अगाडि बढाउनुपर्ने देखिन्छ।’

Xtrem

Xtrem

यो हाइप्रोफाइल व्यक्ति संलग्न भएको घटना भएकाले सहज रुपमा प्रमाण संकलन गर्न नसकिने भएकाले यसलाई निकै गोप्य रुपमा प्रमाणलाई बचाएर अनुसन्धान गर्नुपर्ने उनको सुझाव छ। ‘शीर्ष नेताहरु नै संलग्न भएको झै उनीहरुको छटपटले देखिन्छ। अनुहार नै हेर्न नचाहनेहरुले जसरी निरन्तर भेट गरिरहेका छन् यसले उनीहरुको पनि संलग्नता छ भन्ने देखाएको छ,’ उनले भने, ‘गृहमन्त्रीले चाहँदैमा अहिले गृह सचिव राख्न सक्दैन। यसमा शीर्षतहरुकै संलग्नता हुन्छ। अझ भनौं प्रधानमन्त्रीकै संलग्नता हुन्छ।’

त्यस्तै यो प्रकरणमा कुरा गोप्य सेपमा राखेको डकुमेन्ट कसरी सुरक्षा सल्लाहकार र दलालीहरुको हातमा पुग्यो भन्नेबारे आफूलाई अचम्म लागेको लागेको मल्लले बताए। अहिलेको प्रकरणले नेपालको छविसमेत अन्तर्राष्ट्रिय रुपमा अप्ठ्यारोमा परेको उनको बुझाई छ। शरणार्थी लैजाने कार्यमा नेपाल मात्र नभई संयुक्त राष्ट्र संघ र अमेरिकासमेत जोडिएकाले यो प्रकरणमा खुट्टा नकमाई कारबाही गर्न नसके हाम्रो अवस्थामाथि नै प्रश्न उठ्ने उनले बताए।

‘शरणार्थी प्रकरणमा नेपालमात्र हैन, अमेरिका र युएनको पनि संलग्नता छ,’ उनले भने, ‘यसमा नेपालमा राम्रो अनुसन्धान भएन भनेर उजुरी परे वा उनीहरुले गम्भीर रुपमा अनुसन्धान नभएको ठहर गरेर रेकर्डमा राखे के होला?’

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  २०:४३
  • #नक्कली भुटानी शरणार्थी बनाएर ठगी धन्दा :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता
सम्बन्धित सामग्री
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै कोशी प्रदेश सरकारको आयोजनामा हुन लागेको सम्मेलनका लागि आवश्यक तयारी सुरु गरिएको छ । शनिबार, असोज १०, २०८३
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता विश्व मुटु दिवसका अवसरमा आज आयोजित एक कार्यक्रममा उनले नागरिक स्वस्थ नभएसम्म देशको विकास सम्भव नहुने बताउँदै स्वास्थ्य र शिक्षालाई प... शनिबार, असोज १०, २०८३
एसडीजीका ३६ प्रतिशत लक्ष्य मात्रै सही दिशामा, अब परिणाम देखाउने समय हो : परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई)’ सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले विकासशी... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै शनिबार, असोज १०, २०८३
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक शनिबार, असोज १०, २०८३
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता शनिबार, असोज १०, २०८३
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा शनिबार, असोज १०, २०८३
कालीगण्डकीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्